पर्बत/फड्केढुंगा आधारभुत विद्यालयको ५८ औं अभिभाबक दिबस तथा वार्षिकोत्सव मंगलबार सम्पन्न भएको छ । वार्षिकोत्सवको उद्घाटन गर्दै नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले सामुदायिक विद्यालयमा ठूलो सरकारी रकम खर्च भईरहेको तरपनि विद्यार्थी घट्दै जानू चिन्ताको बिषय भएको बताउनुभयो । सरकारी विद्यालयमा एकजना विद्यार्थीका लागि ६० हजारसम्म खर्च भईरहेको भन्दै नेता जोशीले सामुदायिक विद्यालयप्रति गुमेको अभिभावकको विश्वासलाई पुनर्स्थापित गर्न गुणस्तरमा उल्लेख्य सुधार आवश्यक रहेको बताउनुभएको थियो । नेता जोशीले विद्यालयका भवन सुन्दर भएर मात्रै विद्यार्थी आकर्षित गर्न नसकिने वताउँदै कक्षा कोठामा विद्यार्थी भरिभराउ पार्न समय अनुकुल र गुणस्तरीय शिक्षामा जोड दिन विद्यालय प्रशासनलाई सुझाव दिनुभएको थियो ।
कार्यक्रममा जलजला गाउँपालिका अध्यक्ष एबम् नेपाली काङ्ग्रेस पर्बतका कोषाध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले सामुदायिक विद्यालयको गुणस्तर वृद्धिका लागि जलजला गाउँपालिकाले हरेक विद्यालयमा शैक्षिक सुधार अभियान अगाडी बढाएको बताउँनुभयो । सामुदायिक विद्यालयमा विद्यार्थी आकर्षित हुने बातावरण बनाउन आग्रह गर्दै अध्यक्ष मल्लले शैक्षिक गुणस्तरका लागि शिक्षक, अभिभावक र विद्यार्थीको साझा प्रतिबद्धता आवश्यक रहेको बताउनुभएको थियो ।
कार्यक्रममा नेपाली काङ्ग्रेस पर्बतका जिल्ला कार्य समिति सदस्य डा चूडामणि शर्मा, जलजला गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अर्जुन शर्मा, जलजला ४ का वडाअध्यक्ष भीष्म मल्ल, जलजला २ का वडाअध्यक्ष गोविन्द खत्री, नेपाली काङ्ग्रेस जलजलाका सभापति चन्द्रबहादुर जिसी, नेकपाका प्रतिनिधि टेकबहादुर जिसी, नेपाल शिक्षक सङ्घ पर्बतका पूर्व अध्यक्ष मुरारी शर्मा, ग्रामप्रकाश माबिका प्रधानाध्यापक भवानीशंकर पौडेल, अमृत आदर्श आमाबिका प्रिन्सिपल इन्द्रबहादुर अधिकारि, पूर्व शिक्षक कृष्णबहादुर खत्री, अभिभाबक टीका जिसी, विद्यार्थि दृष्टि जिसी, जोन्सन मल्ल लगायतले बोल्नुभयको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जमुना मल्लको अध्यक्षतामा भयको कार्यक्रमको संचालन शिक्षक गोपाल शर्मा र कृष्ण पौडेल, स्वागत मन्तव्य शिक्षक बलराम रेग्मीले गर्नुभएको थियो ।






