पर्वत/ जनकल्याण मावि नाङ्लीवाङ्को ५८ औं बार्षिकोत्सव तथा अभिभावक दिवसका साथै नवनिर्मित भवनको जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले सोमवार एक कार्यक्रमका बीच समुद्घाटन गर्नुभएको छ । बार्षिकोत्सव समारोह एवं भवन उद्घाटनपछि बोल्दै अध्यक्ष मल्लले शिक्षाको गुणस्तरविना समाज रुपान्तरण गर्न नसकिने वताउँदै सबै विद्यालयमा गुणस्तरीय शिक्षाका लागि गाउँपालिकाले शैक्षिक...
पर्वत/ पर्वतको जलजला गाउँपालिकाले गाउँलेहरुलाई सेवा दिन एम्बुलेन्स सेवा संचालनमा ल्याएको छ । विकट गाउँलेहरुलाई विरामी परेको बेला तत्कालै अस्पताल पु¥याउन सहयोग पुगोस भन्ने उद्धेश्यले एम्बुलेन्स सेवा संचालनमा ल्याइएको हो । भारतीय दुतावासको सहयोगमा प्राप्त भएको उक्त एम्बुलेन्स केहि समय अघि सम्म मल्लाज स्वास्थ्य चौकी मातहत संचालन हुँदै आएको...
पर्वत/ कुश्मामा रहेको रेडियो दिदिवहिनीले ११० औँ अन्तराष्ट्रिय नारी दिवस एवं रेडियोको बार्षिकोत्सवको अवसरमा तेह्रौँ गण्डकी प्रदेश स्तरिय महिला महोत्सव आजबाट शुरु गरेको छ । पर्वतको जलजला गाउँपालिका २ वारीबेनीमा संचालित उक्त महोत्सवको राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उद्घाटन गर्नुभएको हो । महोत्सवको उद्घाटन गर्दै तिमिल्सिनाले महिलाहरुको सम्मान र सहभागिताले...
पर्वत/नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले देशमा अझै पनि लगानीको सहज वातावरण बन्न नसकेको गुनासो गर्नुभएको छ । पर्वत उद्योग वाणिज्य संघको ३७ औँ साधारणसभाको बुधबार कुश्मामा उद्घाटन गर्दै गोल्छाले दुई तिहाईको सरकारले पनि लगानीका लागि सहज वातावरण बनाउन नसकेको गुनासो गर्नुभएको हो ।
‘उद्योग, व्यवसाय फस्टाउने वातावरण...
पर्वत/जलजला गाउँपालिकाको सातौं गाउँसभा सोमवार सम्पन्न भएको छ । गाउँसभालाई सम्बोधन गर्दै जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल रामकृष्णले वताउनु भएको छ । अध्यक्ष मल्लले जलजला गाउँपालिकाले जनताको आवश्यकताको आधारमा विकास आयोजना तथा प्रशासनिक सेवालाई अघि बढाएको जानकारी दिँदै योजनाहरूलाई जनमैत्री र पारदर्शी ढंगले...
पर्वत/जिल्लामा रहेका निजि विद्यालय र नेपाली सेनाको कल्याणकारी कोषवीच शैक्षिक सहयोग र सहकार्य गर्ने सहमति भएको छ । पर्वत सदरमुकाम कुश्माबजारमा संचालित तीनवटा निजि विद्यालय र नेपाली सेना कल्याणकारी कोषबीच नेपाली सेनामा कार्यरत बहालवाला र सेवा निवृत्त सैनिकका छोराछोरीहरुलाई छात्रबृति वितरणमा सहकार्य गर्ने सहमति पत्रमा हस्ताक्षर गरिएको छ ।...
नुवाकोट/नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं प्रतिनिधिसभाका सदस्य बहादुर सिंह लामाले नुवाकोटका दुई विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री एवं पोशाक वितरण गर्नुभएको छ । नुवाकोटको सुर्यगढी गाउँपालिका वडा नम्बर २ स्थित सिलाकन्या देबि आधारभूत विद्यालय र जनहित प्राथमिक विद्यालय बोहोरे भन्ज्याङका विद्यार्थीहरुलाई पोशाक वितरण गर्नु भएको हो ।
लामाको आर्थिक सहयोगमा...
पर्वत/नेपालका धेरै जिल्लामा हात्तिपाइले रोग बिरुद्धको अभियान सफल भैसकेपनि पर्वतमा भने अझैपनि हात्तिपाईले रोगको उच्च जोखिममा रहेको पाइएको छ । पर्वतमा सन् २०१० देखि नियमित रुपमा १० पटक आमरुपमा औषधी खुवाउने कार्यक्रम सकिएपनि जिल्लामा हात्तीपाइले रोगको उच्च जोखिम कायमै रहेको पाइएको हो । हात्तीपाइले रोग निवारण अभियान कार्यक्रम २०७६लाई...
पर्वत/विगत एघार दिनदेखि जारी पर्वत महोत्सव आज समापन हुँदैछ । महोत्सवको आज अन्तिम दिन भलिवल, भजन, रत्यौली, र नृत्य प्रतियोगिताको फाईनल हुने छ । भने विभिन्न कलाकारहरुको प्रस्तुती पनि रहने छ । आज साँझ गण्डकी प्रदेशका प्रमुख अमिक शेरचनको प्रमुख आतिथ्यतामा सम्पन्न हुनेछ ।
शेरचनले विभिन्न प्रतियोगिताहरुमा बिजयी समुहलाई पुरस्कार...
पर्वत/नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा पर्वतको ३३ औँ जिल्ला सभा तथा अधिवेशनबाट अध्यक्षमा पुन रुद्रवहादुर रिमाल निर्वाचित हुनुभएको छ । हिजोवाट शुरु भएको जिल्ला सभा तथा अधिवेशनमा सहमती नभएपछि आज मतदान भएको थियो । उनका प्रतिद्धन्द्धी कृष्ण गौडेललाई पछि पादै रिमाल निर्वार्चित भएका हुन् । अधिवेशनवाट महिला उप–सभापतिमा इश्वरी...









