पर्वत/जिल्लाका सवैजसो स्थानीय तहमा आर्थिक वर्ष २०८२/८३ को राजस्व सम्बन्धी हिसाब मिलान गर्नका लागि राजस्व संकलन सेवा बन्द गरेका छन् ।गएरातीदेखि अर्को सूचना जारी नगर्ने बेला सम्मका लागि जिल्लाका सवै पालिकाले यो सेवा बन्द गरेका हुन् । आर्थिक वर्षको अन्त्यमा राजस्वसम्बन्धी हिसाब मिलान गर्नुपर्ने भएकाले गाउँ तथा नगरपालिका कार्यालय...
पर्वत/ विगत केहिदिनदेखीको अविरल बर्षाका कारण छमर्के छिपछिपे सडक खण्ड पुर्णरूपमा वन्द भएको छ । यो सडकको समिकोटनेरको पहरो फुटेर सडक अवरूद्द भएको हो । सडक चक्लावन्दि गर्दा खनिएको उक्त सडकको माथिको भागवाट ठुला ठुला चट्टानफुटेर सडक अवरूद्द भएको छ । गत असार २१ गते अवरूद्द भएको सडक हाल...
पर्वत/ जिल्लाको फलेवास नगरपालिकाले नगरको ऐतिहासिक, सांस्कृतिक, सामाजिक तथा प्राकृतिक पहिचान झल्काउने नगरको लोगो र नगरगान निर्माणका लागि प्रस्ताव आह्वान गरेको छ ।
नगर कार्यपालिकाको कार्यालयले यही असार १७ गते जारी गरेको सूचनाअनुसार नगर कार्यपालिकाका निर्णयबमोजिम नगरपालिकाको पहिचानलाई प्रतिबिम्बित गर्ने लोगो तथा नगरगान तयार गर्न इच्छुक नेपाली नागरिक, संघ–संस्था तथा...
पर्वत/असारको यो बेलामा कृषकहरू रोपाइका लागि खेतका गरा गरामा हुनुपर्ने हो । रोपाइको माचोले बेफुर्सदे बन्दा ‘लास छोपेर मेलामा जाने’ लोकोक्ति गाउँघरमा सुन्न पाइन्छ । तर यही बेलामा पर्याप्त वर्षा नहुँदा जिल्लाका कृषकहरू भने घरमै बस्न बाध्य भएका छन् । लगातारको वर्षाका कारण खेतका कान्लामा मूल उठ्ने र रोपाइका...
पर्वत/भिर्ने झोला गीतमार्फत करोडौं श्रोताको मन जितेका चर्चित गायक तथा सञ्चारकर्मी कृष्ण अखेलीको नयाँ तीज गीत सार्वजनिक हुने भएको छ । हरितालिका तिजको अवसर पारेर मौलिकता, पारिवारिक भावना र नेपाली संस्कृतिलाई केन्द्रमा राखेर तयार गरिएको नयाँ तिज गीत ‘दिदि भाइ’ अबको केही दिनमा सार्वजनिक हुने गायक अखेलीले जानकारी दिए...
पर्वत/बिहादी गाउँपालिकाले दलित समुदायको हक, अधिकार, सशक्तीकरण तथा स्थानीय तहबाट उपलब्ध हुने सेवा–सुविधाबारे सचेतना अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरेको ‘दलित समुदायका लागि सचेतनामूलक तथा क्षमता विकास कार्यक्रम’ गाउँपालिकाका सबै ६ वटै वडामा सफलतापूर्वक सम्पन्न भएको छ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष परवीन गुरुङ र उपाध्यक्ष मिना तिवारीले दलित समुदायको सामाजिक, आर्थिक तथा...
पर्वत/ मोदी गाउँपालिकाले सामुदायिक विद्यालयहरूमा आधुनिक शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउने उद्देश्यसहित ५२ वटा स्मार्ट बोर्ड हस्तान्तरण गरेको छ। गाउँपालिकाको कार्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यालयका प्रधानाध्यापक तथा सरोकारवालाको उपस्थितिमा स्मार्ट बोर्ड हस्तान्तरण गरिएको हो।
सामाजिक आर्थिक रूपान्तरणको रणनीति समग्र पहुँच र गुणस्तरीय आधुनिक प्रविधियुक्त शिक्षा भन्ने नारालाई आत्मसात गर्दै गाउँपालिकाले विद्यालयमा डिजिटल...
पर्वत/जिल्लालाई पर्यटन हवका रुपमा विकास गर्नका लागि पर्वतको पर्यटन गुरुयोजना निर्माण गरिने भएको छ । जिल्ला समन्वय समिति पर्वतको आयोजनामा शुक्रवार सम्पन्न आठौ जिल्ला सभाले जिल्ला समन्वय समितिको पहल र सातवटै स्थानीय तहको सहकार्यमा पर्यटन गुरुयोजना बनाउने निर्णय गरेको हो । जिल्लामा वर्षेनी लाखौको संख्यामा आन्तरिक तथा बाह्य पर्यटकहरु...
पर्वत/ गाउँपालिकाले सुरक्षित खानेपानीमा नागरिकको पहुँच विस्तार गर्ने उद्देश्यका साथ सञ्चालन गरेको तिलाहार बोरिङ खानेपानी आयोजना सफल भएको छ। गाउँपालिकाकै पहिलो बोरिङ प्रविधिमा आधारित खानेपानी आयोजनाबाट करिब १६० घरधुरी प्रत्यक्ष रूपमा लाभान्वित हुने भएका छन्।
वर्षौंदेखि खानेपानीको अभाव झेल्दै आएका तिलाहार क्षेत्रका स्थानीयका लागि आयोजना आशाको किरण बनेको छ। परम्परागत...
पर्वत/मोदी गाउँपालिका वडा नं ८, चित्रेको महेकमा अवैध हातहतियार फेला परेको छ। स्थानीय बासिन्दामार्फत अवैध हातहतियार लुकाइछिपाइ राखिएको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरीक्षक विजय यादवको नेतृत्वमा खटिएको प्रहरी टोलीले उक्त हातहतियार फेला पारेको हो।
प्रहरीका अनुसार मोदी गाउँपालिका–८ स्थित लतेखोला सामुदायिक वनमा बेवारिसे अवस्थामा लुकाइछिपाइ राखिएको...









