पर्वत/नेपालमा २० वर्षभन्दा म उमेरमा विवाह गर्न नपाइने कानुनी व्यवस्था छ । जसले कानुनी रूपमा २० वर्षभन्दा कम उमेरमा मातृत्व वहन गर्न नदिन राज्यले व्यवस्था लगरेको छ । तर पनि २० वर्षभन्दा सानो उमेरमा नै बच्चा जन्माउने क्रम रोकिएको छैन ।
पर्वतमा पछिल्ला ३ वर्षको तथ्यांक हेर्दा बाल मातृत्व दरमासुधार...
पर्वत/जिल्ला कुश्मा नगरपालिकास्थित पोखरा–बाग्लुङ सडक खण्डमा पर्ने माझमेलामा जिप दुर्घटना भएको छ । बाग्लुङबाट पोखरा आउँदै गरेको सुदुर पश्चिम प्रदेश ०१–००१ ज १४७६ नम्वरको जिप बुधबार दिउँसो दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय पर्वत प्रहरी प्रमुख विजय यादवका अनुसार जिप आफै अनियन्त्रित भई सडक छेउमा पल्टिन जाँदा उक्त जिपमा...
पर्वत/जिल्लाको पैयुँ गाउँपालिका–४ मा रहेर करिब २५ वर्षदेखि बन्द रहेको मिसन अस्पताल सञ्चालन गर्न मेडिहेल्थ सेन्टर समितिले प्रक्रिया अगाडि बढाएको छ। गैह्रआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद्, अमेरिका अन्तर्गतको एनआरएनए मेडिहेल्थ सेन्टर समितिको पहलमा एनआरएनए मेडिहेल्थ सेन्टर दर्ता भई आधिकारिक दर्ता प्रमाणपत्र पनि प्राप्त भएको छ। यससँगै अमेरिकी सहयोगमा...
पर्वत/पर्वतको मालढुंगा–बेनी सडकखण्डमा गुडिरहेको मोटरसाइकलमाथि एक्कासि पहिरो खस्दा चालक गम्भीर घाइते भएका छन्। लगातारको वर्षासँगै पहिरोको जोखिम बढिरहेका बेला भएको यो घटनाले उक्त सडकखण्डको यात्रा थप जोखिमपूर्ण बनेको छ।
जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार करिब ३ः३० बजे जलजला गाउँपालिका–८ फर्सेस्थित मालढुंगा–बेनी सडकखण्डमा मालढुंगाबाट बेनीतर्फ जाँदै गरेको लु ४१ प २१५७...
पर्वत/बिहादी गाउँपालिकाले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई ३५ दिनभित्र निवेदन दर्ता गर्न आग्रह गरेको छ । गाउँपालिकाले सोमबार सूचना जारी गर्दै नेपाल सरकार, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत भूमि समस्या समाधान आयोगको सूचनाअनुसार यसअघि विभिन्न कारणले निवेदन फाराम भर्न छुटेका व्यक्तिहरूलाई अन्तिम अवसरस्वरूप निवेदन दिन...
पर्वत/जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले गत वर्ष आर्थिक वर्षमा रु ७५ लाख राजस्व संकलन गरेको छ । १२ महिनामा ट्राफिक नियमको उल्लंघन गरेका ८ हजार सवारी साधनमाथि गरिएको कारबाहीबाट ७५ लाख ५ हजार ५ सय रुपैयाँ राजस्व उठेको हो । अघिल्लो वर्ष १० हजार ८ सय ३७ सवारीमाथि कारबाही...
पर्वत/जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार गण्डकी प्रदेशसहित देशका विभिन्न क्षेत्रमा शनिबार र आइतबार मनसुनी गतिविधि थप सक्रिय भई मध्यमदेखि भारी वर्षा हुने सम्भावना रहेपछि जिल्ला प्रशासन कार्यालय पर्वतले जिल्लावासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेलद्वारा जारी अत्यन्त जरुरी सूचना तथा स्थानीय तहलाई पठाइएको पत्रमार्फत...
पर्वत/ विनियोजन विधेयक २०८३ अनुसार परिवर्तित कर र लामो समयदेखि निष्क्रिय रहेका ‘फर्म’हरुले पाउन लागेको छुटका विषयमा पर्वतमा अन्तरक्रिया भएको छ। आन्तरिक राजश्व कार्यालय बागलुङ र पर्वत उद्योग वाणिज्य सङ्घको संयुक्त आयोजनामा शनिवार उद्योग वाणिज्य सङ्घको सभा हल कुश्मामा कार्यक्रमको आयोजना भएको हो । कार्यक्रममा व्यवसायीहरूसँग आन्तरिक राजश्व कार्यालय...
पर्वत/पर्वत, स्याङ्जा र गुल्मी जिल्लाको सङ्गमस्थलमा रहेको विश्वकै ठूलो शालिग्राम शिला डुबानमा परेको छ। दुई दिनदेखि लगातार परेको वर्षाका कारण कालीगण्डकी नदी र सेतीखोलाको जलसतह बढेपछि शालिग्राम शिला डुबानमा परेको हो। शिलामा जाने बाटो, नजिकै रहेको सत्तल र परिक्रमास्थलसमेत डुबिसकेको शालिग्राम विद्याश्रमका संरक्षक कुलराज तिवारीले जानकारी दिए। उनकाअनुसार कालीगण्डकीको बहाव...
पर्वत/जिल्लाका सवैजसो स्थानीय तहमा आर्थिक वर्ष २०८२/८३ को राजस्व सम्बन्धी हिसाब मिलान गर्नका लागि राजस्व संकलन सेवा बन्द गरेका छन् ।गएरातीदेखि अर्को सूचना जारी नगर्ने बेला सम्मका लागि जिल्लाका सवै पालिकाले यो सेवा बन्द गरेका हुन् । आर्थिक वर्षको अन्त्यमा राजस्वसम्बन्धी हिसाब मिलान गर्नुपर्ने भएकाले गाउँ तथा नगरपालिका कार्यालय...









