क्यान्सरपीडित दमैद्वारा प्राण रक्षाका लागि सहयोगको याचना

बागलुङ/क्यान्सर रोगबाट पीडित बागलुङको जैमिनी नगरपालिका–५, अर्जेवाका ५७ बर्षिय मिठे दमैको उपचारका लागि परिवारका सदस्यहरुले दाताहरुसँग सहयोगको याचना गरेका छन् । लामो समयदेखि क्यान्सर रोगबाट पीडित दमैको हाल वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा उपचार भइरहेको छ ।

घरको आर्थिक अवस्था निकै कमजोर भएका कारण नियमित औषधि उपचारमा समेत समस्या भएको भन्दै उनकी श्रीमती रुपा दमिनीले आफ्ना पतिको जीवन रक्षाको माग गर्दै दाताहरुसँग सहयोगको याचना गरेकी हुन् । उनलाई मासिक झण्डै एकलाखको औषधी लाग्ने गरेको श्रीमती रुपाले वताइन् । ज्यालामजदूरी गरेर जीविकोपार्जन गर्दै आएका मिठेको यो अवस्था भएपछि उनको परिवार अहिले विचल्लीमा परेको छ । ‘उहाँसँगै हामी सबैको वेहाल हुनेभयो, पेटपाल्न नसक्ने अवस्थाका हामीहरु उपचारमै महिनाको लाखौं रुपैयाँ सकिन थालेपछि कसरी बाँच्ने ।’– मिठेकी श्रीमती रुपा दमिनीले रुँदै भनिन् । मिठे दमैका छवटा छोरी छन् ।

मिठेको उपचारमा सहयोग गरिदिन जैमिनी नगरपालिका र वडा कार्यालयले समेत सिफारिस गरेको छ । उनको उपचारमा सहयोग गर्न चाहनेले ग्लोबल आइएमए बैंक चितवनको श्रीमती रुपा दमिनीको नाममा रहेको बै.क खाता नं L२०७०१००१९७९८ मा रकम जम्मा गर्न सक्ने उनको पारिवारिक श्रोतले जनाएको छ ।