सांसद लामाद्वारा नुवाकोटका विभिन्न विद्यालयमा पोशाक वितरण

नुवाकोट/नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं प्रतिनिधिसभाका सदस्य बहादुर सिंह लामाले नुवाकोटका दुई विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री एवं पोशाक वितरण गर्नुभएको छ । नुवाकोटको सुर्यगढी गाउँपालिका वडा नम्बर २ स्थित सिलाकन्या देबि आधारभूत विद्यालय र जनहित प्राथमिक विद्यालय बोहोरे भन्ज्याङका विद्यार्थीहरुलाई पोशाक वितरण गर्नु भएको हो ।

लामाको आर्थिक सहयोगमा सिलाकन्या देबी आधारभुत विद्यालयका २०९ र जनहित प्राबी बोहोरे भञ्ज्याङ्का ६० विद्यार्थीहरुलाई पोशाक बितरण भएको हो । विद्यालयको वार्षिकोत्सब समारोहको अवसरमा पोशाक वितरण गरिएको् हो । सांसद लामाले यसअघि पनि नुवाकोटका दर्जनौं विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री तथा न्यानोकपडा वितरण गरिसक्नु भएको छ ।