कुश्मामा बसको ठक्करबाट ३४ बर्षिय युवकको मृत्यु

पर्वत/सदरमुकाम कुश्माबजार स्थित शिवालयचोकमा वसको ठक्करवाट एक युवाको मृत्यु भएको छ । मुस्ताङदेखि पोखराका लागि हिडेको ग १ ख ७००३ नम्वरको वसले कुश्माबजार स्थित शिवालयचोकमा दिउँसो साढे १२ बजे ठक्कर दिँदा वाटो हिडिरहेका पैदलयात्री पर्वतकै मोदी गाउँपालिका वडा नं. ४ लेस्पारका ३४ वर्षिय डिलबहादुर पुनको मृत्यु भएको हो ।
बसको ठक्करवाट गम्भीर घाईते भएका पुनलाई जिल्ला अस्पतालमा पु-याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

बसका चालक र बस भने प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक विकास थापाले जानकारी दिनुभयो । घटनाका बारेमा थप अनुसन्धान भैरहेको छ । मृतक पुनको शब पोष्टमार्टमपछि परिवारलाई बुझाईने भएको छ । मृतकका एक छोरा र श्रीमती रहेका छन्