पर्वत/खेल क्षेत्रको विकासका लागि पर्वतको फलेवास नगरपालिकामा खेलकुद रंगशाला निर्माणकार्य शुरु भएको छ । फलेवास नगरपालिका वडा नं. ६ देविस्थान स्थित माझीचौरमा खेलकुद रंगशाला निर्माण शुरु भएको हो । बिहिबार फलेवास नगरपालिकाका नगरप्रमुख पदमपाणी शर्माले रंगशालाको शिलन्यास गरेर कामको शुरुवात गर्नुभएको हो ।
शिलन्यास कार्यक्रममा बोल्दै नगरप्रमुख शर्माले यो रंगशालामा...
पर्वत/जिल्ला अस्पतालका ५ जना स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएको छ । पर्वत जिल्ला अस्पतालका प्रमुख डा. शिशिर देवकोटाका अनुसार अस्पतालमा कार्यरत ५ जना स्वास्थ्यकर्मीमा कोरानो पोजेटिभ देखिएको हो ।
काठमाण्डौंको टेकु स्थित प्रयोशालामा गरिएको परिक्षणमा उनीहरुमा कोरोना पोजेटिभ देखिएको डा. देवकोटाले जानकारी दिए । योसंगै पर्वत जिल्ला अस्पतालको ओपिड सेवा बन्द...
काठमाडौं/नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले लकडाउनका कारण सार्वजनिक यातायात व्यवसायी र श्रमिकहरू समस्यामा परेको भन्दै उनीहरूलाई राहत दिन सरकारसँग माग गर्नुभएको छ । बिहीबार बसेको संसदको बैठकमा शून्य समयमा बोल्दै प्रमुख सचेतक खाँणले समस्यामा परेका सबैको सरकारले ध्यान दिनुपर्ने बताउनु भएको हो ।
‘कोरोना महामारी नियन्त्रण गर्न...
पर्वत/ पर्वतका ८ जना संक्रमितले कोरोनालाई जित्न सफल भएका छन । पर्वत कोरना अस्थायी अस्पताल कुस्मामा उपचार गराईरहेका ८ कोरोना संक्रमितको पहिलो रिर्पोट नै नेगेटिभ आएको हो । पर्वतमा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा ३० जना मात्रै उपचारमा रहेका छन्।
भरतपुर चितवनको प्रयोगशाला गरिएको परिक्षणका क्रममा ८ जनाको रिर्पोट...
पर्वत/पर्वतमा कोरोना भाइरसबाट संक्रमितको संख्या ३४ पुगेको छ । बिहिबार पाँच जना थपिएसँगै पर्वतमा कोरोना संक्रमितको संख्या ३४ पुगेको हो । कुश्मा नगरपालिकाका २ जना, फलेबास नगरपालिकाका दुई जना र मोदी गाउँपालिकाका एक जनामा पछिल्लो पटक कोरोना संक्रमण भेटिएको पर्वत अस्पतालका प्रमुख डा.शिशिर देवकोटाले जानकारी दिए । यसअघि पर्वतमा...
पर्वत/प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले कोरोना नियन्त्रण र रोकथाममा सरकार पूर्ण असफल भएको निष्कर्ष निकालेको छ । विश्वव्यापी फैलिएको कोरोना महामारीको समयमा पनि जनताको स्वास्थ्यलाई ध्यान दिनुको सट्टा सरकार कोरोनाको वहानामा भ्रष्टाचार गर्न उद्दत रहेको भन्दै नेपाली कांग्रेस पर्वतले मंगलबार प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएको छ...
पर्वत/कुस्मा नगरपापिलका वडा नं ३ दुर्लुङको ढकालबारी भन्ने ठाउँमा शनिबार राती परेको भिषण वर्षासँगै बस्ती माथिवाट आएको पहिरोले पुरिएका थप दुई जनाको शब फेला परेको छ । पहिरोले पुरीएका दिपा थापा र कमला विकको शब भेटिएको हो । थप चार जनाको खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ । यस...
पर्वत/कुश्मा नगरपालिका–३ दुर्लुङमा पहिरो जाँदा घर भत्केर पुरिएका ६ जना आइतबार बिहानसम्म पनि वेपत्ता छन् । शनिवार राती पहिरो जाँदा दुई वटा घर पुरिएर नौ जना बेपत्ता भएका थिए । त्यसमध्ये तीन जनाको राती नै शव फेला परेको छ । अन्य छ जना अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय...
पर्वत/जिल्लामा थप चार जना कोरोना संक्रमित भेटिएका छन् । गण्डकी स्वास्थ्य निर्देशनालय पोखराले पर्वतमा भारतबाट फर्किएका थप चार जना कोराना संक्रमित भेटिएको शनिबार जानकारी दिएको हो । यो संगै पर्वतमा कोरोना संक्रमितको संख्या २६ पुगेको छ । यसअघि पर्वतमा २२ जना कोरोना संक्रमित भेटिएका थिए ।
पर्वत अस्पतालका निमित्त प्रमुख...
पर्वत/जिल्लामा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परिक्षणमा थप १३ जनामा संक्रमण पुष्टि भएको हो । यो संगै पर्वतमा संक्रमितको संख्या २२ पुगेको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशानलयले दिएको जानकारी अनुसार पर्वतमा थपिएका संक्रमित मध्ये कुस्मा नगरपालिकाका १० जना रहेका छन...







