काठमाडौं/नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले मंसिर १४ मा हुने उपनिर्वाचनका पार्टीका उम्मेदवारको पक्षमा जनमत निर्माण गर्नका लागि केन्द्रीय चुनाव परिचालन र अनुगमन समिति बनाएको छ ।
नेपाल तरूण दल केन्द्रीय कार्यसमितिको बैठकले उपाध्यक्ष उत्तमकुमार चापागाईको संयोजकत्वमा केन्द्रीय चुनाव परिचालन समिति र कोषाध्यक्ष विद्वान गुरूङको संयोजकत्वमा उपनिर्वाचन केन्द्रीय अनुगमन समिति बनाउने निर्णय गरेको हो । समितिको सदस्यमा उपनिर्वाचन हुन गइरहेका ३७ जिल्लाका नेपाल तरुण दलका जिल्ला अध्यक्ष रहने निर्णय समेत बैठकले गरेको छ ।
बैठकले उम्मेदवार हुने सबै तहका निर्वाचन हुने सम्बन्धित जिल्लाका जिल्ला अध्यक्षहरुलाई निर्वाचनको निर्वाचन परिचालन समितिको संयोजक तोकिएको अध्यक्ष बस्नेतले जानकारी दिनुभयो । संगठनको निर्णयसँगै तरूण दलले सबै निर्बाचन क्षेत्रमा तरूण युवाहरुलाई परिचालन गरेर उम्मेदवारको प्रचारप्रसारमा जुटेको नेपाल तरुण दलका केन्द्रीय कोषाध्यक्ष तथा उपनिर्वाचन केन्द्रीय अनुगमन समितिका संयोजक विद्वान गुरूङले जानकारी दिनुभयो ।






