पर्वत/अस्पताल तथा डायग्रोस्टिक ल्याबहरुमा प्रयोग हुने पूर्ण स्वचालित प्रयोगशाला मेसिन प्रदेश अस्पताल कुश्मालाई प्रदान गरिएको छ । पर्वत जेसीजको पहलमा प्रदेश अस्पताल कुश्मा पर्वतलाई करिव १६ लाख बराबरको पूर्ण स्वचालित प्रयोगशाला मेसिन (CA-200 Automatic Chemistry Analyzer) प्रदान गरिएको हो ।
उक्त मेसिनले रगतको बायोकेमिकल परीक्षण गर्ने गर्दछ । मानिसको रगतमा भएका विभिन्न रसायनिक तत्वहरूको मात्रा जाँच यसले सहयोग पु¥याउने प्रदेश अस्पतालका प्रमुख डाक्टर ढुण्डीराज पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार मेसिनको प्रयोगबाट कलेजो, मिर्गौला, सुगर, बोसो, प्रोटिन तथा एन्जाइम परीक्षण सहज हुनेछ ।
यो मेसिनले एक घण्टामा करिव दुई सय नमुनाकोे परीक्षण गर्न सक्ने क्षमता राख्छ । स्वचालित प्रणाली भएकाले मानव क्रुटि कम हुने, रिपोर्ट छिटो आउने र प्रयोगशालाको कामलाई सहज बनाउने अपेक्षा गरिएको छ । रगत परीक्षण मार्फत शरीरका कलेजो, मिर्गौला, सुगर, बोसो लगायत धेरै स्वास्थ्य अवस्थाबारे महत्वपूर्ण जानकारी दिने रिपोर्ट तयार गर्न यो मेसिन उपयोगी हुने बाइएको छ ।
पर्वत जेसीजकी अध्यक्ष सर्मिला पौडेलले अस्पतालमा प्रदान गरिएको मेसिनबाट जिल्लावासी नागरिकको उपचार तथा परीक्षण सेवामा थप सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले पर्वत जेसीजले जिल्लाका विभिन्न क्षेत्रमा सामाजिक कार्य गदै आएको पनि उल्लेख गर्नुभयो ।
उक्त कार्यक्रममा कार्यक्रमका कुस्मा नगरपालिकाका प्रशासनिक अधिकृत किरण पौडेल, प्रदेश अस्पताल व्यवस्थापन समितिका अध्यक्ष यमबहादुर परियार, पूर्व अध्यक्ष शंकर गिरी लगायतको उपस्थिती रहेको थियो ।





