रेडक्रस मल्लाज उपशाखाको नवनिर्मित भवनको गाउँपालिका अध्यक्ष मल्लद्वारा उद्घाटन

पर्वत/जलजला गाउँपालिकामा रेडक्रस उपशाखाको भवन निर्माण गरिएको छ । जिल्लाको जलजला गाउँपालिका–४ मल्लाजमा अवस्थित लुङदी उपशाखाको भवन निर्माण गरिएको हो । भवनको आईतवार जलजला गाउँपालिकाका अध्यक्ष यामवहादुर मल्ल (रामकृष्ण)ले उद्घाटन गर्नुभएको छ । भवन उद्घाटन गर्दै अध्यक्ष मल्लले विपत र संकटमा परेका व्यक्ति वा समुदायको उद्धार र राहतमा रेडक्रसले पु¥याएको योगदानको प्रशंसा गर्दै मानवीय सेवामा समर्पित संस्थाको भवन निर्माण हुनु यो समुदायकै लागि सुखद पक्ष भएको वताउनु भएको थियो । अध्यक्ष मल्लले रेडक्रसलाई राज्यले स्वतन्त्र ढंगले काम गर्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

भवननिर्माण सँगै रेडक्रसले अब आफ्नै कार्यालयवाट सेवा प्रदान गर्ने छ । त्यस्तै अध्यक्ष मल्लले नेपाल रेडक्रस सोसाईटी पर्वत शाखाको तर्फबाट लुङदी आधारभुत विद्यालयका ४२ जना विद्यार्थीलाई डे«स वितरण गर्नुभएको थियो । लुङदी उपशाखाका सभापति एवम् वडा अध्यक्ष भिष्म मल्लको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको संचालन शाखाका सचिव दामोदर पौडेल र स्वागत मन्तव्य शाखाका उपसभापति चित्रराज रेग्मीले गर्नुभएको थियो । कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी पर्वतका सभापति रुद्रवहादुर रिमालले रेडक्रसका बारेमा जानकारी गराउनु भएको थियो भने पर्वत शाखाका मन्त्री गोविन्दप्रसाद पराजुली, कोषाध्यक्ष पितामम्वर शर्मा अधिकारी र समाजसेवी लेखनाथ रेग्मी लगायतले मन्तव्य राख्नुभएको थियो ।