नुवाकोट/नेपाली कांग्रेसका केन्द्रिय सदस्य समेत रहनुु भएका सांसद वहादुर लामाले अत्यधिक जाडो हुने नुवाकोटको पहाडी भेक म्यागा¨का २ विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई शनिवार न्यानो कपडा वितरण गर्नु भएको छ ।
सांसद लामाले म्यागा¨ ३ स्थित देउराली माध्यमिक विद्यालयमा अध्ययनरत २ सय ७२ विद्यार्थी र वडानं ४ किम्ता¨ स्थित चन्द्रदेवी आधारभूत विद्यालयका १ सय ९२ विद्यार्थीहरुलाई स्वेटर सहित न्यानो कपडा वितरण गर्नु भएको थियो । न्यानो कपडा वितरण संगै दुवै विद्यालयहरुले अविभावक भेलाको समेत आयोजना गरेका थिए ।
सांसद लामाले यसअघि पनि दर्जनौं शैक्षिक संस्थाहरुमा पुगेर विद्यार्थीहरुलाई शैक्षिक सामग्री सहित न्यानो कपडा वितरण गरिसक्नु भएको छ ।







