बिहादी गाउँपालिकामा प्रथम गाउँपालिका अध्यक्ष कप प्रतियोगीताको शुभारम्भ

पर्वत /जिल्लाको बिहादी गाउँपालिकामा प्रथम गाउँपालिका अध्यक्ष कप प्रतियोगीताको शुरुवात भएको छ । प्रतियोगीताको संविधान सभा सदस्य एवम् नेपाली कांग्रेसका केन्द्रिय सदस्य अर्जुन जोशीले उद्घाटन गर्नुभएको छ ।

जोशीले कार्यक्रमको उद्घाटन गर्दै खेलकुदले मानिसको आत्मविश्वासमा बृद्धि हुनुका साथै स्वस्थ्य नागरिक उत्पादनमा सहयोग पुराउने बताउनुभयो । पूर्व सांसद समेत रहेका जोशीले युवाहरुलाई खेलकुदमा सहभागी गराउँदा त्यसले ब्यक्तित्व र नेतृत्व दुबै क्षेत्रको विकास हुने धारणा ब्यक्त गर्नुभयो ।

गाउँपालिका अध्यक्ष कपले समग्र युवाहरुलाई खेलक्षेत्रमा लाग्नका लागि उत्प्रेरणा प्रदान गरेको समेत जोशीले कार्यक्रममा बताउनुभयो । कार्यक्रममा गाउँपालिका अध्यक्ष परविन गुरुङले पालिकाले खेलक्षेत्रको विकास र विस्तारका लागि आयोजना गरेको कार्यक्रम युवा लक्षित कार्यक्रम रहेको उल्लेख गर्नुभयो । उहाँले खेलकुदले देशलाई विश्व स्तरमा समेत चिनाउनका लागि मद्दत गर्ने भन्दै सवै तहका सरकारले खेलकुदको विकास र विस्तारमा सहयोग गर्नुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मिना तिवारीले खेलकुद क्षेत्रमा लाग्ने युवाहरु कुलतमा नपस्ने भएकाले पनि खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखेर स्थानीय तहहरुले कार्यक्रम सञ्चालन गर्नुपर्ने धारणा ब्यक्त गर्नुभएको थियो । प्रमुख प्रशासकीय अधिकृत हरी भुषालले स्वस्थ्थ नागरिक उत्पादनको पहिलो आधार नै खेलकुद भएकाले खेल क्षेत्रमा सवै बालबालिका देखि युवाहरुसम्म लाग्नुपर्ने धारणा ब्यक्त गर्नुभयो ।

कार्यक्रमको शुभारम्भमा विभिन्न झाकीहरुको प्रदर्शन गरिएको थियो । प्रतियोगीता अन्र्तगतका भलिबल प्रतियोगीता शुरु भईसकेका छन् ।