पर्वत/कालीगण्डकी नदिमा पानीको वहाव घटे लगत्तै जलयात्रा (¥याफ्टिङ ) का लागि आउनेको भीड लाग्न थालेको छ । कालीगण्डकीमा सञ्चालन गरिएको ¥याफ्टिङमा बिदेशी र आन्तरिक पर्यटकहरुको भीड लागेको हो । पर्वतको कुश्मा नगरपालिका १ नयाँपुल देखि स्याङजाको मिर्मि सम्म लामो दुरीको र मालढुङ्गा देखि नयाँपुल सम्मको छोटो दुरीको ¥याफ्टिङ सञ्चालन गरिएको छ । गतवर्ष अक्टुबरबाट शुरु हुने गरेकोमा यस वर्ष भने ढिलो गरि ¥याफ्टिङ शुरु भएको हो ।
नदीमा पानीको वहाव नघटेको हुनाले गत साताबाट मात्रै शुरु भएको स्विसा ¥याफ्टिङ एन्ड ट्रेकिङ एक्सपिडेसन कम्पनीका प्रबन्ध निर्देशक देव रेग्मीले जानकारी दिनुभयो । एक सिजनमा कम्तीमा पनि २ देखि ३ हजार पर्यटकले जलयात्रा गर्दै आएका छन । तर यो सिजनमा वर्षा, बाढी, पहिरो जाने क्रम लम्बिएकाले सेप्टेम्बरको सुरुमै बुक गरेका धेरै पर्यटकले ¥याफ्टिङ रद्द गरिसकेको रेग्मीले बताउनुभयो । कालीगण्डकी नदीमा १० वटाभन्दा धेरै कम्पनीले ¥याफ्टिङका लागि पर्यटक भित्राउँदै आएका छन् । तीन दिन लाग्ने जलयात्रा पर्यटकका लागि निकै आकर्षक गन्तव्यका रूपमा रहेको छ ।
कालीगण्डकी नदीमा पानीको छाल, मनोरम दृश्य, झरना, विभिन्न वनस्पति, जलचरको अवलोकन, प्रदूषणरहित हावापानीबाट पर्यटक आकर्षित हुने गर्दछन् । यहाँ धेरै इजरायली पर्यटक आउने गरेका छन् भने अस्ट्रेलिया, युरोप र अमेरिकाका पर्यटकको रोजाइमा पनि कालीगण्डकी नदी पर्दै आएको छ । कालीगण्डकी नदीमा पानीको सतह बढेपछि गत जेठ अन्तिम सातादेखि जलयात्रा रोकिएको थियो । बन्द थियो । पानीको सतह कम भएर नियमित सञ्चालन गर्न सकिने भएपछि गत सातादेखि औपचारिक रूपमा सुरु गरिएको व्यवसायीले बताएका छन् ।





