Thursday, July 2, 2026

समाज

पोखरा/नेपाली काँग्रेस गण्डकी प्रदेश प्रचारप्रसार विभाग प्रमुखमा रमेश पौडेल नियुक्त भएका छन् । पार्टीको विधान, २०१७ (संशोधनसहित) को परिच्छेद–४ धारा १३ (१०) (झ) बमोजिम प्रदेश सभापति शुक्रराज शर्माले उनलाई नियुक्त गरेका हुन् । काँग्रेसको प्रदेश कार्यसमिति सदस्य रहेका पौडेलसँग तीन दशकभन्दा बढी पत्रकारिताको अनुभव छ । पर्वत कुशमा नगरपालिका -९...
पर्वत/नेपाली काँग्रेस फलेवास नगरकार्यसमितिले प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । सोमबार आयोजित नगरस्तरिय कार्यकर्ता प्रशिक्षण कार्यक्रममा फलेवास नगरपालिका ११ वटै वडाका पार्टी पदाधिकारी र नगरभित्रका विभिन्न भातृ तथा शुभेच्छुक सङ्गठनका पदाधिकारीसहित दुई सयभन्दा बढी नेता, कार्यकर्ताको सहभागिता रहेको थियो । ‘घर घर जाऔँ–काँग्रेसलाई जिताऔं’ अभियानलाई सार्थकता बनाउन र आगामी...
पर्वत/स्थानीय तहको निर्वाचनलाई लक्षित गरि सत्तारुढ दल नेपाली काँग्रेस पर्वतले पनि‘घर घर जाऔं, काँग्रेसलाई जिताऔँ’ अभियान शुरु गरेको छ । पर्वत जिल्लामा शुरु भएको अभियानको केन्द्रीय प्रतिनिधी प्रतिमा गौत्तमले औपचारिक रुपमा उद्घाटन गर्नुभएको हो । उद्घाटन समारोहमा बोल्दै केन्द्रिय प्रतिनिधी गौतमले अभियानका क्रममा नागरिकको हरेक घरमा कांग्रेसको स्थानीय नेतृत्व...
पर्वत/विभिन्न धर्म पुराणहरुमा वर्णन गरिएर पनि ओझेलमा परेको पवित्र कालञ्जर भूमिलाई हिन्दु धर्मावलम्बीहरुको पवित्र तीर्थस्थल र धार्मिक गन्तव्यका रुपमा विकास गर्न कालञ्जर क्षेत्रमै नवबर्षारम्भ महायज्ञ आयोजना गरिने भएको छ । दुईबर्ष पहिलेनै उक्त क्षेत्रमा विराट ज्ञान महायज्ञ आयोजना गर्ने भनिएपनि कोरोना महामारीको कारण महायज्ञ आयोजना हुन सकेको थिएन ...
पर्वत/सामुदायिक प्रहरी सेवा केन्द्र पर्वतको अध्यक्षमा राजन जोशी निर्वाचित भएका छन् । शनिबार सम्पन्न केन्द्रको छैठौ अधिवेशनले सर्बसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो । केन्द्रको उपाध्यक्षमा तुप्लाकुमारी शाक्य र सरस्वती भण्डारी, सचिवमा सरस्वती शर्मा जिज्ञासु, कोषाध्यक्षमा नारायण कुँवर र सदस्यहरुमा आशिष जोशी, संविधान गिरी, नयानाथ शर्मा, प्रेम गुरुङ, अजिता...
पर्वत/पछिल्लो समय पर्वतमा एमाले र माओवादी परित्याग गरि नेपाली काँग्रेसमा प्रवेश गर्नेहरूको लहर नै चलेको छ । यसैक्रममा शनिबार मात्रै पर्वतबाट ठुलो संख्यामा युवाहरु काँग्रेसमा प्रवेश गरेका छन् । मोदी गाउँपालिका वडा नम्बर ७ राम्जा, फलेबास नगरपालिका वडा नम्बर ७ लिमिठाना र वडा नम्बर ८ ठानामौलाबाट गरी ७८ जना...
पर्वत/जलजला गाउँपालिका-७ धाइरिङको मिलनचोकमा आयोजना गरिएको निशुल्क स्वास्थ्य शिविरबाट करिब दुईसय भन्दा बढीले स्वास्थ्य सेवा लिएका छन् । गाउँपालिकाको स्वास्थ्य शाखासँगको सहकार्यमा अन्तराष्ट्रिय पर्वत समाजले शनिबार एकदिने विशेषज्ञ चिकित्सकहरुको उपस्थितिमा निशुल्क स्वास्थ्य शिविर आयोजना गरेको थियो । शिविरमा स्त्रीरोग विशेषज्ञ धर्मदेव ढकाल,अनु हिराचन,दन्तरोग विशेषज्ञ कृष्ण सुवेदी र जनरल चिकित्सक...
पर्वत/कुश्मा स्पोर्टस क्लबको आयोजनामा पर्वतमा गण्डकी प्रदेश स्तरीय सेभेन ए साइड फुटबल प्रतियोगिता आयोजना गरिने भएको छ। प्रतियोगिता आउँदो चैत २२ देखि २६ गतेसम्मको लागि आयोजना गर्न लागिएको हो । कोभिड–१९ सङ्क्रमणको जोखिम न्यून हुँदै गएकाले खेल क्षेत्रलाई चलायमान बनाउने र खेलाडीहरूलाई पनि जागरूक बनाउने उद्देश्यले प्रदेश स्तरीय प्रतियोगिताको...
पर्वत/कुश्मा नगरपालिकामा भौतिक पूर्वाधार विकास तथा आयआर्जनमुलक पूर्वाधार निर्माणको कार्यक्रम शुरु गरिने भएको छ । नगरपालिकाको आवश्यकता अनुसारको विभिन्न भौतिक पुर्वाधार निर्माण गर्न तथा आयअर्जन सम्बन्धि पुर्वाधारमुलक कार्यक्रम संचालनका लागि सघन शहरी विकास तथा भवन निर्माण विभागसंगको सहकार्यमा कार्यक्रम सञ्चालन गर्ने सहमती भएको हो । सघन शहरी विकास तथा...
पर्वत/नेपाली काँग्रेस प्रदेशसभा(क) पर्वत अन्तरगतका नगरकार्यसमिति र गाउँकार्यसमिति सहित ३१ वटै वडाका सभापतिहरूबीचको संयुक्त भेला कुश्मामा सम्पन्न भएको छ । भेलामा विभिन्न पदमा रहेका नेताहरुले काँग्रेसको संगठन मजवुत बनाउने सन्दर्भमा आफ्ना राय प्रस्तुत गरेका छन् । उनीहरुले भावी योजनाको बारेमा छलफल र अहिलेसम्म भएका कार्यहरुको समिक्षा पनि गरेका...

This will close in 0 seconds