पर्वत/चिसो बढेसँगै कालीगण्डकी नदीमा सञ्चालित र्याफ्टिङ (जलयात्रा) बन्द भएको छ। वर्षायाममा पानीको बहाब घटेसँगै असोजदेखि सुरु भएको जलयात्रा आइतबारदेखि बन्द गरिएको हो। आइतबार अन्तिम टोलीले तीन दिनको जलयात्रा पूरा गरेसँगै यस वर्षको जलयात्रा बन्द गरिएको रिभर एक्सप्लोरर नेपालका सञ्चालक होम पुनले जानकारी दिए।
पहिलो याममा सेप्टेम्बरमध्यदेखि नोभेम्बर अन्तिम सातासम्म सञ्चालन...
बागलङ/बढ्दो बसाइँसराइका कारण बागलुङका ग्रामीण क्षेत्र सुनसान बन्न थालेका छन्। स्थानीय तहमार्फत गाउँसम्म विकास पुगे पनि अहिले उपभोग गर्ने नागरिक घट्दै गएका छन्। सुविधा खोज्दै सहरी क्षेत्रमा झर्नेको संख्या बढेपछि काठेखोला, गलकोट, जैमिनीका बस्तीहरु सुनसान बन्दै गएका हुन्।
शिक्षा, स्वास्थ्य, यातायात, विद्युतलगायत विकासका पूर्वाधारले दूरदराज जोडिदै गएपछि धेरैले बजार रोज्न...
पर्वत/लायन्स क्लवको डिष्ट्रिक क्याविनेट बैठक कुश्मामा हुने भएको छ । यही मङ्सिरको २८ र २९ गते पर्वत सदरमुकाम कुश्मा बजारमा आयोजना हुन लागेको लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ ‘आई’ नेपालको तेस्रो क्याबिनेट बैठकको तयारी तीव्र पारिएको छ । साहसिक पर्यटनका रूपमा चिनिएको पर्वत जिल्लामा जम्मा हुने ‘लायन्स’ हरूलाई यहाँको...
पर्वत/स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले एक महिनाभित्रै सबै प्रकारका औषधिको मूल्य समायोजन गरिने बताएका छन् । पर्वत अस्पतालको निरीक्षण तथा डिजिटलाइजेशन उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै उनले औषधिमा फार्मेसी व्यवसायी र कम्पनीबाट भइरहेको मनोमानी अन्त्य गर्नका लागि मूल्य समायोजन गर्न थालिएको बताए ।
सरकारले मूल्य समायोजन गरेपछि सोही मूल्यसूचीका आधारमा...
पर्वत/संघिय सरकार अन्तर्गत सघन सहरी विकास तथा भवन निर्माण कार्यालयले निर्माण गरेको कुश्मा बसपार्क आज एक कार्यक्रमका बीच कुश्मा नगरपालिकालाई हस्तान्तरण गरिएको छ । कार्यालयका प्रमुख कृष्ण महर्जनले कुश्मा नगरपालिका प्रमुख रामचन्द्र जोशीलाई उक्त भबन हस्तान्तरण गर्नुभएको हो । बसपार्क हस्तान्तरण भएपछि कुश्माको अव्यवस्थित यातायातको समस्या समाधान भएको नगरप्रमुख...
पर्वत/मोदी गाउँपालिकाले नदिजन्य सामाग्रीको उत्खनन्लाई व्यवस्थित गर्ने भएको छ । पालिकाभित्र रहेका नदि तथा खोलाहरु वाट अवैध रुपमा ढुंगा, गिटि, बालुवा उत्खनन् तथा चोरी निकासी बढ्न थालेपछि पालिकाले व्यवस्थित गर्न थालेको हो । पालिका भित्र रहेका पातीखोला, मोदीखोला,रतिखोला र लिदिखोलाका विभिन्न घाटहरुवाट अवैध रुपमा उत्खनन् गरेर चोरी निकासी हुन...
पर्वत/कुश्मा नगरपालिकाका छ वटा वडामा मुख स्वास्थ्य परियोजना सञ्चालन गरिएको छ । मुख स्वास्थ्य सम्बन्धी समस्याहरुलाई न्यूनीकरण गर्ने र जनचेतना फैलाउने उद्देश्यले कुश्मा नगरपालिकाको वडा नम्बर १, २, ६, ९,१० र ११ मा परियोजना सञ्चालन गरिएको हो । कुश्मा नगरपालिकाको सहकार्यमा जिभाय नेपालले जिभाय फाउण्डेसनको सहयोगमा परियोजना सञ्चालन गरेको...
पर्वत/युवाहरुको व्यक्तित्व र नेतृत्व विकासमा सक्रिय पर्वत जेसीजले हरेक वर्ष मनाउँदै आएको जेसीज सप्ताह भोलीदेखि शुरु हुने भएको छ । विभिन्न रचनात्मक कार्यक्रम सहित भोलीदेखि सप्ताह प्रारम्भ हुने भएको हो । युवाको विकासको लागि सकारात्मक सोचाई भन्ने मुल नाराका साथ संचालन हुने जसीज सप्ताह अन्तर्गत पहिलो दिन भोली सोमवार...
पर्वत/जिल्लामा १५ सय बढी व्यक्तिहरू यसैबर्ष डेंगुबाट प्रभावित भएका छन् । अघिल्लो मौसमको तुलनामा यो वर्षको मौसममा पर्वतमा डेंगु संक्रमणको दर निकै तीव्र भएको छ । गतवर्षमा कुल २२५ जनामा डेंगु संक्रमणको पुष्टि भएकोमा यस वर्षको कार्तिक ८ गतेसम्म कुल एक हजार ४१४ जनामा संक्रमण भइसकेको स्वास्थ्य कार्यालय पर्वतले...
पर्वत/छसय ४० मेगावाट क्षमताको बहुउद्देश्यीय कालीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना निर्माणका लागि दुई खर्ब २४ अर्ब ६५ करोड लागत लाग्ने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको विद्युत् विकास विभागको प्रस्तावमा तायर पारिएको वातावरण प्रभाव मूल्याङ्कन (इआइए) प्रतिवेदनको मस्यौदामा परियोजना सम्पन्न गर्न अनुमानित सो रकम लाग्ने उल्लेख छ ।...









