पर्वत/आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै पर्वतमा ४,६१२ जना नयाँ मतदाता थपिएका छन्। कात्तिक ३० गतेसम्म तोकिएको दर्ता समय सरकारको आग्रहमा मंसिर ५ गतेसम्म बढेपछि सो संख्या दर्ता भएको हो।
जिल्ला निर्वाचन अधिकारीका अनुसार कार्यालयमा उपस्थित भएर १,२२५ ९५१२ महिला, ७१३ पुरुष र अनलाइनमार्फत ३,३८७ जनाले नाम दर्ता गरेका छन्। अनलाइन दर्ताको विवरण रुजु भइरहेको र अयोग्य ठहरिएका केहीको नाम हट्न सक्ने कार्यालयले जनाएको छ।
पहिले १,२१,४५४ रहेको मतदाता संख्या हाल १,२६,०६६ पुगेको छ। मंसिर २१ देखि २७ गतेसम्म दाबी–विरोध प्रक्रिया चलेपछि पुस १५ गते अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ।





