पर्वत/भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ‘दोबिल्ला–घाँटीछिना–पामे सुरुङमार्ग’ अध्ययनका लागि सडक विभागलाई स्वीकृति दिएको छ । प्रस्तावित सो सुरुङमार्गले पर्वत र कास्की जिल्लालाई जोड्ने जनाइएको छ । साविक धौलागिरिका पर्वत, बागलुङ, म्याग्दीलाई प्रदेश मुकाम पोखरासँग छोटो दूरीमा जोड्नका लागि पर्वतको कुश्मा नगरपालिका–८ दोबिल्लादेखि कास्कीको पोखरा महानगरपालिकास्थित पामेसम्म सुरुङमार्ग निर्माण गरिने...
पर्वत/पूर्व कर्मचारी सेवा परिषद पर्वतले स्थानीय तहको निर्वाचनमा विजयी भएका पूर्व कर्मचारीहरुलाई सम्मान सहित बधाई ज्ञापन गरेको छ । फलेवास नगरपालिकामा निर्वाचित मेयर गंगाधर तिवारी, कुश्मा नगरपालिका ७ को अध्यक्षमा निर्वाचित परशुराम पुरी, कुश्मा नगरपालिका ९ कटुवाचौपारीको वडाध्यक्षमा निर्वाचित राम शर्मा लामिछाने र मोदी ५ बाजुङका वडाध्यक्ष मानवहादुर अधिकारी...
पर्वत/पर्वतका ३१ वर्षीय एक युवाले नेपालको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका छन्। जिल्लाको बिहादी गाउँपालिका–४ वहाकी, ठाँटीस्थित बानिपोखरामा जन्मिएका युवा देवीप्रसाद न्यौपानेले सगरमाथाको सफल आरोहण गरी पर्वतकै गरिमा बढाउन सफल भएका हुन्।
देशमा रहेको व्यरोजगारीको समस्याबाट अछुत हुन नसकेको उनको गाउँ । जहाँका अधिकांश युवाहरू वैदेशिक रोजगारीका लागि विदेश जार्नु...
पर्वत/पर्वत जिल्लामा अन्तर सरकारी वित्तीय हस्तान्तरण अन्तर्गत संघीय सरकारले पर्वतका स्थानीय तहलाई २ अर्ब ९६ करोड ६७ लाख रुपैयाँ उपलब्ध गराएको छ । जसमध्ये नगरपालिकालाई १ अर्ब ३१ करोड ७३ लाख रुपैयाँ उपलब्ध गराइएकोे छ भने गाउँपालिकालाई १ अर्ब ६४ करोड ९६ लाख रुपैयाँ छुट्याइएको छ । पर्वत जिल्लामा...
पर्वत/राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको हटिया–बुर्तिबाङ खण्डमा निर्माण कम्पनीले कालोपत्रे सम्पन्न नगर्दै भत्किएपछि मध्यपहाडी राजमार्ग आयोजना कार्यालय पर्वतले ठेकेदार कम्पनीलाई सातदिने स्पष्टीकरण सोधेको छ ।
निर्माण कम्पनीले कालोपत्र गरेर सडक नबुझाउँदै सडकमा खाल्डा परेको, मापदण्डअनुसार कालोपत्र नसकेको र आवश्यक पूर्वाधार सम्पन्न नगरेको भन्दै आयोजना कार्यालयले ठेकेदार कम्पनीलाई...
पर्वत/स्थानीय तह निर्वाचनका सवै प्रक्रियाहरु अझै सम्पन्न भएका छैनन् । प्रत्यक्ष निर्वाचित नगर, गाउँ सभा सदस्यहरुको निर्वाचन सम्पन्न भएको छ । यस बाहेक गाउँ तथा नगर कार्यपालिकाको निर्वाचन बाँकी छ । यो प्रक्रिया पछि जिल्ला समन्वय समितिको गठन प्रक्रिया समेत बाँकी छ । संविधानले गाउँ तथा नगरपालिकाहरुसंगै जिल्लामा जिल्ला...
पर्वत/जलजला गाउँपालिका वडा नम्बर ९ बनाैमा बाँसकाे मुढा बुन्ने तालिम सम्पन्न भएकाे छ । स्थानियलाई स्वराेजगार तथा आत्मनिर्भर बनाउने उद्देश्यले जलजला गाउँपालिकाकाे आयाेजनामा १५ दिने पुनर्ताजगी तथा एडभान्स बासकाे मुढा बुन्ने तालिम बुधबार सम्पन्न भएकाे हाे । तालिमकाे समापन गर्दै जलजला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रबहादुर क्षेत्रीले जलजला गाउँपालिकाले...
पर्वत/सनराइज बैंकले स्वास्थ्य योजनामा थप सुविधा ल्याएको जानकारी दिएको छ । बैंकले आफ्ना सबै बचत खातामा उक्त स्वास्थ्य योजना दिँदै आएकोमा यसवर्ष त्यसलाई परिमार्जन गरी थप सुविधा दिने बैंकले जनाएको छ । सनराइज बैंक कुश्मा शाखाले आज शिबालय बहुमुखी क्याम्पस कुश्माको विविएसमा अध्यनरत ७५ जना छात्रछात्राबीचमा अन्तरक्रिया गरि उक्त...
पर्वत/विभिन्न धर्म पुराणहरुमा वर्णन गरिएर पनि ओझेलमा परेको पवित्र कालञ्जर भूमिलाई हिन्दु धर्मावलम्बीहरुको पवित्र तीर्थस्थल र धार्मिक गन्तव्यका रुपमा विकास गर्न कालञ्जर क्षेत्रमै नवबर्षारम्भ महायज्ञ आयोजना गरिने भएको छ । दुईबर्ष पहिलेनै उक्त क्षेत्रमा विराट ज्ञान महायज्ञ आयोजना गर्ने भनिएपनि कोरोना महामारीको कारण महायज्ञ आयोजना हुन सकेको थिएन ...
पर्वत/कुश्मा स्पोर्टस क्लबको आयोजनामा पर्वतमा गण्डकी प्रदेश स्तरीय सेभेन ए साइड फुटबल प्रतियोगिता आयोजना गरिने भएको छ। प्रतियोगिता आउँदो चैत २२ देखि २६ गतेसम्मको लागि आयोजना गर्न लागिएको हो । कोभिड–१९ सङ्क्रमणको जोखिम न्यून हुँदै गएकाले खेल क्षेत्रलाई चलायमान बनाउने र खेलाडीहरूलाई पनि जागरूक बनाउने उद्देश्यले प्रदेश स्तरीय प्रतियोगिताको...








