Saturday, June 27, 2026

समाचार

मानव सेवा आश्रम बागलुङद्धारा यहि कात्तिक २१ गतेदेखि २८ गतेसम्म निरयघाटमा आयोजना गरेको श्रीमद् भागवत सप्ताह ज्ञान विज्ञान महायज्ञलाई सफल बनाउन पर्वतमा पनि सचिवालय गठन गरिएको छ । पर्वतमा जिल्ला समन्वय समिति पर्वतका उपप्रमुख सोम जिसीको संयोजकत्वमा जिल्ला स्थित जनप्रतिनिधिहरु, समाजसेवी, धार्मिक व्यक्तित्व, पत्रकार लगायतका सहभागितामा सचिवालय गठन गरिएको...
पर्वत/जिल्लाको सदरमुकाम कुश्मालाई मध्य भागसँग जोड्ने दोबिल्ला–सिल्मी–ठूलीपोखरी–खौला–कार्कीनेटा सडकखण्डमा निर्माण व्यवसायीको लापरवाहीका कारण अहिले सडक प्रयोग गर्नै कठिन भएको छ । वैकल्पिक मार्गका रूपमा पोखरा–बागलुङ राजमार्गलाई प्रतिस्थापन गर्ने यो सडकमा दैनिक सयौं सवारीसाधन गुड्ने गर्छन्, तर मर्मत र व्यवस्थापन नहुँदा दुर्घटनाको जोखिम समेत बढेको छ । सिल्मी–ठूलीपोखरी सडकखण्डका पोखरी घुम्ती, लौकेको...
पर्वत/ भित्र्याउने वेलाको धान खेतीलाई सोमवारको हावा र मङ्गलवारको वर्षाले प्रभावित पारेपछि पर्वतका कृषक चिन्तामा परेका छन्। जिल्लाका अधिकांश ठाउँमा लगाइएको धान बाली करिब पाक्ने अवस्थामा पुगेको छ। कतिपय ठाउँमा धान काट्ने वेला भए पनि तिहारपछि काट्ने गरी कृषकहरू चाडबाड मनाउन व्यस्त थिए। मङ्गलवारको वर्षाले कतिपय ठाउँमा काटेर सुकाइएको...
पर्वत/कुश्मा नगरपालिका–५ गुम्बाको डिल र बागलुङको बागलुङ नगरपालिका–१४ नारायणस्थान जोड्ने गरी ४१५ मिटर लामो झोलुङ्गे पुल बनाउन शुरु भएको छ। झोलुङ्गे पुलको जिल्लाको रूपमा बागलुङ जिल्ला चिनिए पनि लामा र नदीको सतहबाट अग्ला दूरीमा रहेका झोलुङ्गे पुल हेर्न पर्वत भित्रिने पर्यटकको सङ्ख्या बढ्दो छ। ती झोलुङ्गे पुलमा ‘मोटरसाइकल’ चलाएर वारपार...
पर्वत/ कृषिजन्य वस्तुको कारोबारबाट ६५ करोड ३० लाख बढी भित्र्याएको कृषि ज्ञान केन्द्र पर्वतको तथ्याङ्क छ । मुख्य छवटा बालीनालीलाई प्राथमिकता दिएर उत्पादन गरिएको कृषिजन्य वस्तुबाट आर्थिक वर्ष २०८१/८२ मा सो परिमाणको कारोबार भएको हो। कृषि ज्ञान केन्द्रका प्रमुख परशुराम अधिकारीका अनुसार आलु, धान, अलैँची, तरकारीबाली, मकै र सुन्तलाजात फलफूलको...
पर्वत /दीपावली पर्वको अवसरमा पर्वत कुश्मास्थित बान्द्रेबिडीचौरमा नेपालको चर्चित ब्याण्ड ‘दी एक्स’ ले साङ्गीतिक धमाका प्रस्तुत गरेको छ ।  पर्वत कुश्माका केही स्थानीय युवाहरूको संस्था ‘शिवालय युवा विकास मञ्च’ले चाडबाडको सन्दर्भ पारेर भव्य लाइभ कन्सर्ट आयोजना गरेको हो । युवाहरु माझ निकै चर्चित रहेको ‘दी एक्सको कुश्मामा यो पहिलो...
पर्वत / पछिल्ला केही दिनयता बिरामीहरूको चाप बढ्दै गएपछि प्रदेश अस्पताल पर्वतमा बिरामीहरूलाई आकस्मिक कक्षमै राखेर उपचार गर्नुपर्ने भएको छ। उपचारमा आएका बिरामीहरूलाई भर्ना गरेर राख्नुपर्दा बहिरङ्ग विभागका विभिन्न ‘वार्ड’ मा भर्ना गरेर उपचार गर्ने गरिएको छ। तर पछिल्ला केही दिनयता ‘जनरल वार्ड’ का शय्याहरू बिरामीले भरिएपछि भर्ना गरेर राख्नुपर्ने...
पर्वत/कुस्मा र बाग्लुङको बलेवा बीचमा रहेको कालीगण्डकी खोचमा हाइलाइनको अभ्यास गरिएको छ। हाल जर्मनी बस्दै आएका धनकुटा हिलेका शंकर कोइरालाले आफ्नो ‘ड्रिम प्रोजेक्ट’का रुपमा यो कार्यक्रम गरेका हुन् । कोइराला १५ वर्षदेखि युरोपका विभिन्न ठाउँमा हाइलाइन गर्दै आएका छन्। बन्जीलगायत एड्भेन्चर हबका रूपमा परिचित ‘द क्लिफ’मा पहिलोपटक हाइलाइन अभ्यास गरिएको...
पर्वत/आगामी कार्तिक १ गते कुश्मामा द एक्स सांगीतिक समूहको प्रस्तुती हुने भएको छ । पर्वतको सदरमुकाम कुश्मा स्थित शिवालय युवा विकास मञ्चले दशै तथा तिहारको अवसरमा भव्य लाइभ कन्सर्ट आयोजना गर्ने भएको हो। स्थानीय संस्कृति, कला र मनोरञ्जनलाई प्रवर्द्धन गर्ने उद्देश्यले कन्सर्ट आयोजना गर्न लागेको मञ्चका अध्यक्ष सविधान गिरीले...
पर्वत/ कुश्मा घुम्न आएका अष्ट्रेलियन पर्यटकको पासपोर्टसहितको झोला खोसेर बाँदर वेपत्ता भएपछि पर्वत प्रहरीलाई तनाव भएको छ । बस्तीहरुमा पसेर आतंक मच्चाउने  बाँदरको यो हर्कतले पर्यटन क्षेत्रमा समेत आतङ्क सिर्जना गरेको छ । पर्वतको बन्जी जम्प नजिकबाट गाडीको छतमा रहेको पासपोर्टसहितको झोला बाँदरले लिएर भिरतिर भागेको ती पर्यटकले बताएका छन्...

This will close in 0 seconds