Wednesday, May 13, 2026

राजनीति

पर्वत/नगरपालिका वडा नं २ खुर्कोटमा चितुवाको आक्रमणबाट एक जना बृद्ध घाइते हुनुभएको छ । कुस्मा नगरपालिका २ खुर्कोट तीन मुरे बस्ने ७१ बर्षिय बृद्ध शेषकान्त शर्मा चितुवाको आक्रमणबाट घाइते हुनुभएको हो । घाइते शर्मालाई पर्वत जिल्ला अस्पतालमा उपचारका लागि राखिएको छ । अस्पतालमा रहेका शर्मालाई भेटघाट गरी प्रतिनिधि सभाका...
पर्वत/जलजला गाउँपालिकाका अध्यक्ष एवं नेपाली काँग्रेसका युवा नेता यामबहादुर मल्ल (रामकृष्ण)ले जलजलाको विकास र जलजलाबासीको समृद्धि नै आफ्नो मूख्य एजेन्डा भएको वताउनु भएको छ । गाउँ वन समन्वय समिति जलजला गाउँपालिका- ५, लेकफाँटको छैठौ साधारणसभालाई सम्वोधन गर्दै अध्यक्ष मल्लले उक्त कुरा वताउनु भएको हो ।...
काठमाडौ/नेपाली कांग्रेसका नेता तथा तरुण विभाग प्रमुख शंकर भण्डारीले कोरोना भाइरसका कारण नेपालमा हुनसक्ने कालोबजारी र मूल्यबृद्धि रोक्न सरकार गम्भीर बन्न आग्रह गरेका छन् । कोरोना भाइरसबाट निम्तने संभावित संकट सामना गर्न सरकारले पूर्व तयारी नगरेको भन्दै उनले भाइरस नेपाल प्रवेश गर्नै नदिन र यस विरुद्ध लड्न आवश्यक पूर्वाधार तयारी...
पर्वत/कुश्मा गाउँपालिकाको न्यायिक समिति धेरै ढिलोगरि निर्माण भएको छ । झण्डै तीनबर्ष ढिला गठन भएको न्यायिक समितिले विहिवारदेखि नै न्याय सम्पादनको औपचारिक शुभारम्भ गरेको छ । न्याय सम्पादनको शुभारम्भ गर्दै कुश्मा नगरपालिकाकाकी उपप्रमुख एवं न्यायिक समितिका संयोजक सिता काफ्ले लामिछानेले नगरवासिहरुलाई निष्पक्ष रुपमा न्याय सम्पादन गर्ने प्रतिबद्धता जनाउनु भएको...
कास्की/ नेपाल तरूण दलका केन्द्रीय कोषाध्यक्ष विद्वान गुरूङले वर्तमान सरकार संस्थागत भ्रष्टाचारमा संलग्न भएको आरोप लगाउनु भएको छ । केन्द्रीय कोषाध्यक्ष गुरुङले सोमवार कास्कीको मिजुरे डाँडा २ का नेपाली कांग्रेसका नेता एवं समाजसेवी स्वर्गीय गन्जमान गुरुङ र सहिद स्वर्गीय सुबेदार रतन सिंह गुरुङको स्मृतिमा नेपाल तरूण दलले आयोजना...
काठमाडौं/नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले पेट्रोलियम पदार्थमा लगाइएको करमाथि गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । तरुण दलले विज्ञप्ति जारी गर्दै थप पाँच रुपैयाँ थपेर जनतामाथि अन्याय गरेको आरोप लगाएको छ । तरुण दलले भनेको छ, ‘हप्तादिन अगाडि मात्र ७० करोडको भ्रष्टाचारको प्रमाण भेटिए पनि संरक्षण गर्न लागि...
पर्वत/गृहमन्त्री रामबहादुर थापाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) शंसोधन नगरी पास गरे राष्ट्रियता र स्वाधिनतामा खतरा हुने वताएका छन् । गृहमन्त्री वादलले आईतवार जिल्ला प्रशासन कार्यालय पर्वतको नवनिर्मित भवनको आइतबार उद्घाटन गर्दै उक्त कुरा वताएका हुन् । मन्त्री थापाले प्रदेश सरकारको मातहतमा रहेर शान्ति सुरक्षा दिनेगरी छिट्टै नै प्रदेश...
पर्वत/नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा संविधानसभा सदस्य अर्जुन जोशी नेपाली कांग्रेसको केन्द्रिय समिति अन्तर्गत स्थानीय तह समन्वय प्रमुखमा मनोनित हुनुभएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जोशीलाई शनिवार स्थानीय तह समन्वय प्रमुखका रुपमा मनोनित गर्नुभएको हो । नेपाली काँग्रेसको तर्फबाट पर्वत जिल्लामा तीन/तीन पटकसम्म चुनाब जितेर तीनपटक सम्म...
पर्बत/नेपाली काँग्रेसकी युवा नेतृ एवं महासमिति सदस्य राधाकुमारी कुवँर क्षेत्रीले नेपाली कांग्रेसले तीन चरणको निर्बाचन हुदा पराजय भोग्नुको मुख्य कारण गुट उपगुट रहेको बताउनुभएको छ । पर्वतको फलेवास नगरपालिका–५ खानीगाउँमा नेपाल तरुण दल गठनको कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । सो अबसरमा बोल्दै उहाँले तरुण दल नेपाली काँग्रेसको...
पर्वत/ जनकल्याण मावि नाङ्लीवाङ्को ५८ औं बार्षिकोत्सव तथा अभिभावक दिवसका साथै नवनिर्मित भवनको जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले सोमवार एक कार्यक्रमका बीच समुद्घाटन गर्नुभएको छ । बार्षिकोत्सव समारोह एवं भवन उद्घाटनपछि बोल्दै अध्यक्ष मल्लले शिक्षाको गुणस्तरविना समाज रुपान्तरण गर्न नसकिने वताउँदै सबै विद्यालयमा गुणस्तरीय शिक्षाका लागि गाउँपालिकाले शैक्षिक...