कुश्माको एड्भेन्चर रिर्सोटमा नयाँ बर्ष विशेष कार्यक्रम आयोजना गरिँदै

पर्वत/जिल्लाको कुश्मा ४ स्थित साउनेबगरमा सञ्चालित हार्नेस जीपलाईन एण्ड एड्भेन्चर रिर्सोटले नेपाली नयाँ बर्षमा विशेष कार्यक्रम गर्ने भएको छ । रिर्सोटमा आयोजना हुने कार्यक्रममा गायकहरु राजकुमार परियार र भिडिजे लामाले सांगेतिक प्रस्तुती राख्ने छन् । रिर्सोटले विशेष प्याकेज सहित कार्यक्रमको आयोजना गर्न लागेको छ ।

कार्यक्रममा सहभागीले रिर्सोटको प्याकेजमा सहभागी हुनसक्ने र आवासीय प्रवन्ध समेत गरिएको रिर्सोटका सञ्चालक सुनिल सिंह बाँनियाले जानकारी दिए ।

कालीगण्डकी नदी किनारमा सञ्चालीत रिर्सोटले नेपाली नयाँ बर्ष २०८१ लाई लक्षित गरी प्याकेज सहितको सांगेतिक कार्यक्रमको आयोजना गरेको हो । नयाँ बर्षमा रमाउन चाहने युवाहरुलाई लक्षित गरी आयोजना गरिएको कार्यक्रममा अग्रीम बुकिङका लागि रिर्सोटले आब्हान गरेको छ ।