बलेवा, बागलुङ /’मानवतालाई जिवित राखौं ‘ भन्ने नाराका साथ नेपाल रेडक्रस सोसाइटी पैयुँपाटा उपशाखाले रेडक्रसको ६३ औं स्थापना दिवस मनाएको छ । बागलुङ नगरपालिका वडा नं. १०,११,१२,१३ र १४ मा रहेका माध्यमिक बिद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिताको आयोजना गरि पैयुँपाटा उप-शाखाले उक्त दिवस मनाएको हो ।
‘नेपाल रेडक्रसको सन्दर्भमा युवा सर्कलको भुमिका’ बिषयक वक्तृत्वकला प्रतियोगितामा ६ वटा माध्यमिक बिद्यालयका १० जना छात्र छात्राको सहभागीता भयकोमा, त्रिभुवन माध्यमिक बिद्यालय बा. न. पा. १३ पैयुपाटाका कृष्टिना शर्मा प्रथम ,गणेश माध्यमिक बिद्यालय बा. न. पा. १४ नारायणस्थानका कुशल पौडेल दोश्रो ,जनमत माध्यमिक बिद्यालय बा.न.पा.१३ पैयुपाटा बासकोटका सुगम लामिछाने तृतीय ,जनता धन माध्यमिक बिद्यालय बा. न. पा. १४ नारायणस्थानका अनिष खत्री ,सलिना पौडेल,त्रिभुवन मा. बि. का समीप पौडेल,गणेश मा. बि.का अनुज्ञा कडेल,पृथ्वी हिरण्य मा. बि.का विपिसा बि. क. ,जनमत मा. बि. का पुस्पा शर्मा र भैरब मा.बि. भकुण्डेका गिरिस्मा थापा सान्त्वना हुनुभएको थियो । प्रतियोगिताबाट विजयी हुनेहरूले क्रमश ५ हजार रूपैयाँ र प्रमाणपत्र, ३ हजार रूपैयाँ र प्रमाणपत्र, २ हजार रूपैयाँ र प्रमाणपत्रका साथै अन्य ७ जनाले एक/एक हजार रूपैयाँ र प्रमाणपत्र प्राप्त गरेका थिए ।
वक्तृत्वकला प्रतियोगिताकोलागि प्रथम पुरस्कार सु. दल बहादुर खत्री (५०००), दोस्रो पुरस्कार सु.मे. ओम बहादुर तकमेल क्षेत्री (३०००) र रु १०००/- अन्य ब्यबस्थापनका लागि,तेस्रो पुरस्कार पं यमनाथ पाध्या (२०००/-),सान्त्वना पुरस्कार र अन्य ब्यबस्थापनको लागि चन्द्र बहादुर के.सि.,चन्द्र प्रसाद शर्मा,प्रकाश सुवेदी रखाल,भविश्वर शर्मा,दिवाकर पौडेल,आनन्द कुमार श्रेष्ठ, उमानाथ शर्मा, एकनाथ रेग्मी, नरप्रसाद शर्मा र जोगरानी सामुदायिक बनबाट रु १०००/- का दरले उपलब्ध गराउनुभएको थियो । कार्यक्रममा आवस्यक पर्ने सम्पुर्ण पिउने पानी डा. राम बहादुर के.सीले उपलब्ध गराउनुभएको थियो ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बागलुङका जिल्ला सभापति जगन्नाथ आचार्यले प्रमुख अतिथिको आसनबाट बोल्दै मानवीय सेवामा कार्यरत रेडक्रसले हरेक अप्ठ्यारोकोबीचमा काम गर्दै आएकोले रेडक्रसको निष्पक्ष भूमिकामा शंका नगर्न आग्रह गर्नुभएको थियो । उक्त कार्यक्रममा नेपाली काँग्रेस पैयुँपाटाका सभापति चन्द्रबहादुर खत्री, शिक्षाविद् एवं एकीकृत माओवादीका पूर्व अध्यक्ष उमानाथ शर्मा पौडेल, त्रिभुवन माध्यमिक बिद्यालय पैयुँपाटाका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर खत्री लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
नेपाल रेडक्रस सोसाइटी पैयुँपाटा उपशाखाका सभापति टिकाराम शर्माको सभापतित्वमा भएको उक्त कार्यक्रमको सञ्चालन शाखाका सचिव पूर्णप्रसाद पौडेलले गर्नुभएको थियोभने स्वागत मन्तव्य शाखाका कोषाध्यक्ष रेशमबहादुर खत्रीले गर्नुभएको थियो ।
उक्त दिन त्रिभुवन माध्यमिक बिद्यालय पैयुपाटा र रेडक्रस उप- शाखा द्वारा प्रभात फेरि र टोल सरसफाइ कार्यक्रम समेत गरिएको थियो।











