पर्वत/ नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारका दुई वर्ष उपलब्धिबिना सकिएको टिप्पणी गर्नुभएको छ । पर्वतको कुश्मामा आज अगुवा कार्यकर्ताहरूलाई सम्वोधन गर्दै नेता निधिले सरकारले जनअपेक्षा पूरा नगरेको आरोप लगाउनुभयो ।
अहिलेको सरकारका मन्त्रीहरू अघिल्लो काँग्रेस नेतृत्वको सरकारले सुरु गरेका विकास निर्माणका योजनाको रिवन काट्दै हिँडेको दावी गर्दै पूर्व उपप्रधानमन्त्रीसमेत रहेका...
पर्वत/ कुश्मामा रहेको रेडियो दिदिवहिनीले ११० औँ अन्तराष्ट्रिय नारी दिवस एवं रेडियोको बार्षिकोत्सवको अवसरमा तेह्रौँ गण्डकी प्रदेश स्तरिय महिला महोत्सव आजबाट शुरु गरेको छ । पर्वतको जलजला गाउँपालिका २ वारीबेनीमा संचालित उक्त महोत्सवको राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उद्घाटन गर्नुभएको हो । महोत्सवको उद्घाटन गर्दै तिमिल्सिनाले महिलाहरुको सम्मान र सहभागिताले...
पर्वत/नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् संविधानसभा सदस्य अर्जुनप्रसाद जोशीले बर्तमान सरकार लोकतन्त्र मास्ने दिशामा अग्रसर भएको बताएका छन् । नेपाली काँग्रेस महाशिला गाउँपालिका समितिको समायोजन घोषणासभालाई बुधबार लुंखुमा सम्बोधन गर्दै जोशीले यस्तो बताएका हुन । संविधानले नै नागरिकलाई दिएका अधिकार विभिन्न बिधेयकको नाममा खोस्ने प्रयासमा सरकार लागेको जोशीले बताए...
पर्वत/नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले देशमा अझै पनि लगानीको सहज वातावरण बन्न नसकेको गुनासो गर्नुभएको छ । पर्वत उद्योग वाणिज्य संघको ३७ औँ साधारणसभाको बुधबार कुश्मामा उद्घाटन गर्दै गोल्छाले दुई तिहाईको सरकारले पनि लगानीका लागि सहज वातावरण बनाउन नसकेको गुनासो गर्नुभएको हो ।
‘उद्योग, व्यवसाय फस्टाउने वातावरण...
पर्वत/जलजला गाउँपालिकाको सातौं गाउँसभा सोमवार सम्पन्न भएको छ । गाउँसभालाई सम्बोधन गर्दै जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल रामकृष्णले वताउनु भएको छ । अध्यक्ष मल्लले जलजला गाउँपालिकाले जनताको आवश्यकताको आधारमा विकास आयोजना तथा प्रशासनिक सेवालाई अघि बढाएको जानकारी दिँदै योजनाहरूलाई जनमैत्री र पारदर्शी ढंगले...
पर्वत/जिल्लामा रहेका निजि विद्यालय र नेपाली सेनाको कल्याणकारी कोषवीच शैक्षिक सहयोग र सहकार्य गर्ने सहमति भएको छ । पर्वत सदरमुकाम कुश्माबजारमा संचालित तीनवटा निजि विद्यालय र नेपाली सेना कल्याणकारी कोषबीच नेपाली सेनामा कार्यरत बहालवाला र सेवा निवृत्त सैनिकका छोराछोरीहरुलाई छात्रबृति वितरणमा सहकार्य गर्ने सहमति पत्रमा हस्ताक्षर गरिएको छ ।...
पर्वत/अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेतालाई बालुवाटार स्थित ललिता निवास जग्गा प्रकरणमा उन्मुक्ति दिएको भन्दै नेपाल तरुण दलले बिरोध प्रदर्शन गरेको छ । आइतबार तरुणदलले माइतीघबाट नयाँबानेश्वरसम्म बिरोध ¥याली गरेको हो । सभालाई सम्वोधन गदै पाल तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले तरुण दल आफ्ना नेतालाई बचाउन...
पर्वत/सदरमुकाम कुश्माबजार स्थित शिवालयचोकमा वसको ठक्करवाट एक युवाको मृत्यु भएको छ । मुस्ताङदेखि पोखराका लागि हिडेको ग १ ख ७००३ नम्वरको वसले कुश्माबजार स्थित शिवालयचोकमा दिउँसो साढे १२ बजे ठक्कर दिँदा वाटो हिडिरहेका पैदलयात्री पर्वतकै मोदी गाउँपालिका वडा नं. ४ लेस्पारका ३४ वर्षिय डिलबहादुर पुनको मृत्यु भएको हो ।
बसको...
नुवाकोट/नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं प्रतिनिधिसभाका सदस्य बहादुर सिंह लामाले नुवाकोटका दुई विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री एवं पोशाक वितरण गर्नुभएको छ । नुवाकोटको सुर्यगढी गाउँपालिका वडा नम्बर २ स्थित सिलाकन्या देबि आधारभूत विद्यालय र जनहित प्राथमिक विद्यालय बोहोरे भन्ज्याङका विद्यार्थीहरुलाई पोशाक वितरण गर्नु भएको हो ।
लामाको आर्थिक सहयोगमा...
पर्वत/नेपालका धेरै जिल्लामा हात्तिपाइले रोग बिरुद्धको अभियान सफल भैसकेपनि पर्वतमा भने अझैपनि हात्तिपाईले रोगको उच्च जोखिममा रहेको पाइएको छ । पर्वतमा सन् २०१० देखि नियमित रुपमा १० पटक आमरुपमा औषधी खुवाउने कार्यक्रम सकिएपनि जिल्लामा हात्तीपाइले रोगको उच्च जोखिम कायमै रहेको पाइएको हो । हात्तीपाइले रोग निवारण अभियान कार्यक्रम २०७६लाई...









