पर्वत /फलेवास नगरपालिका–३ शंकरपोखरीमा रहेको त्रिभुवन माध्यमिक विद्यालयको आयोजनामा पर्वत जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । हाल गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेका स्वकीय सचिवका रूपमा रहेका नेपाल सरकारका उपसचिव राजेन्द्र बहादुर क्षेत्री र उहाँकी धर्मपत्नी राधा कुमारी कुँवर क्षेत्रीले आफ्नी आमा तथा सासू आमाको स्मृतिमा स्थापना गर्नुभएको...
पर्वत/चालु आर्थिक वर्षमा जिल्लाका ग्रामीण सडकमा मोटरेबल पुल निर्माण हुने भएको छ । जिल्लाका विभिन्न क्षेत्रमा रहेका सडकलाई बाह्रैमास सञ्चालन गर्ने उद्देश्यले तीन वटा खोलामा मोटरेबल पुल निर्माण गर्न थालिएको हो । जिल्लास्थित पूर्वाधार विकास कार्यालयका अनुसार पैँयु गाउँ गाउँपालिकाको सरौखोलास्थित छत्तिसेघाट, कुश्मा नगरपालिका र फलेबास नगरपालिकाको सिमानामा रहेको...
पर्वत/युवा कवि रविन शर्माको 'देउता बनाउने कारखाना'को शनिबार उनकै जन्मभूमि चुवाको मंगलोदय माविमा लोकार्पण गरिएको छ । संविधानसभा सदस्य तथा गण्डकी प्रदेशका सांसद चम्पादेवी खड्काले उक्त कविता कृतिको लोकार्पण गरेकी हुन् ।
कृति लोकार्पण पछि बोल्दै सांसद खड्काले साहित्य समाजको आँखा भएकोले समाजमा भएका यथार्थ घटना परिघटनालाई कविले...
पर्वत/बागलुङ नगरपालिका–१४ नेपानेका ४५ वर्षीय कुमार बस्नेतले व्यावसायिक रूपमा गाईभैँसी पाल्न थालेको १२ वर्ष पुगेको छ। अहिले उनले दूध बिक्री गरेर वार्षिक ३० लाख रुपैयाँ आम्दानी गर्दै आएका छन्।
दैनिक एक सय लिटरभन्दा बढी दूध उत्पादन गरेर अगुवा कृषकका रूपमा बस्नेत चिनिन्छन्। विसं २०६९ मा तीन वटा भैँसीबाट ‘बस्नेत पशुपालन...
पर्वत/कुश्मा नगरपालिका वडा नं २ खुर्कोटका एकसय ३० भन्दा बढी ज्येष्ठ नागरिकलाई दोसल्ला र सम्मान पत्र सहित अभिनन्दन गरिएको छ । नेपाली काँग्रेस पर्वतको प्रदेश सभा (क) क्षेत्रीय कार्यसमितिको आयोजनामा आइतबार उक्त सम्मान तथा अभिनन्दन कार्यक्रम गरिएको हो । यो उमेरमा आफूहरूलाई सम्मान गरिएकोमा खुर्कोटबासी ज्येष्ठ नागरिकहरूले खुसी व्यक्त...
पर्वत/नेपाली काँग्रेसको ‘एसय दिने विशेष अभियान’ पर्वतमा पनि सुरु भएको छ । शुभारम्भ कार्यक्रममा बोल्दै प्रमुख अतिथि पूर्व मन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य गोविन्द बहादुर शाहले काँग्रेस कहिल्यै पनि सिद्धान्तबाट विचलित नभएको बताउनुभयो । विगतमा राणा र पञ्चायतसँग लड्दै आएको काँग्रेसलाई माओवादीले सिद्ध्याउन खोजेको बताउनुभयो । गाउँ, नगरदेखि...
पर्वत/चिसो बढेसँगै कालीगण्डकी नदीमा सञ्चालित र्याफ्टिङ (जलयात्रा) बन्द भएको छ। वर्षायाममा पानीको बहाब घटेसँगै असोजदेखि सुरु भएको जलयात्रा आइतबारदेखि बन्द गरिएको हो। आइतबार अन्तिम टोलीले तीन दिनको जलयात्रा पूरा गरेसँगै यस वर्षको जलयात्रा बन्द गरिएको रिभर एक्सप्लोरर नेपालका सञ्चालक होम पुनले जानकारी दिए।
पहिलो याममा सेप्टेम्बरमध्यदेखि नोभेम्बर अन्तिम सातासम्म सञ्चालन...
बागलङ/बढ्दो बसाइँसराइका कारण बागलुङका ग्रामीण क्षेत्र सुनसान बन्न थालेका छन्। स्थानीय तहमार्फत गाउँसम्म विकास पुगे पनि अहिले उपभोग गर्ने नागरिक घट्दै गएका छन्। सुविधा खोज्दै सहरी क्षेत्रमा झर्नेको संख्या बढेपछि काठेखोला, गलकोट, जैमिनीका बस्तीहरु सुनसान बन्दै गएका हुन्।
शिक्षा, स्वास्थ्य, यातायात, विद्युतलगायत विकासका पूर्वाधारले दूरदराज जोडिदै गएपछि धेरैले बजार रोज्न...
पर्वत/लायन्स क्लवको डिष्ट्रिक क्याविनेट बैठक कुश्मामा हुने भएको छ । यही मङ्सिरको २८ र २९ गते पर्वत सदरमुकाम कुश्मा बजारमा आयोजना हुन लागेको लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ ‘आई’ नेपालको तेस्रो क्याबिनेट बैठकको तयारी तीव्र पारिएको छ । साहसिक पर्यटनका रूपमा चिनिएको पर्वत जिल्लामा जम्मा हुने ‘लायन्स’ हरूलाई यहाँको...
पर्वत/स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले एक महिनाभित्रै सबै प्रकारका औषधिको मूल्य समायोजन गरिने बताएका छन् । पर्वत अस्पतालको निरीक्षण तथा डिजिटलाइजेशन उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै उनले औषधिमा फार्मेसी व्यवसायी र कम्पनीबाट भइरहेको मनोमानी अन्त्य गर्नका लागि मूल्य समायोजन गर्न थालिएको बताए ।
सरकारले मूल्य समायोजन गरेपछि सोही मूल्यसूचीका आधारमा...









