पर्वत/मोदी गाउँपालिका वडा नम्बर १ भुकमा नबदिप युथ क्लबले गुरुङ समुदायको महान् पर्व ‘तमु ल्होसार’का अवसरमा बिभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ । क्लबले यस अघि बिभिन्न कार्यक्रमहरु गरि मेलाको मंगलवार समापन गरिएको हो । ल्होसार पर्वको अवसर पारेर क्लबले बिभिन्न कार्यक्रमहरु गर्दै आएको थियो । समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथी गण्डकी प्रदेश सभाका सांसद ललितकला गुरुङले ल्होसार पर्वतले गुरुङ दाजुभाई तथा दिदीबहिनीहरूबीचमा एकता र भातृत्व निर्माण गर्न सहयोग पुग्ने विश्वार व्यक्त गर्नुभयो । सांसद गुरुङ हरेक क्षेत्रमा गुरुङ समुदायले निर्वाह गरेको भूमिकाको बारेमा जानकारी गराउनुभएको थियो । मुलुकको सांस्कृतिक सम्पदा संरक्षण गर्दै पर्यटन प्रवर्द्धन गर्नसमेत गुरुङ समुदायले महत्वपूर्ण भुमिका निर्वाह गरेको दावी गर्नुभयो । सांसद गुरुङले क्लवलाई १० लाख सहयोग गर्ने प्रतिवद्धता समेत जनाउनु भएको थियो ।
कार्यक्रममा जलजला गाउँपालिकाका अध्यक्ष एवं नेपाली काँग्रेस पर्वतका कोषाध्यक्ष यामबहादुर मल्ल –रामकृष्ण)ले युवाहरु देश छोडेर विदेश पलायन भएको अवस्थामा नवदीप युवा क्लवमा आवद्ध युवाहरुले समाजको रुपान्तरणका लागि पु¥याएको योगदानको प्रशंसा गर्नुभएको थियो । अध्यक्ष मल्लले विभिन्न कारणले विगतमा भुकबाट गाउँ छोडर विस्थापित भएका परिवारहरुलाई गाउँमा पुर्नस्थापित गर्न युवाहरुले अझै रचनात्मक काम गर्नुपर्ने सुझाव दिनुभयो । मल्लले भूकताङ्ले गाउँ पर्या पर्यटनको ठूलो सम्भावना बोकेको सुन्दर र रमणीय गाउँ भएको उल्लेख गर्दै गाउँमा पर्यटकहरुलाई आकर्षित गर्ने कार्यक्रम संचालन गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
कार्यक्रममा नेपाल निजामती कर्मचारी युनियन संघका केन्द्रिय उपाध्यक्ष तथा गण्डकी प्रदेशका संयोजक शिब शर्मा अधिकारी, लोकतान्त्रीक खेलकुद महासंघका केन्द्रीय अध्यक्ष देबेन्द्र भट्चन, मोदी १ भुकका कार्यवहाक वडा अध्यक्ष भुल बहादुर पौडेल, पत्रकार महासंघ पर्बतका अध्यक्ष छबि तिवारी र पुर्ब अध्यक्ष ओम प्रसाद घायल लगाएतले बोलेका थिए ।






