पर्वत/कुश्मा नगरपालिका वडा नं. २ मा ज्येष्ठ नागरिकसँग वडाध्यक्ष कार्यक्रम प्रभावकारी भएको छ । उक्त कार्यक्रमवाट २५० जना ज्येष्ठ नागरिक लाभान्वित भएका छन् । वडाले चालु आ व मा वडा अध्यक्ष संग जेष्ठ नागरिक कार्यक्रम संचालन गर्ने निर्णय गरेको थियो ।
खुर्कोट स्वास्थ्य चौकी र शहरी स्वास्थ्य केन्द्र बगैँचाको प्राविधिक सहयोग उक्त कार्यक्रम संचालन वडा सचिव हरि रेग्मीले जानकारी दिए ।

जेष्ठनागरीकहरुले नियमित स्वास्थ्य जांच गर्ने वानीको विकास नभएको र रोग लागे पछि मात्र उपचार गर्न जाने भएकाले स्वास्थ्यमा जटिल समस्या आउने र खर्चपनि धेरै हुने हुदा उक्त कार्यक्रम संचालन गरेको वडा अध्यक्ष लालकृष्ण वास्तोलाले वताए । घरमा नै वसेर खानपान व्यवस्थापन गरेर सामान्य रोगहरुवाट वच्न सकिने भएकाले पनि यो कार्यक्रम प्रभावकारी रहेको छ । खुर्कोटका ग्रामिण वस्तीमा स्वास्थ्य सेवाको अझै पहुच नपुगेको अवस्थामा यो कार्यक्रमले थप सेवा प्रदान गरेको छ । स्वास्थ्य संस्थावाट वितरण गर्न सकिने निशुल्क औषधी समेत रोगको आधारमा वितरण समेत गरिएको वडा अध्यक्ष वास्तोलाले वताए ।
स्वास्थ्यकर्मीहरु जेष्ठ नागरिकको घर घरमा पुगी सुगर, ब्लड प्रेसर जाँच तथा अन्य सामान्य स्वास्थ्य जाँच लगायतका सेवा प्रदान गरेको खुर्कोट स्वास्थ्य कार्यालयका प्रमुख टेकनाथ सुवेदीले बताए । प्रत्येक महिना हुने यस कार्यक्रममा शहरी स्वास्थ्य केन्द्र बगैँचाबाट २ जना स्वास्थ्यकर्मी र खुर्कोट स्वास्थ्य चौकीबाट ३ जना स्वास्थ्यकर्मी गरेर ५ जनाको टोली वडा स्थित घरघरमा पुगेर सेवा प्रदान गरेका छन् ।
गत माघबाट सुरु भएको कार्यक्रम यही असारसम्म चल्नेछ । वडाले कार्यक्रमका लागी १ लाख १० हजार रकम चालु आ वमा विनियोजन गरेको छ । कार्यक्रमको प्रभावकारीता हेरेर आफ्नो कार्यकाल अवधिभर बजेट व्यवस्था गरी निरन्तरता दिने योजना रहेको वडा अध्यक्ष लालकृष्ण शर्माले बताए ।







