पर्वत/नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा पर्वतको ३३ औ जिल्ला सभा तथा अधिवेशनको नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य अर्जुनप्रसाद जोशीले आज कुश्मामा उद्घाटन गर्नुभयो । अधिवेशनको उद्घाटन गर्दै पूर्व सांसद जोशीले प्रतिकुल परिस्थितिका वावजुद पनि मानवीय सेवा र विपत्तिमा रेडक्रसले खेलेको भूमिका प्रसंशनीय भएको वताउनु भएको थियो...
पर्वत/पवित्र कालीगण्डकी नदीमाथि २ सय २८ मिटर उचाइमा निर्माण भएको बन्जी जम्पको आज सफल परिक्षण भएको छ । बिहीबार विहान १०.१०मा संचालक समितिका अध्यक्ष समेत रहेका राजु कार्कीले बञ्जीजम्प गरेर परिक्षण गरेका थिए । गत २०७३ सालदेखि बन्जीका लागि सम्भाव्यता अध्ययन भएको थियो । गुप्तेश्वर गुफा, बलेवा एयरपोर्टभन्दा १०...
पर्वत/उद्योग बाणिज्य संघले समग्र पर्वतको आर्थिक र पर्यटकीय विकासका लागि आयोजना गरेको महोत्सव विगत आठ दिन देखि जारी छ ।
महोत्सवमा आज पनि रत्यौली, भजन र विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता जारी रहने छ भने पालिका स्तरीय भलिवल प्रतियोगितामा तीन वटा खेल हुँदै छन् । हिजो छेलो प्रतियोगिता सम्पन्न भएको...
पर्वत/पछिल्लो समय सामाजिक सञ्जाल युट्युबमा निकै नै भाईरल बनेकी बाल गायिका कमला घिमिरे हिजको आगमनले पर्वत महोत्सवमा दर्शक हरुको भिड लागेको थियो । जव उनलाई स्टेजमा लगिएको थियो उनि संग सेल्फी खिच्नेहरुको भिड नै लागेको थियो । खासगरी स्कूले वालवालिकाहरु उनको प्रस्तूति हेर्न र फोटो खिच्न झुम्मिएका थिए ।...
पर्वत/जन्मदिन मनाउने सबैका आ–आफ्नै तरिका हुन्छन् । कसैले केक काटेर मनाउने गर्छन । कसैले साथीभाइहर्रुलाई पार्टी दिएर मनाउने गरेका उदाहरण प्रशस्त भेटिन्छन् । तर, नेपाल विद्यार्थी संघका नेता शिशिर शर्मा पौडेलले आफ्नो जन्मदिन फरक ढंगले मनाए ।
पौडेल आफ्नो २७ औँ जन्मदिनको अवसरमा फलफुल बोकेर मोदीवेणी दिव्यधाम आश्रममा पुगे ।...
पर्वत/कांग्रेसले १४ औं महाधिवेशनको मिति हेरफेर नगरी तल्लो निकायको अधिवेशनको कार्यतालिका परिवर्तन गरेको छ । सोमबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रिय समिति बैठकले २०७७ फागुन ७ गतेदेखि १० गतेसम्म काठमाडौंमा १४ औ महाधिवेशन गर्ने पूर्ववत: निर्णय कामयै राखी तल्ला तहका अधिवेशनको कार्यतालिका हेरफेर गरिएको हो।
प्रवक्ता विश्वप्रका शर्माका अनुसार...
पर्वत/ विभिन्न पुराणहरुमा वर्णन गरिएर पनि ओझेलमा परेको पर्वतको हम्पालमा अवस्थित पवित्र कालञ्जर भूमिलाई हिन्दु धर्मावलम्बीहरुको पवित्र तीर्थस्थल र धार्मिक गन्तव्यका रुपमा विकास गर्न कालञ्जर क्षेत्रमै १०८ श्रीमदभागवत तथा विराट ज्ञान महायज्ञ आयोजना गरिने भएको छ । आगामी बैशाख १ गतेदेखि ७ गतेसम्म आयोजना गरिने उक्त विराट ज्ञान महायज्ञका...
पर्वत/मानवमा बढ्दै गएको दीर्घरोगको समस्या र युवाहरूमा बढेको कुलतलाई समाधान गर्ने अभिप्रायले कुश्माका युवाहरुले अत्याधुनिक व्यायाम हलसहितको कुश्मा हेल्थ क्लव संचालन गर्न लागेका छन् । झण्डै एक करोडको लागतमा निर्माण भएको उक्त क्लवमा ५० देखी ६० जना महिला पुरुषले एकैसाथ जिम गर्न मिल्ने क्लवका अध्यक्ष डा प्रमोदकुमार मण्डलले...
पर्वत/छैटौ पर्बत महोत्सबमा दर्शकहरुको घुइचो दिन प्रतिदिन बढ्दै गएको छ । महोत्सबमा शनिबार दर्शकहरुको जनसागर उर्लीएको हो । शनिबार एकैदिन ३० हजार दर्शकले मेलाको अवलोकन गरेको आयोजकले जनाएको छ । शनिबार बिदाको दिन परेको हुदाँ पनि अत्यधिक दर्शक महोत्सब अबलोकनको लागी आएको आयोजकले जनाएको हो । त्यसक्रममा झण्डै १...
पर्वत/लोकतन्त्रमा आस्थावान पशु स्वास्थ्य सेवा क्षेत्रमा क्रियाशिल प्राविधिकहरुको साझा संस्था नेपाल पशु स्वाथ्य सेवा प्राविधिक संघ पर्वतको दोस्रो अधिवेशन सम्पन्न भएको छ । ‘लोकतान्त्रिक नेपालमा पशु स्वास्थ्य सेवा प्राविधिकहरुको पहिचान, व्यावसायिक पशुपालनमा नेल्टाको अभियान’ भन्ने मुल नाराका साथ पर्वतको कुश्मामा सम्पन्न भएको अधिवेशनले नयाँ कार्य समिति चयन गरेको छ...









