पर्वत/राष्ट्रिय स्वतन्त्र पार्टीको हालै सम्पन्न केन्द्रीय महाधिवेशनबाट पर्वतका सागर भुसाल केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। पर्वत जिल्लाका भुसाल पार्टीको हालै सम्पन्न केन्द्रीय महाधिवेशनअन्तर्गत भएको निर्वाचनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन्। उनको निर्वाचनसँगै पर्वतबाट रास्वपाको केन्द्रीय नेतृत्वमा प्रतिनिधित्व सुनिश्चित भएको छ।
भुसाल लामो समयदेखि पार्टीको संगठन विस्तार, सुशासन, पारदर्शिता तथा नागरिकका मुद्दामा सक्रिय रहँदै आएका नेता हुन्। केन्द्रीय सदस्यमा निर्वाचित भएपछि उनले पार्टीले अघि सारेका सुशासन, जवाफदेहिता र समृद्धिको अभियानलाई अझ प्रभावकारी ढंगले अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
उनको निर्वाचनप्रति पर्वतका रास्वपा कार्यकर्ता तथा शुभेच्छुकहरूले खुसी व्यक्त गर्दै बधाई दिएका छन्। स्थानीय तहदेखि केन्द्रीय तहसम्म पार्टी संगठनलाई थप सुदृढ बनाउन भुसालले महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
पर्वतका राजनीतिक तथा सामाजिक क्षेत्रका व्यक्तिहरूले पनि भुसालको सफलताले जिल्लाको प्रतिनिधित्व राष्ट्रिय तहमा थप मजबुत हुने विश्वास व्यक्त गरेका छन्।






