पर्वत/नेपाली काँग्रेस पर्वतले भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनबाट क्षति भएको पार्टी कार्यालय पुनर्निर्माण गर्न शुरू गरेको छ । नेपाली काँग्रेसले क्षतिग्रस्त भवनको पुनर्निर्माणको लागि लोकतान्त्रिक उद्योग वाणिज्य संघ पर्वतका अध्यक्ष शिव शर्मा पौडेलको संयोजकत्वमा नयाँ समिति बनाएर पुनर्निर्माण थालेको शुक्रबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो...
पर्वत/अविरल वर्षाका कारण जनजीवन प्रभावित भएपछि सरकारले आइतवार र सोमवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
सरकारी कार्यालयहरू भोलिदेखि खुल्ने तय भए पनि अविरल वर्षाका कारण सडक अवरुद्ध भएसँगै सरकारले थप दुई दिन बिदा दिने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए।
गृह मन्त्रालयले विज्ञप्ति नै निकालेर बिदा दिने निर्णय भएको जानकारी...
बागलुङ /अरु समयमा सुनसान हुने गाउँमा दशैँमा रमाइलो हुन्छ। रोजगारी, पढाइलगायतका कारणले गाउँ छाडेकाहरू दशैँमा फर्कने चलन हुन्छ। तर बागलुङका केही ग्रामीण क्षेत्र दशैँमा पनि सुनसान छन्।
बढ्दो बसाइँसराइँ र विदेश पलायनका कारण दशैँमा गाउँ सुनसान भएका हुन्। खासगरी जिल्लाको काठेखोला गाउँपालिका, गलकोट नगरपालिका र बागलुङ नगरपालिकाका ग्रामीण क्षेत्रबाट बसाइँसराइ...
पर्वत/लोमान्थाङ-२ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयले हालसम्म रु. एक अर्ब ३७ करोड ७० लाख ४५ हजार राजस्व संकलन गरेको छ । गत भदौमा रसुवागढी र तातोपानी नाका बाढी पहिरोका कारण नाका अवरुद्ध हुँदा भन्सार विभागले यहाँको कोरला नाकालाई वैकल्पिक व्यापारिक मार्गका रूपमा प्रयोगमा ल्याएको थियो । यो नाका भदौ...
पर्वत/मुस्ताङबाट यसबर्ष ३६ करोडभन्दा बढीको भेडा च्याङ्ग्राको व्यापार भएको छ । दशैंका लागि मुस्ताङको लो–घेकर, लोमान्थाङ, वारागुङ मुक्तिक्षेत्रसहितका किसानले पालेका र कर्णाली प्रदेशको डोल्पा, मुगु र हुम्ला जिल्लाबाट ल्याइएको भेडाच्याङ्ग्राबाट ३६ करोड ५० लाखको कारोबार भएको छ ।
यसवर्ष मुस्ताङका कृषकले ६ सय ७५ भेडा, ७ हजार २ सय १...
पर्वत/लगातारको वर्षाका कारण आएको पहिरोले पर्वतको फलेवास ८ ठानामौला खाल्टेमा आठ घर गोठ भत्किएका छन् भने १० घर उच्च जोखिममा रहेका छन् । विगत ३ दिन देखी लगातार वर्षा भैरहेकोमा ठानामौला खाल्टेमा ८ वटा घर गोठ भत्किएका हुन् । हाल सम्म चित्र वहादुर गूरुङ, भद्रविर गूरुङ र हुकमत गूरुङ,...
पर्वत/पातीचौर-देउपुर-लप्सीबोट-भुकताङ्ले सडक स्थानीयवासीले श्रमदान गरेर मर्मत गरेका छन्। २०५८ मा उक्त मार्ग खोलिएको हो। त्यसयता बर्सेनि पहिरो जाँदा सडक स्तरोन्नति गर्नुपर्ने अवस्था बनेको थियो।
कुनै पनि निकायबाट सहयोग नजुटेपछि स्थानीयवासीले श्रमदान गरेर सडक मर्मत गरेका हुन्। मोदी गाउँपालिका १, २ र ३ का बासिन्दाले श्रमदान गरेका हुन्।
देउपुरस्थित कोरुङ्गा बनमामाथिबाट झरेको...
पर्वत/संघीयता कार्यान्वयनमा आएको झण्डै एक दशकपछि महाशिला गाउँपालिकाले सेवा आफ्नै भवनबाट सुरु गरेको छ । स्थापनाकालदेखि साविक बालाकोट गाविस तथा वडा नं ३ को कार्यालयबाट सञ्चालन हुँदै आएको सेवा यसै सातादेखि आफ्नै भवनबाट सञ्चालन गरिएको हो ।
महाशिला–३ र वडा नं ५ को सिमाना काफल डाँडामा बनेको सुविधा सम्पन्न भवनवाट...
पर्वत /जलजला गाउँपालिकामा घरमा प्रसूति (सुत्केरी) हुनेको सङ्ख्या शून्य भएको छ । घरमै बच्चा जन्माउँदा आमा र बच्चाको ज्यान खतरामा पर्नुका साथै महिलाहरूमा विभिन्न समस्याले सुत्केरीपछि सताइरहने हुँदा घरमै सुत्केरी (होम डेलिभरी) हुनेको सङ्ख्या शून्य बनाइएको हो ।
जलजलाका स्वास्थ्य शाखा प्रमुख गणेश मल्लले आर्थिक वर्ष २०८१–८२ मा जलजलामा एक...
पर्वत/अविरल वर्षाका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध भएको छ । बागलुङ नगरपालिका–१३ कालाखोला बगर र जैमिनी नगरपालिका–८ बेलबगरमा पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी केशव थापाले जानकारी दिए ।
पहिरोका कारण उक्त खण्डमा यातायात सेवा ठप्प भएको छ । कालीगण्डकी करिडोर आयोजना, निर्माण व्यवसायी...









