Tuesday, May 12, 2026

समाचार

मंसीर २८, पर्वत/प्रहरी प्रशासनले विनाकारण दुख दिन थालेपछि पर्वतमा संचालित क्रसर उद्योगहरु बन्द हुने अवस्थामा पुगेका छन् । जिल्ला प्रहरी कार्यालय पर्वतले दैनिक आधादर्जन प्रहरी क्रसर उद्योगमा खटाएर धरपकड गर्नेगरेको कालीगण्डकी क्रसर उद्योग सहश्रधाराका सह–संचालक लालबहादुर मल्लले जानाकारी दिए । ‘हरेक दिन उद्योगभित्र पसेर प्रहरीले मजदूरहरुलाई धरपकड गर्ने र...
मंसीर २७,पर्वत/ कुश्मा नगरपालिका–१ पाङबाट बागलुङ नगरपालिका –१ रामरेखा जोड्ने मुलुककै सबैभन्दा लामो झोलुङ्गे पुल निर्माण हुने भएको छ । पुल निर्माणका लागि अर्थमन्त्रालयले सहमति दिएसागै पुल निर्माणको काम सुरु भएको हो । पाँचसय ६७ मिटर लामो र एक सय ६० मिटर अग्लो पुल निर्माणका लागि आवश्यक प्रविधि खरिदका लागि...
मंसीर २७,पर्वत/ फलेवास नगरपालिकाले डहरे देउरालीलाई खुल्ला चिडियाखानाको रुपमा विकास गर्ने भएको छ । घना जंगलले ढाकिएको डहरे लेकमा खुल्ला रुपमा जगंली जनावरको अवलोकन गर्ने गरि खुल्ला चिडियाखाना बनाउने तयारी भएको हो । समुद्री सतहबाट दुई हजार दुई सय ५९ मिटरको उचाइमा रहेको डहरे देउराली क्षेत्रलाई खुल्ला चिडियाखाना बनाउने...
मंसीर २५, पर्वत/जिल्लाका भूकम्पपीडितहरुले  तेस्रो किस्ताको रकम पाएका छन् ।  नयाँ घरनिर्माण गरिसकेका लाभग्राहीलाई तेस्रो किस्ता बितरणको काम भैरहेको राष्ट्रिय पुननिर्माण आयोजना कार्यान्वयन ईकाइ पर्वतले जनाएको छ । तर, तेस्रो किस्ता लिनेको संख्या न्यून छ । लाभग्राहीले घर निर्माण पुरा गरेपछि मात्रै तेस्रो किस्ताको रकम पाउँछन् । जिल्लाका विभिन्न स्थानीय...
मंसीर २५, पर्वत/स्थानीय तहमा गठन भएका न्यायिक समितिले प्रभावकारी रुपमा काम गर्न नसकेको गुनासो बढ्न थालेको छ । उपप्रमुख/उपाध्यक्षको संयोजकत्वमा गठन भएका न्यायिक समितिको काम कारबाही प्रभावकारी हुन नसकेको सेवाग्राहीहरुले गुनासो गर्न थालेका हुन् । स्थानीय तहले बेवास्ता गरेका कारण न्यायिक समितिले अपेक्षितरूपमा काम गर्न नसकेको गुनासो सेवाग्राहीको छ...
मंसीर २५, पर्वत/नदीको किनारको गिटी र बालुवाबाट डेढसय परिवारले जीविकोपार्जन गर्दैआएका छन्भन्दा धेरैलाई अनौठो लाग्न सक्छ । तर तर विगत ३० बर्षदेखि मालढुङ्गाको कालीगण्डकी किनारमा गिटी र बालुवा संकलन गरेर यहाँका श्रमिकहरुले जीवन धान्दै आएको छन् । पर्वतको कुश्मा नगरपालिका–१ मालढुंगास्थित कालीगण्डकी बगरमा बिहानदेखि साँझसम्म गिटी र बालुवा निकालेर सयौं...
मंसीर २४, पर्वत/गाउँको विद्यालयमा विद्युतका कारण समस्या भएको छ । जिल्लाको फलेवास नगरपालिका ३ नुवार स्थित जनसहयोगी माविमा विद्युतको सुविधा नहुँदा विद्यालयमा दाताले दिएको कम्प्युटर बेकामे बनेका छन् भने दैनिक प्रसासनिक कामकाजमा समस्या भएको छ । बिद्यालयका भवन हेर्दा सुविधासम्पन्न छन् । दाताले दिएका कम्प्युटर पर्दाले ढाकेर राखिएको छ...
मंसीर २४, पर्वत/भूकम्पपछिको पुननिर्माण अन्तर्गत पर्वतमा लाभग्राहीलाई तेस्रो किस्ताको रकम बितरण गर्न थालिएको छ । नयाँ घरनिर्माण गरिसकेका लाभग्राहीलाई तेस्रो किस्ता बितरणको काम भैरहेको राष्ट्रिय पुननिर्माण आयोजना कार्यान्वयन ईकाइ पर्वतले जनाएको छ । तर, तेस्रो किस्ता लिनेको संख्या न्यून छ । लाभग्राहीले घर निर्माण पुरा गरेपछि मात्रै तेस्रो किस्ताको...
मंसीर २१,पर्वत/कुश्मामा स्थापना भएको गायत्री आमा समूहले राधा-माधव सत्सङ आश्रम संचालन सहित वृहत धार्मिक उद्देश्य राखेर आगामी माघ ७ गतेदेखि १४ गतेसम्म कुश्मा बजारमा श्रीमद भागवत ज्ञान महायज्ञ संचालन गर्ने भएको छ । गायत्री आमा समूहद्वारा आज कुश्मामा आयोजित पत्रकार सम्मेलनमा महायज्ञ र सत्सङ आश्रम संचालनको उद्देश्यका बारेमा जानाकारी गराइएको...
मंसीर २०, पर्वत/नागरिकको जिउधनको सुरक्षा गर्ने, अपराधलाई निरुत्साहित गर्ने र असुरक्षित ठाउँहरुको निगरानी गर्ने प्रहरीको काम कर्तव्य हो । तर यी सबै कर्तव्यहरुलाई पछि धकेलेर पछिल्लो समयमा पर्वत प्रहरी सस्तो प्रचारबाजीको पछि दौडिएको देखिन्छ । एकातिर दिनहुजसो समुदायमा घट्ने हिंसा, हत्या, कुटपिट र बलात्कारका जघन्य घटनाहरुमा प्रहरीको निगरानी कम...