पर्वत/जिल्ला अदालत कास्कीले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा बागलुङ ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई धरौटीमा छोड्न आदेश दिएको छ ।
न्यायाधीश कृष्णजंग शाहको इजलासले उनलाई २० लाख धरौटीमा छोड्न आदेश दिएको हो । धरौटी माग गरेपनि उनले धरौटी बुझाएका छैनन् । धरौटी नबुझाएपछि उनलाई अदालतले नियमाअनुसार थुनामा राख्न पत्र पठाएको छ...
पर्वत /पुष्पलाल मध्यपहाडी लोक मार्ग क्षेत्रका जनतासँग प्रत्यक्ष भेटघाटको अभियानमा रहेका नेकपा (माओवादी) केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार पर्वत आउने भएका छन्।
गत जेठ दुई गते बैतडीको पाटनबाट सुरु भएको कार्यक्रममा प्रचण्ड सहित केन्द्री वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव लगायतका नेताहरू पनि प्रचण्डको साथमा सहभागी हुँदै...
पोखरा /पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ मा शिवलिङ्गले भक्तजनको ध्यान खिचेको छ। रुद्राक्षका दानाबाट निर्मित शिवलिङ्ग र त्यसको आडैमा रहेको शिवको मूर्तिले पनि भक्तजनको आकर्षण केन्द्रित गरेको छ।
युवा–युवतीदेखि वृद्ध–वृद्धासम्म सबैको ध्यान अहिले शिवलिङ्ग र शिवमूर्तिमा केन्द्रित देखिन्छ। दर्शनका लागि मात्र नभई फोटो, भिडियो वा...
पर्वत/ गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र एक गौरवको आआयोजना’अन्तर्गत पर्वतको जलजलामा निर्माणाधीन सडक छ वर्षदेखि अलपत्र बनेपछि वैकिल्पक मार्ग बनाउन थालिएको छ । जलजला गाउँपालिका–७ मिलनचोकबाट सल्यान–घायखेत–धारापानी–ठोट्नेरी जोड्ने सडक आयोजना छ वर्षदेखि अलपत्र बनेको हो ।
ठेकेदार कम्पनीले समयमा काम नगर्दा सडक अलपत्र बनेपछि स्थानीयले वैकिल्पक मार्ग खोल्न थालेका...
पर्वत/ महाशिला गाउँपालिकाले गुरुङ भाषाको खिमा लिपीमा नीति तथा कार्यक्रम ल्याएको छ। गण्डकी प्रदेश सरकारले नेपाली बाहेक गुरुङ र मगर भाषालाई सरकारी भाषाका रूपमा प्रयोग गर्ने गरी विधेयक अघि बढाएका वेला महाशिलाले नीति तथा कार्यक्रम नै गुरुङ भाषामा प्रकाशन गरेको हो।
नीति तथा कार्यक्रम आफ्नो वेबसाइटमार्फत सार्वजनिक गरेको प्रमुख प्रशासकिय अधिकृत...
पर्वत/मोदी गाउँपालिकाले आफ्नो स्थानीय तहका सुत्केरीहरूलाई पौष्टिक आहार पूर्तिका लागि आर्थिक राहत दिएको छ। गाउँपालिकाले सञ्चालन गरिरहेको ‘सुत्केरीसँग अध्यक्ष’ कार्यक्रममार्फत हालै गाउँपालिकाका ३५ जना आमाहरूलाई प्रतिव्यक्ति दुई हजार पाँच सय रुपैयाँका दरले आर्थिक सहयोग गरिएको हो।
गाउँपालिकाकी अध्यक्ष हिरादेवी शर्माले गाउँपालिकाका आठ वटै वडाका सुत्केरीहरूलाई झन्डै ९० हजार रुपैयाँ सहयोग...
पर्वत /जिल्लाका सात वटै स्थानीय तहका सबमै विद्यालयहरूमा ‘स्थानीय तह–प्रहरी–विद्यालय सम्पर्क पुस्तक’ कार्यान्वयनमा आएको छ। जिल्ला प्रहरी कार्यालय पर्वको सहकार्यमा स्थानीय तहहरूले निर्माण गरेको पुस्तिका स्थानीय तहहरूमार्फत माध्यमिक तहसम्म सञ्चालित सबै विद्यालयहरूमा कार्यान्वयन भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक रविन विष्टले बताए। पुस्तक लागु गर्नका लागि...
पर्वत/कालीगण्डकी नदी सुक्ने गरी जलविद्युत् आयोजना निर्माणको चलखेल सुरु भएपछि स्थानीय आक्रोशित बनेका छन्। विद्युत विकास बोर्डले सार्वजनिक सूचना जारी गरी ५०.५ मेगावाट क्षमताको कालीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि इच्छुक व्यक्ति वा कम्पनीलाई प्रतिस्पर्धाका लागि आह्वान गरेपछि पवित्र कालीगण्डकी नदी नै सुकाएर जलविद्युत् आयोजना बनाउन नहुने भन्दै स्थानीयले असन्तुष्टि...
पर्वत / पर्वतको जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यही जेठको ५-६ गते आयोजना हुने भएको छ।जिल्ला खेलकुद विकास समितिले जिल्लाका सात वटै स्थानीय तहबीच प्रतिस्पर्धा गराउने गरी जिल्ला स्तरीय प्रतियोगिताको आयोजना गरेको हो।
समितिका अध्यक्ष जङ्गबहादुर पुन मगरका अनुसार जेठ ५ गते बिहानैदेखि सदरमुकाम कुश्मास्थित बडागाउँ खेल मैदानमा प्रतियोगिता सुरु हुनेछ।...
पोखरा / पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा शनिवार मात्रै झन्डै एक लाख भक्तजनले कोटिहोमको दर्शन गरेका छन् । महायज्ञ प्रचार प्रसार संयोजक लेखराज ढकालका अनुसार शनिवार देशभरका ३५ जिल्लाबाट झन्डै एक लाख भक्तजनले कोटिहोम दर्शन गरेका छन् । भक्तजनको उपस्थितिले यति वेला पोखरा जारी कोटिहोम...









