Saturday, July 25, 2026

मुख्य समाचार

पर्वत/शैक्षिक सुचना ब्यबस्थापन प्रणालीको विकासका लागि कुश्मा नगरपालिकाको नगर शिक्षा शाखाले नगरपालिकाभित्रका विद्यालयहरुलाई शैक्षिक सुचना ब्यबस्थापन प्रणाली सम्बन्धि ३ दिने (आइईएमआईएस) तालीम आइतवारदेखि कुश्मामा सुरु गरेको छ । तालीमको कुश्मा नगरपाकिलाका उपप्रमुख सीता काफ्ले लामिछानेले उद्घाटन गर्नुभएको थियो । तालीम उद्घाटनपछि बोल्दै उपप्रमुख लामिछानेले नगरपालिकाभित्रका सबै सामुदायिक विद्यालयको गुणस्तर...
पर्वत/ कुश्मा नगरपालिका भित्रका विद्यालयहरूमा संचालन भएको परीक्षाको नगर शिक्षा अधिकृत राजेन्द्रबहादुर क्षेत्रीको नेतृत्वमा शनिबार अनुगमन गरिएको छ । टोलीले कुश्मा नगरपालिका वडा नं १ पाङ्को नुवार सुवेदी थर मावि र वडा नं २ खुर्कोटस्थित हिमालय माविमा संचालित परीक्षाको अनुगमन गरेको हो । अनुगमनका क्रममा नगर...
पर्वत/एसईइ परिक्षामा केन्द्राध्यक्ष तोक्ने विषयका सम्बन्धमा नेपाल शिक्षक संघ पर्वतले आपत्ती जनाएको छ । जिल्ला शिक्षा समन्वय ईकाईले शिक्षक संघमा आवद्ध शिक्षकहरुलाई केन्द्राध्यक्षको जिम्मेवारी दिन वेवास्ता गरेकोमा विरोध गरिएको छ । नेपाल शिक्षक संघ पर्वतका अध्यक्ष केशवप्रसाद भण्डारी र सचिव यज्ञनाथ वास्तोलाले एक विज्ञप्ती प्रकाशित गरि केन्द्राध्यक्ष चयन प्रक्रिया पूर्वाग्रहपूर्ण...
पर्वत/पर्वत जिल्लाका राजनीतिक तथा सामाजिक क्षेत्रका नक्षेत्र स्वर्गीय अमृतप्रसाद जोशीको नाममा 'अमृतचोक' स्थापना गरिएको छ । कुश्मा गाउँपालिका वडा नं ४ को साविकको पुरानो चौकी र राधाकृष्ण चोकलाई शनिबार एक कार्यक्रमका बीच 'अमृत चोक' घोषणा गरिएको हो । अमृत जोशी स्मृति प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा कुश्मा नगरपालिकाका...
पर्वत/महाशिला गाउँपालिकाको सातौ गाउँसभा सम्पन्न भएको छ । गाउँ सभाले १० वटा विभिन्न कानुन निर्माण गरेको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेलले जानकारी दिए । गाउँ सभाबाट स्थानीय बन ऐन, बाताबरण तथा प्राकृतिक सोसरसफाइ ऐन, नगर प्रहरी ऐन, महाशिला बिकास स्वयंसेवक कार्यक्रम सन्चालन ऐन, उद्योग ब्यबसाय दर्ता ऐन, पारित गरेको छ...
पर्वत/नेपाल कम्युनिष्ट पार्टी नेकपा गण्डकी प्रदेश कमिटिको सचिवालयमा पर्वतबाट चार जना नेता मनोनित हुनुभएको छ । पर्वतमा लामो समयदेखि सक्रिय रुपमा राजनीति गर्दै आउनुभएका चार नेताहरु बुधवारको बैठकले मनोनित गरेको हो । जिल्ला अध्यक्ष तथा प्रतिनिधि सभाका सांसद पदम गिरी यस अघिनै सचिबालय सदस्य बन्नुभएको थियो भने गण्डकी प्रदेशका उद्योग...
काठमाडौं/कांग्रेसको महाधिवेशनको मिति एकवर्ष बाँकी हुँदा भावी नेतृत्वका लागि सभापति शेरबहादुर देउवाको प्रभाव झनै बढ्न थालेको छ । पार्टीका प्रभावशाली नेताहरूलाई आफ्नो साथमा लिँदै देउवा संस्थापन पक्षमा थप बलशाली भएर अघि बढेका छन् । चारवर्ष अघि भएको १३औं महाधिवेशनबाट कांग्रेसको नेतृत्व सम्हालेका देउवाले १४औं महाधिवेशनका लागि अघिल्लो महाधिवेशनमा आफ्नो...
पर्वत/अन्तराष्ट्रिय पर्वत समाजले प्रमुख संरक्षक, संरक्षक र सल्लाहकार चयन गरेको छ । समाजले प्रमुख संरक्षकमा हितकाजी गुरुङलाई चयन गरेको छ । त्यस्तै संरक्षकहरुमा अर्जुन कुमार श्रेष्ठ, महेश श्रेष्ठ, कुल आचार्य, सुभाष जोशी, गोविन्द सुवेदी, सुरेन्द्र भुसाल, मोहन शर्मा, रबिजंग लामिछानेलाई चयन गरेको छ । त्यसै गरि संस्थाको सल्लाहकारहरुमा पुष्प तिमिल्सिना,...
पर्वत/हिन्दु धर्मग्रन्थहरूमा वर्णन गरिएर पनि प्रचारप्रसारको अभावमा ओझेलमा परेको पवित्र कालाञ्जर क्षेत्रमा पुग्न अब सहज हुने भएको छ । उक्त ऐतिहासिक भूमिमा संसारभरकै धार्मिक पर्यटकलाई आकर्षित गर्न जलजला गाउँपालिकाले हम्पालको कालाञ्जर क्षेत्रमा सडक पु¥याउने अभियान थालेको छ । सामुन्द्रिक सतहदेखि तीनहजार तीन सय मिटर उचाईमा रहेको...
पर्वत/नगरपालिका वडा नं २ खुर्कोटमा चितुवाको आक्रमणबाट एक जना बृद्ध घाइते हुनुभएको छ । कुस्मा नगरपालिका २ खुर्कोट तीन मुरे बस्ने ७१ बर्षिय बृद्ध शेषकान्त शर्मा चितुवाको आक्रमणबाट घाइते हुनुभएको हो । घाइते शर्मालाई पर्वत जिल्ला अस्पतालमा उपचारका लागि राखिएको छ । अस्पतालमा रहेका शर्मालाई भेटघाट गरी प्रतिनिधि सभाका...