Friday, May 15, 2026

समाज

पर्वत/जिल्लाको मोदी गाउँपालिकाका दुई छुट्टाछुट्टै ठाउँमा शनिवार साँझ परेको चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । मोदी गाउँपालिका वडा नं। १ भुकताङ्लेमा एक महिला र वडा नं। ७ राम्जादेउरालीमा एक शिक्षकको ज्यान गएको हो । घरको पिढिमा बसिरहेको बेला ५८ वर्षिया प्रेम कुमारी शाहि र राम्जादेउराली स्थित स्थानीय...
पर्वत/नेकपा एमाले पर्वतको अधिवेशनमा पदम गिरी समर्थित प्यानलले क्लीनस्विप गरेको छ । एमाले पर्वतको १०औं अधिवेशनमा राष्ट्रिय सभाका निवर्तमान अध्यक्ष गणेश तिमिल्सिना समर्थित प्यानलमाथि पदम गिरी समर्थित प्यानलले क्लीनस्विप गरेको हो । तिमिल्सिना समर्थित प्यानलका पदमपाणी शर्मालाई पराजित गर्दै गिरी समर्थित प्यानलका गोविन्द पहाडी अध्यक्ष निर्वाचित भएका छन् । पहाडीले...
बागलुङ/ बागलुङ नगरपालिका वडा नं १३ पैयुपाटामा महिलाहरूको क्षमता विकासका लागि शुरू भएको एक हप्ते उद्घोषण तथा भाषण कला तालिम शुक्रबार सम्पन्न भएको छ । पैयुँपाटा सामुदायिक सिकाई केन्द्रको आयोजनामा चैत्र २५ गते देखि शुरू भएको तालिम समापनको अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवं बागलुङ नगरपालिका वडा...
पर्वत/जिल्लाको कुश्मा ४ स्थित साउनेबगरमा सञ्चालित हार्नेस जीपलाईन एण्ड एड्भेन्चर रिर्सोटले नेपाली नयाँ बर्षमा विशेष कार्यक्रम गर्ने भएको छ । रिर्सोटमा आयोजना हुने कार्यक्रममा गायकहरु राजकुमार परियार र भिडिजे लामाले सांगेतिक प्रस्तुती राख्ने छन् । रिर्सोटले विशेष प्याकेज सहित कार्यक्रमको आयोजना गर्न लागेको छ । कार्यक्रममा सहभागीले रिर्सोटको प्याकेजमा सहभागी...
पर्वत/नेकपा एमाले पर्वतको दशौँ जिल्ला अधिबेशन कुश्मामा उद्घाटन भएको छ । पहिलो दिन हिजो उद्घाटन भएको कार्यक्रममा आज र भोली बन्दसत्र हुने भएको छ । बन्दसत्रमा पार्टीको दस्ताबेज र प्रतिबेदन उपर छलफल हुने भएको छ भने नयाँ नेतृत्व चयन हुने जनाईएको छ । अधिबेशनको नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले उद्घाटन...
पर्वत/जलजला गाउँपालिका–२ मल्लाजको दहमा सोमबार राति एक दम्पतीकाे हत्या भएको छ । अपरिचित व्यक्तिले ६८ वर्षीय सूर्यबहादुर जिसी र उहाँकी अन्दाजी ६५ वर्षीया श्रीमती गमला जिसीको हत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ । जिसी दम्पतीकाे घरभित्रै हत्या गरेको अवस्थामा मङ्गलबार बिहान भेटिएको वडाध्यक्ष प्रकाश जिसीले जानकारी दिनुभयाे । उहाँका अनुसार...
पर्वत/जलजला गाउँपालिका-७ धाइरिङको मिलनचोक-सल्यान-घाहाखेत-धारापानी-ठोट्नेरी सडक आयोजनाको मिलनचोक-सल्यान खण्डमा कालोपत्रे गर्न थालिएको छ। निर्माण कम्पनी हिमदुङ एन्ड थोकरले शनिबार सल्यानदेखि मिलनचोक तर्फ कालोपत्रे गर्न प्राइम कोट बिछ्याउन थालेको हो। पहिलो दिन १ किलोमिटर सडकमा प्राइमकोट बिछ्याएको निर्माण कम्पनीका आयोजना व्यवस्थापक दिपेन्द्र श्रेष्ठले जानकारी दिए। मिलनचोकदेखि सल्यानसम्म ३ दशमलव ...
पर्वत/कुश्मा नगरपालिका– २ खुर्कोटमा बाटो निर्माण गर्ने क्रममा रोकिराखेको डोजरमा हिजोराती आगजनी भएको छ । छमर्के-खुर्कोट-कोटगाउँ सडकमा काम गर्दै गरेको बा १ क ८३५९ नम्मरको डोजर आगलागीबाट ध्वस्त भएको हो । चैत १७ गते बिहान खुर्कोट बाट सदरमुकाम कुश्मा जादै गर्दा स्थानीय सेते नेपालीले आगो जलिरहेको देखे पछि...
पर्वत/माध्यमिक शिक्षा परीक्षा (एसइई) का लागि पर्वतबाट दुई हजार भन्दा बढि विद्यार्थी सहभागी हुने भएका छन् । आजबाट शुरु हुने एस.ई.ई परीक्षामा नियमित र आंशिकतर्फ गरी जम्मा दुई हजार २८ जना विद्यार्थीहरू सामेल हुने भएका हुन् । परीक्षार्थी नियमिततर्फ एक हजार ९ सय ४० जना, आंशिक तर्फका ४८ जना...
पर्वत/बिहादी गाउँपालिकामा बिशेषज्ञ सहितको निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ । बिहादी–३ रानीपानीको नेपाल तारा माध्यमिक विद्यालयमा यहि चैत्र २७ गते निःशुल्क शिविरको आयोजना गरिएको हो । गरिव, विपन्न तथा आर्थिक रुपले पछि परेका समुदायका लक्षित गरि शिविर आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष परविन गुरुङले जानकारी दिए । शिविरमा दुई...