आइतबार र सोमबार सार्वजनिक विदा दिने सरकारको निर्णय

पर्वत/अविरल वर्षाका कारण जनजीवन प्रभावित भएपछि सरकारले आइतवार र सोमवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

सरकारी कार्यालयहरू भोलिदेखि खुल्ने तय भए पनि अविरल वर्षाका कारण सडक अवरुद्ध भएसँगै सरकारले थप दुई दिन बिदा दिने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए।

गृह मन्त्रालयले विज्ञप्ति नै निकालेर बिदा दिने निर्णय भएको जानकारी दिएको छ।