कवि तथा गीतकार लेखनाथ पौडेलको पाँचौं कृति ‘परमात्मा दर्शन’ कुश्मामा लोकार्पण

पर्वत/कवि तथा गीतकार लेखनाथ शर्मा पौडेलद्वारा लिखित पाँचौँ कृति ‘परमात्मा दर्शन’ भजन माला आज कुश्मामा एक कार्यक्रमका बीच लोकार्पण गरिएको छ । चौतर्फी बिकास श्रोत मन्च पर्वतको आयोजनामा भएको उक्त कृति लोकार्पण कार्यक्रमको उद्घाटन कुस्मा नगरपालिका वाड नं -२, का वडा अध्यक्ष एवम् कुश्मा नगरपालिकाका प्रवक्ता लालकृष्ण शर्मा बास्तोलाले गर्नुभएको थियो भने कृतिको लोकार्पण बरिष्ठ साहित्यकार पर्वत साहित्य संगमका सस्थापक अध्यक्ष इन्द्रकुमार विकल्पले गर्नुभएको थियो ।

कार्यक्रममा आफ्नो मन्तव्य राख्दै प्रमुख अतिथि कुश्मा नगरपालिका वडा नं २ का वडाध्यक्ष लालकृष्ण बास्तोलाले साहित्य समाजको ऐना भएकोले साहित्यमार्फत व्यक्त भएका विचारहरूलाई समाजले सँधै शिरोधार्य गर्नुपर्ने वताउनुभयो । त्यसैगरि पर्वत साहित्य संगमका संस्थापन अध्यक्ष इन्द्रकुकार विकल्पले कवि तथा गीतकार लेखनाथ शर्मा पौडेल सानैदेखि कविता तथा भजनमा निकै सक्रिय रहँदै आउनुभएको कुरा स्मरण गर्दै यो उमेरमा समेत उहाँले देखाउनुभएको सक्रियताले आफूहरूलाई समेत सिर्जनामा समर्पित हुन थप प्रेरित गरेको भनाइ राख्नुभएको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्वत शाखाका पुर्व अध्यक्ष एवम् साहित्यकार ओमप्रसाद शर्मा घायल, पर्वत साहित्य संगमका पुर्व अध्यक्ष राजेन्द्र पहाडी , माधुरी साहित्य प्रतिस्ठानका संरक्षक साहित्यकार सरस्वती शर्मा जिज्ञासु , साहित्यकार तथा निवृत्त शिक्षक दोर्णराज उपाध्याय लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

चौतर्फी बिकास श्रोत मन्च पर्वतका अध्यक्ष कालिकाप्रसाद शर्माको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य चौतर्फी बिकास श्रोत मन्चका कार्यकारी प्रमुख गणेशबहादुर क्षेत्रीले गर्नुभएको थियो भने कार्यक्रम सन्चालन सचिव शिवराज शर्माले गर्नुभएको थियो । सोही  कार्यक्रममा कृतिकार लेखनाथ शर्मा पौडेलले आफ्नो काव्य यात्राको रोचक विषयलाई प्रस्तुत गर्दै यसपूर्व प्रकाशित भएका चार कृति र अहिले प्रकाशित भएको पाँचौं काव्यकृति सिर्जनासँग  जोडिएका अनुभव र अनुभूतिलाई प्रकाश पार्नुभएको थियो ।

सोही कार्यक्रममा पत्रकार महासंघ पर्वतका अध्यक्ष लक्षण सापकोटा, नेपाल प्रेस युनियन पर्वतका अध्यक्ष उत्तमप्रसाद अधिकारी, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य गणेश गिरी, नेपाल पत्रकार महासंघ पर्वतका पूर्व कार्यवाहक अध्यक्ष गणेश पौडेल,  रोटरी क्लब पर्वतका पुर्व अध्यक्ष योगराज गिरी,  साहित्यकार इन्द्रमान खत्री, साहित्यकार डिल्लीराम शर्मा, साहित्यकार बिमल शर्मा पौडेल लगायतको उपस्थिति रहेको थियो ।