Tuesday, May 12, 2026

राजनीति

पर्वत/विहादी गाउँपालिकाका अध्यक्ष परविन गुरुङले नागरिकलाई उत्पादनसँग जोड्ने योजनालाई प्राथमिकता दिने बताउनुभएको छ । गाउँपालिकाको उद्यम विकास शाखाको आयोजनामा वडा नं. ६,चर्काङमा सुरु भएको तरकारी खेती सीप विकास सम्बन्धी एक हप्ते तालिमको उद्घाटन गर्दै अध्यक्ष गुरुङले नागरिकलाई स्व व्यवसायसँग आवद्ध हुने योजनाहरुलाई प्राथमिकता दिँदै बजेटको व्यवस्था गर्ने बताउनुभएको हो...
पर्वत/नयाँ शैक्षिक सत्र २०८० देखि आधारभूत तह अन्तर्गत कक्षा एकदेखि आठसम्म स्थानीय पाठ्यक्रम कार्यान्वयन गर्न लागेको जलजला गाउँपालिकाले पाठ्यक्रम प्रबोधिकरण सम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाको आयोजनामा भएको कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष राजु आचार्यले जलजला गाउँपालिकाले शिक्षा क्षेत्रमा गुणस्तर कायम गर्नको लागि निरन्तर प्रयास गरिरहेको बताउँदै स्थानीय पाठ्यक्रम कार्यान्वयन...
पर्वत/जलजला गाउँपालिकाले चालू आर्थिक वर्षका प्रगती र आगामी योजनाको बारेमा सार्वजनिक सुनुवाइ गरिएको छ । जलजला गाउँपालिकाको आयोजना र नेपाल पत्रकार महासंघ पर्वतको सहजीकरणमा आज उक्त कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रममा गाउँपालिकावासी सेवाग्राही र जनप्रतिनिधिका बिचमा गाउँपालिकाको सेवा, चालु वर्षका योजना, विषयगत कार्यालयका सेवाप्रवाहमा नागरिकको गुनासो, स्रोतको...
पर्वत/कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाको निर्माण अगामी असारभित्र सम्पन्न हुने भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना सबस्टेसनबाट सुरु भई पर्वत, बागलुङ, स्याङ्जा, पाल्पा, रुपन्देही हुँदै नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवल नगरपालिका–१३ भुमहीस्थित नयाँ बुटवल सबस्टेसनसम्मको १२७ किलोमिटर डबल सर्किट प्रसारण लाइन आयोजना दुई खण्डमा विभाजन गरी...
पर्वत/सामुदायिक शिक्षालाई गुणस्तरीय, प्रविधियुक्त र युग अनुकुलको शिक्षाका रूपमा विकास गर्ने अभियान सञ्चालन गरेको जलजला गाउँपालिकाले प्राविधिक शिक्षा अध्ययन गर्ने विद्यार्थीहरूका लागि बार्षिक ३६ हजार रूपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाको आज बसेको बैठकले जलजला गाउँपालिका भित्रका सामुदायिक बिद्यालयमा अध्ययन गरी आधारभुत तह कक्षा-८ उत्तिर्ण...
पर्वत/नेपाली काँग्रेसका पूर्व केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य अर्जुनप्रसाद जोशीले पार्टीलाई अफ्ठ्यारो परेको बेला सहयोग गर्ने कार्यकर्ताको भविष्यमा उचित मूल्यांकन हुने वताउनु भएको छ । नेपाल ट्रेड युनियन काँग्रेस पर्वतको सातौं जिल्ला अधिवेशनको कुश्मामा उद्घाटन गर्दै नेता जोशीले उक्त कुरा वताउनु भएको हो । उहाँले पार्टी नेतृत्वविरूद्ध सामाजिक सञ्जालमा...
पर्वत/बदलिंदो राजनीतिक अवस्थासँगै पार्टीमा आएको विचलन र जनतामा देखिएको निरासाको समाधान खोज्न नेपाली काँग्रेस पर्वतले पार्टीका विभिन्न संरचनाहरूको बीचमा क्रमवद्ध संवाद र छलफल कार्यक्रमलाई अघि बढाएको छ । एकसाता अघि मात्रै पार्टीको जिल्ला कार्य समिति र जनप्रतिनिधिहरूबीच मैत्रीपूर्ण छलफल र संवाद गरेको नेपाली काँग्रेसले विहिवार पार्टीका पदाधिकारीहरू, पूर्व...
बलेवा,बागलुङ/चालु आर्थिक वर्षको झण्डै साढे दुईमहिना बाँकी रहँदा बागलुङको जैमिनी नगरपालिकाका कर्मचारी फुर्सदिला भएका छन् । यहाँका जनप्रतिनिधि आगामी आर्थिक वर्षको नीति कार्यक्रम र बजेटको तयारीमा जुटेका छन् । जैमिनीमा चालु आवमा विनियोजन भएको बजेट तथा कार्यक्रममध्ये ९५ प्रतिशत काम सकिएको छ । बाँकी केही ठूला आयोजनाको काम चलिरहेका...
पर्वत/जलजला गाउँपालिकाले सार्वजनिक पद धारण गरेका व्यक्तिका सन्तान अनिवार्य रुपमा सामुदायिक विद्यालयमा भर्ना गर्न अनुरोध गरेको छ । गाउँपालिकाले शैक्षिक सत्र २०८० बाटै लागु हुने गरी सो अनुरोध गरेको हो । गाउँ कार्यपालिकाको वैशाख ५ गतेको निणर्य अनुसार अनिवार्य रुपमा सामुदायिक विद्यालयमा भर्ना गराउन अनुरोध गरिएको गाउँपालिकाका शिक्षा अधिकृत...
पर्वत/जिल्ला प्रशासन कार्यालय पर्वतले मिटरव्याज पिडितहरुका लागि निवेदन दिन आह्वान गरेको छ । जिल्ला प्रशासन कार्यालय पर्वतले पर्वत जिल्ला भित्र अधिक मात्रामा मिटर व्याज पिडितहरुको उजुरी जिल्ला प्रहरी कार्यालय मातहतबाट दर्ता हुँदै गएपछि उजुरी संकलन गर्न थालेको हो । जिल्ला प्रशासन कार्यालय पर्वतले बैशाख १५ गते एक सुचना जारी...