Thursday, July 16, 2026

मासिक अभिलेख: June 2026

विहादी गाउँपालिका मा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

पर्वत/विहादी गाउँपालिका मा “पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम” सम्पन्न भएको छ। गाउँपालिका अध्यक्ष श्री परविन गुरुङको अध्यक्षतामा तथा उपाध्यक्ष श्री मिना शर्मा तिवारीको आतिथ्यतामा गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा सम्पूर्ण वडा अध्यक्ष, स्वास्थ्य चौकी...

मोदी गाउँपालिकाले विभिन्न सरोकारवालाबीच प्रि-बजेट वारे छलफल गर्यो

पर्वत/आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति, कार्यक्रम तथा बजेट तर्जुमाको तयारीस्वरूप मोदी गाउँपालिकाले विभिन्न सरोकारवालाबीच शनिबार प्रि-बजेट छलफल कार्यक्रम सम्पन्न गरेको छ। मोदी सभाहल, पातिचौरमा आयोजित कार्यक्रममा गाउँपालिकाकी अध्यक्ष हिरादेवी शर्माले स्थानीय आवश्यकता, जनअपेक्षा र...

नवजात शिशुलाई स्तनपानमा प्राथमिकता दिने विषयमा सरोकारवालाबीच छलफल

पर्वत/नवजात शिशुको स्वस्थ वृद्धि तथा विकासका लागि जन्मेदेखि कम्तीमा ६ महिनासम्म पूर्ण स्तनपान गराउने विषयमा सरोकारवालाबीच अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ। प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतको आयोजनामा सम्पन्न कार्यक्रममा पत्रकार, औषधि व्यवसायी, स्वास्थ्यकर्मी...

शारीरिक रूपमा अपाङ्ग २४ वर्षीया सुनिता विकले घरमै नागरिकता पाइन

पर्वत/जन्मेदेखि नै पूर्ण अपाङ्गताको जीवन बिताउँदै आएकी पर्वतको जलजला गाउँपालिका–४ फड्केढुङ्गाकी २४ वर्षीया सुनिता विकले घरमै नागरिकता पाएकी छिन् । चौविसै घण्टा बिस्तारामै पल्टिरहने भएका कारण परिवारले सदरमुकाम कुश्मामा रहेको जिल्ला प्रशासन कार्यालयसम्म ल्याउन...

३ जना विद्यार्थीको लागि चलेको छ धौलागिरि आधारभूत विद्यालय

म्याग्दी /अन्नपूर्ण गाउँपालिका–४ भालेबासमा रहेको धवलागिरि आधारभूत विद्यालयमा विद्यार्थी र शिक्षक–कर्मचारीको संख्या बराबर रहेको छ। कक्षा ३ सम्मको पठनपाठन हुने उक्त विद्यालयको कक्षा १ र २ मा विद्यार्थी संख्या शून्य छ। विसं २०४० मा स्थापना...

विज्ञापन रोक्न सरकारले गरेको निर्णयको विरुद्ध पर्वतका पत्रकारको प्रशासनमा धर्ना

पर्वत/सरकारले सरकारी सूचना तथा विज्ञापन सरकारी संचारमाध्यममार्फत् मात्र प्रकाशन तथा प्रसारण गर्ने निर्णयको विरुद्धमा पर्वतमा पत्रकारहरुले विरोध प्रदर्शन गरेका छन् । नेपाल पत्रकार महासंघ पर्वत शाखाको आयोजनामा संचारकर्मीहरुले शुक्रबार जिल्ला प्रशासन कार्यालय पर्वत अगाडि...

विहादी गाउँपालिकामा सीपमा आधारित लघु उद्योग प्रवर्द्धन कार्यक्रम सञ्चालन

पर्वत/विहादी गाउँपालिकाको आयोजना तथा गण्डकी प्रदेश सरकारको “मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रम” को सहयोगमा सञ्चालन गरिएको “स्थानीय कच्चा पदार्थ र सीपमा आधारित लघु उद्योग प्रवर्द्धन कार्यक्रम” अन्तर्गतको सीप विकास तालिम सम्पन्न भएको छ। तालिमको समापन समारोह...

कुश्मा नगरपालिकालाई पूर्णखोप सुनिश्चित पालिका घोषणा गरियो

पर्वत /नगरपालिकाद्वारा आयोजित घोषणा कार्यक्रममा नगर प्रमुख रामचन्द्र जोशीको अध्यक्षता रहेको थियो। कार्यक्रममा नगर उपप्रमुख स्वस्थानी रिजाल, प्रमुख प्रशासकीय अधिकृत किरण पौडेल, नगर प्रवक्ता लालकृष्ण बास्तोला, वडा अध्यक्ष ईश्वर गिरीलगायतले मन्तव्य व्यक्त गर्दै पूर्णखोप...

वृद्ध किसानको पीडा, ७९ बर्षको उमेरमा पनि बाँदरको चौकीदारी

पर्वत/गाउँमा युवा छैनन् । बढ्दो बसाईसराई र वैदेशीक रोजगारीले गाउँ खाली बन्दै छ । खेतबारी बाझिँए । जंगल बढेर घरसम्मै पुगेको छ । युवा पस्ताले खेतबारी हेरेनन् तर वर्षौंदेखि त्यही खेतबारीको उब्जनीमा जीवन धानेका...

बजेट निर्माणका लागि पर्वतका सातवटै स्थानीय तह योजना संकलन र छलफलमा

पर्वत/आगामी असार १० गते भित्र स्थानीय तहहरुले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्नुपर्ने प्रावधान अनुरुप यतिवेला पर्वतका सातवटै स्थानीय तह योजना संकलन र छलफलमा जुटेका छन् । टोल टोल र...