पर्वत/नेपाली कांग्रेसकी प्रभावशाली नेतृ एवं सुरक्षित मातृत्व सञ्जालकी केन्द्रीय अध्यक्ष डा. आरजु राणा देउवाले धौलागिरीका तीन जिल्लालाई कोरोना विरुद्धका अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग गर्नुभएको छ । नेपाली काँग्रेसका युवा नेता एवं जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)को विशेष पहलमा काँग्रेस नेतृ देउवाद्वारा पठाइएको उक्त स्वास्थ्य सामग्री नेपाल तरुण दलका...
काठमाडौँ/कांग्रेसले पार्टीको महाधिवेशन आगामी फागुनको पहिलो साता गर्ने निर्णय गरेको छ । कोभिड–१९ संक्रमणका कारण तीन महिना पार्टीका सबै गतिविधि ठप्प भए पनि केन्द्रीय महाधिवेशन भने यसअघि तोकिएकै मितिमा गर्ने पार्टीको केन्द्रीय समिति बैठकले निर्णय लिएको हो ।
केन्द्रीय कार्यसमितिको सोमबार सम्पन्न बैठकले प्रदेश, जिल्ला, निर्वाचन क्षेत्र, पालिका र...
पर्वत/जिल्लाको जलजला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि बजेट सार्वजनिक गरेको छ । जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)को अध्यक्षतामा आइतवार सम्पन्न आठौ गाउँसभामा जलजला गाउँपालिकाका उपाध्यक्ष सिमा गर्बुजा पुनले ४१ करोड, ६३ लाख २५ हजार रुपैयाको बजेट सार्वजनिक गर्नुभएको हो ।
गाउँपालिकाले संघीय सरकारवाट र प्रदेश सरकारवाट प्राप्त...
पर्वत/नेपाली काँग्रेस साबिक तिलाहार गाविसका पूर्व पार्टी सभापति एवम् समाजसेवी सुबेदार खडक बहादुर केसीको बुधवार विहान निधन भएको छ । ७२ बर्षका केसीको उपचारका क्रममा मणिपाल शिक्षण हस्पिटल पोखरामा निधन भएको हो । उनी उच्च रत्तचाप र मघुमेहका विरामी थिए ।
उनको पार्थिक शरिरमा नेपाली काँग्रेस पर्वतका पूर्व पार्टी सभापति...
पर्वत/नपेली कांग्रेसकी नेतृ एबं प्रतिनिधि सभा सदस्य ज्ञानकुमारी छन्त्यालको निधन भएको छ । उहाँको उपचारका क्रममा शहिद गंगालाल ह्दयरोग केन्द्रमा केहिबेरअघि निधन भएको हो ।
अघिल्लो आइतवार मुटुको ३ वटा भल्बमा समस्या भएपछि मुटुको शल्यक्रिया गरिएको थियो । मुटुमा समस्या देखिएको पछि प्रतिनिधिसभाको नयाँ नक्सा निशान छापमा समावेश गर्ने सम्बन्धी...
काठमाडौं/नेकपा स्थायी कमिटी बैठक बसिरहेका बेला निर्वाचन आयोगमा नेकपा (एमाले) नामको दल दर्ता गर्न कसको निर्देशनमा निवेदन दर्ता भयो ? बैठकको एजेण्डा नै विषयान्तर हुने गरी यो प्रश्नले बैठक प्रभावित भयो ।
बालुवाटारमा जारी बैठकमा उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी ओलीकै निर्देशनमा नेकपा एमाले ब्युँताउने निवेदन दर्ता...
पर्वत/सरकारले जारी गर्नका लागि छलफलमा ल्याएको संघीय निजामति ऐनको विषयमा नेपाल निजामति कर्मचारी संगठन पर्वतले सरकारको ध्यानाकर्षण गराएको छ । नेपाल निजामति कर्मचारी संगठन पर्वतले प्रतिनिधि सभाका सांसद पदम गिरी मार्फत सरकारको ध्यानार्कषण गराएको हो ।
संगठनका पर्वत जिल्ला कमिटि सचिव गौरबदास बैरागीले एक कार्यक्रमका वीच सांसद गिरीलाई ध्यानाकर्षण पत्र...
काठमाडौं/तल्लो तहका अधिबेशनहरुको कार्यतालिका हेरफेर भए पनि नेपाली कांग्रेसको १४ औं महाधिवेशन पूर्वनिर्धारित समयमै हुने भएको छ। कोरोना भाइरसका कारण पार्टीको १४ औं महाधिवेशन अन्योलमा परेको भनेर पार्टीभित्र संस्थापन पक्षमाथि एक समूहले आशंका गरिरहेका बेला आइतबार बसेको पदाधिकारी बैठकले पार्टीको केन्द्रीय महाधिवेशन पूर्वनिर्धारित मितिमै गर्ने निर्णय गरेको हो।
२०७६ पुस...
पर्वत/ कुश्मा नगरपालिका- ३ दुर्लुङ्ग पहिरोका पीडितलाई दुर्लुङ्ग समाज युकेले ९ लाख ६४ हजार ३ सय ७ रुपैयाँ सहयोग गरेको छ । आफु बिदेशमा भएपनि आफ्नो गाउँठाउँमा ठुलो जनधनको क्षति हुने गरी भएको दु:खद घटनामा केहि भएपनि राहत होस् भनेर सहयोग संकलन गरेको दुर्लुङ्ग समाज युकेका अध्यक्ष रक्षा बहादुर...
पर्वत/जलजला गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आठौँ गाउँसभाबाट पारित गरेको छ । जलजला गाउँपालिकाले नविनतम् केहि योजना र गतवर्षका योजनालाई निरन्तरता दिने गरि नीति तथा कार्यक्रम पारित गरेको हो । गाउँसभामा अध्यक्ष यामबहादुर मल्लले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम सर्वसम्मत रुपमा पारित गरिएको छ ।
गाउँपालिकाले स्वास्थ्य, शिक्षा,...









