काँग्रेस केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीसहितका नेताहरू पुरीको घरमै पुगेर श्रद्धाञ्जली व्यक्त गरे

पर्वत/ कुश्मा नगरपालिका–१० पिपलटारीकी २० बर्षिया प्रिया पुरीको निधनमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य अर्जुनप्रसाद जोशीसहितका नेताहरूले पिपलटारी स्थित पुरीको घरमै पुगेर शोक व्यक्त गर्नुभएको छ ।

नेपाली काँग्रेसका क्रियाशिल सदस्य कृष्ण पुरी तथा पार्वती पुरीका कान्छी छोरी प्रियाको १९ बर्षको उमेरमा गत जेठ २० गते भएको निधनमा नेपाली काँग्रेस पिपलटारी वडा कार्यसमितिको आयोजनामा भएको शोक सभामा नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा संविधान सभाका सदस्य अर्जुनप्रसाद जोशी लगायतका नेताहरुले शोक व्यक्त गर्नुभएको हो । दिवङ्गत प्रियाप्रति श्रद्धासुमन व्यक्त गर्दै काँग्रेसका केन्द्रिय सदस्य जोशीले प्रकृतिको चक्रलाई स्वीकार गर्नुको कुनै विकल्प नरहेको भन्दै परिवारका सदस्यहरुलाई धेर्य धारणा गर्न अनुरोध गर्नुभयो । प्रियाको निधनले नेपाली काँग्रेस सिङ्गो पार्टी नै स्तब्ध भएको उहाँले बताउनुभएको छ । दिवङ्गत आत्माको चिर शान्तिको कामना तथा उहाँको निधनले शोकमा रहेको परिवारमा धैर्य धारणाको कामना गर्नका लागि नेपाली काँग्रेसका नेताहरु स्वर्गीय प्रियाको घरमा पुग्नुभएको थियो ।

शोक व्यक्त गर्न नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि तथा जिल्ला कार्यसमिति सदस्य शिव शर्मा अधिकारी, जिल्ला कार्यसमिति सदस्य ओमप्रसाद घायल, नेपाली काँग्रेस कुश्मा नगर कार्यसमितिका सभापति किशोर भण्डारी, नेपाली काँग्रेस प्रदेश सभा क कार्यसमितिका सदस्य लोकप्रसाद अधिकारी, नेपाल सांस्कृतिक महासंघ पर्वतका अध्यक्ष शिव पुरी, नेपाली काँग्रेस पिपलटारीका कार्यवाहक सभापति अम्बिकादेवी अधिकारी, सचिव पुरुषोत्तम लामिछाने भोलप्रसाद लामिछाने, गिता लामिछाने, गोपी पुरी, कृष्ण प्रसाद भुसाल लगायत स्वर्गीय प्रिया पुरीको घरमा पुग्नुभएको थियो ।