श्रमिक दिवसका अवसरमा नेपाल ट्रेड युनियन काँग्रेसद्वारा विरामीलाई फलफुल वितरण

पर्वत/‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ भन्ने मुल नाराका साथ पर्वतमा १३५ औँ अन्तराष्ट्रिय दिवस मनाईएको छ । नेपाल ट्रेड युनियन काँग्रेस जिल्ला कार्य समिति पर्वतको आयोजनामा पर्वत अस्पतालमा रहेका बिरामीलाई फलफुल बितरण गरि श्रमिक दिवस मनाईएको हो । दिवसको अवसरमा अस्पतालमा रहेका २२ जना बिरामीलाई फलफुल वितरण गरिएको नेपाल ट्रेड युनियन काँग्रेस पर्वतका अध्यक्ष सुरेन्द्र केसीले जानकारी दिए ।

नेपाल ट्रेड युनियन काँग्रेसले श्रमिकहरुको समस्या र मुद्धामा केन्द्रीत भएर काम गरेको बताउँदै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने अध्यक्ष केसीको भनाई छ । उनले सुशासनका माध्यमबाट आफ्नो आर्जनको सुरक्षा, अनुकूल सामाजिक वातावरण, उचित ज्याला एवं पारिश्रमिक, भयरहित, शान्त र सुरक्षित अवस्थाको वातावरण सिर्जना गर्न नेपाल टे«ड युनियन काँग्रेस जिल्ला कार्य समिति पर्वत जिल्ला सँधै क्रियाशील रहेको दावी गरे ।

फलफुल वितरण कार्यक्रममा बोल्दै प्रमुख अतिथी एमव् नेपाली काँग्रेस गण्डकी प्रदेश सदस्य सिता काफ्ले लामिछानेले १३५ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसले श्रमको उचित सम्मान र सम्पूर्ण श्रमजीवीहरुको स्थापित अधिकार पूर्ण कार्यान्वयन गर्न ट्रेड युनियन काँग्रेसले भूमिका खेल्नुपर्ने बताइन् ।

कार्यक्रममा नेपाली काँग्रेस पर्वतका द्धय उपसभापति डाक्टर चुडामणि शर्मा र शिवप्रसाद सुवेदी, पर्वत अस्पताल विकास समितिका अध्यक्ष शंकर गिरी नेका जिल्ला सदस्य शिव शर्मा अधिकारी, ओमप्रसाद शर्मा घायल, नेपाली काँग्रेस कुश्मा नगरपालिका सभापति किशोर भण्डारी, नेपाली काँग्रेस प्रदेश सभा क का क्षेत्रिय सचिव केशव उपाध्याय, कोषध्याक्ष चित्रकला शर्मा भारती, कुश्मा नगरपालिका–४ का निवर्तमान अध्यक्ष मिना कर्माचार्य, वडा ५ का वडा अध्यक्ष रामहरि शर्मा, वडा नम्वर ७ का वडा अध्यक्ष परशुराम पुरी, नेका कुश्मानगर समितिका सहसचिव पुष्कल सुवेदी, नेपाल महिला संघ फलेवास नगर समितिकी सभापति गौरी शर्मा सापकोटा र जिल्ला रेडक्रस सोसाईटी पर्वतका सभापति रुद्रवहादुर रिमाल, लोकतान्त्रिक उद्योग वाणिज्य संघ कुश्माका अध्यक्ष दामोदर पौडेल दीपक लगायतको उपस्थिती रहेको थियो ।उक्त कार्यक्रमको संचालन नेपाल ट्रेड युनियन काँग्रेस जिल्ला कार्य समिति पर्वतका सचिव राम बास्तोलाले गर्नुभएको थियो ।

मे १ तारिख मजदुर वर्गले लामो सङ्घर्षपछि आफ्नो अधिकार प्राप्त गरेको एक ऐतिहासिक दिन हो । सन् १८८६ मे १ मा अमेरिकाको सिकागोमा आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनको माग गर्दै मजदुरहरुले गरेको आन्दोलनको सफलताको स्मरण गर्दै यो दिनलाई संसारभरिका मजदुरले अन्तर्राष्ट्रिय श्रमिक दिवसका रुपमा मनाउँदै आएका छन् । नेपालमा पनि श्रमिक अधिकारको रक्षा र प्रवर्धनका लागि सबैलाई जागरुक बनाइराख्ने अवसरका रुपमा यो दिवस मनाईँदै आइएको छ ।