पर्वत/नेपाल तरुण दलले प्राकृतिक प्रकोपका कारण विपत्तिमा परेका मानिसको उद्धार तथा राहतमा संगठित रुपले जुट्न सवै जिल्ला कार्यसमितिलाई परिपत्र गरेको छ । तरुण दलका अध्यक्ष विद्वान गुरुङले मनसुनी वर्षाका कारण बाढी, पहिरो र डुबान जस्ता प्राकृतिक प्रकोपहरु निम्तिन थालेको उल्लेख गर्दै सबै जिल्ला कार्यसमितिलाई ३ बुँदे परिपत्र जारी गरेका...
पर्वत/भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ‘दोबिल्ला–घाँटीछिना–पामे सुरुङमार्ग’ अध्ययनका लागि सडक विभागलाई स्वीकृति दिएको छ । प्रस्तावित सो सुरुङमार्गले पर्वत र कास्की जिल्लालाई जोड्ने जनाइएको छ । साविक धौलागिरिका पर्वत, बागलुङ, म्याग्दीलाई प्रदेश मुकाम पोखरासँग छोटो दूरीमा जोड्नका लागि पर्वतको कुश्मा नगरपालिका–८ दोबिल्लादेखि कास्कीको पोखरा महानगरपालिकास्थित पामेसम्म सुरुङमार्ग निर्माण गरिने...
पर्वत/नेपाली काँग्रेसका केन्द्रीय उपसभापति एवम् पूर्वगृहमन्त्री पूर्णबहादुर खड्काले आगामी संघ र प्रदेशको निर्वाचनमा माओवादी लगायतका दलहरूसँग गठबन्धन रहनेकि नरहने भन्ने विषयमा केन्द्रीय समितिले टुङ्गो लगाउने वताउनु भएको छ । काँग्रेसका उपसभापति खड्काले नेपाली काँग्रेसले शनिवार कुश्मामा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उक्त धारणा राखेका हुन् ।...
पर्वत/पूर्व कर्मचारी सेवा परिषद पर्वतले स्थानीय तहको निर्वाचनमा विजयी भएका पूर्व कर्मचारीहरुलाई सम्मान सहित बधाई ज्ञापन गरेको छ । फलेवास नगरपालिकामा निर्वाचित मेयर गंगाधर तिवारी, कुश्मा नगरपालिका ७ को अध्यक्षमा निर्वाचित परशुराम पुरी, कुश्मा नगरपालिका ९ कटुवाचौपारीको वडाध्यक्षमा निर्वाचित राम शर्मा लामिछाने र मोदी ५ बाजुङका वडाध्यक्ष मानवहादुर अधिकारी...
पर्वत/पर्वतका ३१ वर्षीय एक युवाले नेपालको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका छन्। जिल्लाको बिहादी गाउँपालिका–४ वहाकी, ठाँटीस्थित बानिपोखरामा जन्मिएका युवा देवीप्रसाद न्यौपानेले सगरमाथाको सफल आरोहण गरी पर्वतकै गरिमा बढाउन सफल भएका हुन्।
देशमा रहेको व्यरोजगारीको समस्याबाट अछुत हुन नसकेको उनको गाउँ । जहाँका अधिकांश युवाहरू वैदेशिक रोजगारीका लागि विदेश जार्नु...
पर्वत/पर्वत जिल्लामा अन्तर सरकारी वित्तीय हस्तान्तरण अन्तर्गत संघीय सरकारले पर्वतका स्थानीय तहलाई २ अर्ब ९६ करोड ६७ लाख रुपैयाँ उपलब्ध गराएको छ । जसमध्ये नगरपालिकालाई १ अर्ब ३१ करोड ७३ लाख रुपैयाँ उपलब्ध गराइएकोे छ भने गाउँपालिकालाई १ अर्ब ६४ करोड ९६ लाख रुपैयाँ छुट्याइएको छ । पर्वत जिल्लामा...
पर्वत/राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको हटिया–बुर्तिबाङ खण्डमा निर्माण कम्पनीले कालोपत्रे सम्पन्न नगर्दै भत्किएपछि मध्यपहाडी राजमार्ग आयोजना कार्यालय पर्वतले ठेकेदार कम्पनीलाई सातदिने स्पष्टीकरण सोधेको छ ।
निर्माण कम्पनीले कालोपत्र गरेर सडक नबुझाउँदै सडकमा खाल्डा परेको, मापदण्डअनुसार कालोपत्र नसकेको र आवश्यक पूर्वाधार सम्पन्न नगरेको भन्दै आयोजना कार्यालयले ठेकेदार कम्पनीलाई...
काठमाडौं/नारायणहिटी दरबार हत्याकाण्ड भएको २१ बर्ष पुगेको छ । २०५८ जेठ १९ गते राति सवा ९ बज राजदरवारभित्रै तत्कालीन राजा वीरेन्द्र शाहको वंश नाश भएको थियो ।
नियमित पारिवारिक जमघटको मौका पारी तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र र निराजन, राजकुमारी श्रुति, राजकुमार धिरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ती,...
पर्वत/गण्डकी प्रदेश सरकारले डिभिजन वन कार्यालय पर्वतलाई नमुना कार्यालय घोषणा गरेको छ । जिल्लामा रहेका प्रदेश मातहतका कार्यालयमध्ये डिभिजन वन कार्यालय उत्कृष्ट काम गरेका कारण नमुना कार्यालय घोषणा भएको हो । प्रदेश सरकारले नमुना कार्यलय छनोट कार्यबिधि २०७८ बमोजिम उत्कृष्ट कार्यालयको रुपमा घोषणा गरेको कार्यालयका प्रमुख डिभिजनल वन अधिकृत...
पर्वत/जलजला गाउँपालिकाले शैक्षिक सुधारको लागि विद्यालयहरुको अनुगमनमा तीब्रता दिएको छ । गाउँपालिकाका अध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत, वडाध्यक्ष लगायतको संयुक्त टोलीले गाउँपालिकाभित्रका बिभिन्न स्थानका विद्यालयहरुमा भौतिक रुपमा उपस्थित भएर त्यहाँको वस्तुस्थितिको बारेमा जानकारी लिइरहेको छ । सोही कार्यक्रम अन्तर्गत मङ्गलवार फर्सेमा रहेको शिव माध्यमिक विद्यालयमा अनुगमन गरिएको छ।
गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष...







