मोदी गाउँपालिकाले मनायो ९ औं स्थापना दिवस

पर्वत/मोदी गाउँपालिकाको ९ औं स्थापना दिवस एक भब्य समारोहका बीच मनाइएको छ । मंगलबार गाउँपालिका अध्यक्ष हिरादेबी शर्माको अध्यक्षतामा नौ औ स्थापना दिवष मनाइएको हो ।

स्थापना दिवसको अवसरमा गाउँपालिकाले विभिन्न क्षेत्रका उत्कृष्ट व्यक्तित्व तथा संस्थाहरूलाई सम्मान गरेको छ। उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारी, शिक्षक, विद्यालय, स्वास्थ्यकर्मी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, कृषक, उद्यमी, पर्यटन प्रवद्र्धनमा योगदान पु¥याउने सामुदायिक होमस्टे तथा सहकारी संस्था लगायत गरी कुल १५विधाका व्याक्तिहरुलाई सम्मान प्रदान गरिएको हो । कार्यक्रममा बोल्दै वक्ताहरूले गाउँपालिकाको समग्र विकासमा सबै क्षेत्रको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै आगामी दिनमा अझ प्रभावकारी सेवा प्रवाह र समृद्धि हासिल गर्न प्रतिबद्धता व्यक्त गरेका थिए। कार्यक्रममा विभिन्न स्थानीय मगर समुदायको लोपोन्मुल सोरठी गित प्रस्तुत गरीएको थियो ।

कार्यक्रमो वोल्दै गाउँ पालिकाका प्रमुख प्रशासकीय अधिकृत गाउँ पालिकाको नौ वर्षे कार्यकाल सम्ममा गाउँ पालिकाका ८ वटै वडाको भवन निर्माण र सवै वडामा पुग्ने सडक निर्माण भईसकेको र गाउँ पालिकाले आँफनै प्रशासकीय भवन बाट नगर वासीहरुलाई सेवा दिईरहेको बताए ।

यो सँगै नियमीत ३५ भन्दा बढी विषयका सेवाह्ररु गाउँ पालिकाले सम्पन्न गरीरहेको प्रतिवेदनमा जनाइएको थियो । गाउँ पालिकाका अध्यक्ष हिरा देवी शर्माले अगिल्लो कार्यपालिका र तत्कालीन कर्माचारी तथा सबै निकायको मेहनत र अहीलेका जन प्रतिनिधि कर्मचारी राजनीतीक दल सबैको सहयोग सहकार्यमा गाउँ पालिकाले नगरवासीहरुलाई सेवा दिन सफल भएको बताईन । गाउँ पालिकाले कृषि सिँचाई , उद्योम , पर्यटन , शिक्षा स्वाथ्य लगायतमा क्षेत्रमा सेवा दिई रहेको जनाएको हो । गाउँ पालिकाले विभिन्न १५ विषयमा उत्कृष्ठता हाँसील गरेका व्याक्तिहरुलाई नगद समीत सम्मान गरेको हो ।