Friday, May 15, 2026

समाचार

पर्वत/पैयुँ गाउँपालिकामा अपाङ्गता भएका व्यक्तिलाई परिचय पत्र वितरण शुरु भएको छ । सोमबारदेखि गाउँपालिकाले परिचय पत्र वितरण कार्य शुरु गरेको हो । अन्तराष्ट्रिय अपाङ्गता दिवसको अवसर पारेर गाउँपालिकाले परिचय पत्र वितरण गरेको जनाएको छ । गाउँपालिका अध्यक्ष तोरण मल्ल ठकुरी ‘राज’ र उपाध्यक्ष याम कुमारी रानाले वडा नम्वर १...
पर्वत/राष्ट्रिय सभाका अध्यक्षको सम्मानमा पर्वतको मोदीमा चौथो पटक राष्ट्रिय सभा अध्यक्ष कप प्रतियोगताको आयोजना गरिएको छ । राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सीनाको आफ्नै पालिका रहेको मोदीमा यस अघि ३ पटकसम्म राष्ट्रिय सभा अध्यक्ष कप प्रतियोगीताको आयोजना गरिएको थियो । चौथो राष्ट्रिय सभा अध्यक्ष कप प्रतियोगीता मोदीको वडा न ६...
पर्वत/सीवाईसी बचत तथा ऋण सहकारी संस्था गुप्तेश्वर सेवा केन्द्र पर्वतको १४ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । वार्षिक साधारणसभामा वार्षिक प्रगति आर्थिक प्रतिबेदन लगायत पेश भएको छ । उक्त कार्यक्रममा सहकारीका वर्तमान समस्या र सरकारी नीतिका बारेमा बक्ताहरुले चर्चा गर्नुभएको थियो । कार्यक्रममा सहकारीमा आर्थिक संकटको कारण समस्या...
ओमप्रसाद शर्मा घायल पर्वत/जलजला गाउँपालिकाले गोरु पाल्ने कृषकहरूलाई प्रोत्साहन गर्दै खेतीपातीप्रतिको निर्भरतामा वृद्धि गर्न गोरु पालेका कृषकहरूलाई अनुदान दिने भएको छ। ‘मिनी टिलर’ ले खेत जोत्ने क्रम बढ्दै जाँदा गोरु लोप हुन लागेको र यसलाई सामान्य आर्थिक अवस्था भएका कृषकहरूलाई मारमा पारेको भन्दै गाउँपालिकाले यो योजना लागू गर्न लागेको हो।...
पर्वत/जिल्लाको जलजला गाउँपालिकाको आयोजनामा गाउँपालिका स्तरीय अन्तर विद्यालय दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८० बिहीबारदेखि सुरु भएको छ ।‘खेल स्वास्थ्यको लागि, खेलाडी राष्ट्रको लागि’ भन्ने नारा सहित जलजला–३ स्थित विद्या ज्योति माध्यमिक विद्यालयमा प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको उद्घाटन जिल्ला समन्वय समितिका प्रमुख बिष्णुराम बि.क ले गरेका छन् ।...
पर्वत/कुश्मा नगरपालिका वडा नं ८ चुवामा निर्माण हुन लागेको चुवा चक्रपथको कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले आज एक कार्यक्रमका बीच शिलान्यास गर्नुभएको छ । सडक शिलान्यास पछि बोल्दै नगरप्रमुख जोशीले कुश्माको भौतिक पूर्वाधारको लागि सघन शहरीबाट प्राप्त भएको ५० करोड रूपैयाँ अन्तर्गत यो सडकको शिलान्यास भएको जानकारी दिनुभयो ।...
ओमप्रसाद शर्मा घायल पर्वत/धार्मिक पर्यटन विकास गर्न पर्वत जिल्लाको कुश्मा नगरपालिमा स्थित कालीगण्डकी नदीबाट शालग्राम शिला चितवनको माडीमा लगिएको छ । माडी नगरपालिकाले कुश्मा नगरपालिकासंग सहकार्य गरेर नदीमा रहेको शालिग्राम शिला लगेको हो । सोमबार नदी किनारमा कुश्मा नगरप्रमुख रामचन्द्र जोशी र उपप्रमुख स्वस्थानी रिजालले माडी नगरपालिकाका नगरप्रमुख तारा कुमारी...
पर्वत/सरकारी विद्यालयमा अंग्रेजी माध्यमबाट पठ्नपाठन शुरुवात गरेपछि पर्वतको महाशिला गाउँपालिका नीजि विद्यालय विहिन भएको छ । गाउँपालिकामा जनप्रतिनिधि निर्वाचित भएसँगै सामुदायिक विद्यालयको गुणस्तरमा सुधार आएपछि गाउँपालिकाका विभिन्न वडामा संचालित निजि विद्यालय बन्द भएका हुन् । हुनेखानेका बालबालिका गुणस्तरीय शिक्षाको नाममा बजार जाने र गाउँमा रहेका विपन्न तथा मध्यम परिवारका...
ओमप्रसाद शर्मा घायल पर्वत/राष्ट्रिय गौरबको कालीगण्डकी करिडोर आयोजनामा पर्ने मालढुंगा—बेनी सडक स्तरोन्नतीको काम ठप्प बनेको छ । सम्झौता अवधि नाघिसक्दा समेत जम्मा ४२ प्रतिशत मात्र प्रगति भएको उक्त सडक खण्ड निर्माण सामाग्रीको अभाव देखाउँदै निर्माण ब्यवसायीले सडक ठप्प पारेका छन् । सम्झौता अनुसार समयमै काम हुन नसक्दा यो सडक हुँदै...
पर्वत/कुश्मा नगरपालिकाले जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पका कारण भएको मानवीय तथा भौतिक क्षती प्रति दुख व्यक्त गर्दै आर्थिक सहयोगको घोषणा गरेको छ । भूकम्प पीडितका लागि कुश्मा नगरपालिकाका कर्मचारी र जनप्रतिनिधीहरुले आफ्नो पारिश्रमिक कटाएर पाँच लाख एघार हजार एकसय एघार रुपैयाँ सहयोग गर्ने घोषणा गरेका हुन् । भूकम्प...