प्रदर्शनमा जिल्लामा रहेका मानव अधिकारकर्मी, पत्रकार, सामाजिक अगुवा, राजनीतिक दलका प्रतिनिधि, बिभिन्न विद्यार्थी संगठन तथा सर्वसाधारण गरी सयौँ जनाको सहभागिता रहेको थियो । निधारमा कालो पट्टी सहित विभिन्न प्लेकार्ड बोकेर उनिहरु प्रदर्शनमा उत्रिएका हुन। सरकारले हत्यारा पत्ता लगाउन चासो नदिएका कारण प्रमुख जिल्ला अधिकारी मार्फत गृहमन्त्रालयमा दवाव सिर्जना गर्नको लागि नाराबाजी सहित प्रशासन कार्यालयमा जुलुश प्रदर्शन गरिएको उनीहरुको भनाई थियो ।
प्रजिअलाई बुझाइएको ज्ञापनपत्रमा महिला हिंसा बन्द हुनुपर्ने, निर्मला पन्तका हत्यारालाई कारबाही हुनुपर्ने, बलत्कारीलाई फाँसी दिनुपर्ने लगायतका मागहरु समेटिएको पर्वतका महिला अधिकारकर्मी सरस्वती शर्मा जिज्ञाशुले जानाकारी दिनुभयो । उहाँले दोषीलाई यथाशिघ्र पक्राउ गरि कडा सजायँ दिन सरकारलाई माग गर्नुभयो ।






