Sunday, June 28, 2026

समाचार

पर्वत/नेपाल औषधी व्यवसायी संघ पर्वतको जिल्ला अधिबेशनबाट राजेश पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको छ । त्यसैगरि समितिको उपाध्यक्षमा पाण्डववहादुर श्रेष्ठ, महासचिव कृष्ण खनाल, सचिवमा दिपेन्द्र तिमिल्सीना, कोषाध्यक्षमा राधाकुमारी शर्मा, सहकोषाध्यक्षमा शिवप्रसाद ज्ञवाली, सदस्यहरुमा हरिप्रसाद सुवेदी, चुडामणि सुवेदी र मिनाकुमारी उपाध्याय रहनुभएको छ । उद्घाटन कार्यक्रममा नेपाल औषधी व्यवसायी...
पर्वत/उद्योग वाणिज्य संघको आयोजनामा आजबाट सुरु हुन लागेको छैठौँ पर्वत महोत्सवको सम्पुर्ण तयारी पुरा भएको छ । आयोजक उद्योग वाणिज्य संघले महोत्सव आयोजना गर्न लागेको बडागाउँको खेलमैदानमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरि महोत्सवको तयारी पूरा भएको जानकारी गराएको हो । पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महोत्सव मूल आयोजक समितिका संयोजक...
पर्वत/मोदी गाउँपालिका ३ देउराली घुरुङशोरा निवासी नेपाली काँग्रेसका पुराना नेता एवं समाजसेवी गुमानसिङ बरुवालको निधनप्रति नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पूर्व सांसद अर्जुनप्रसाद जोशीले गहिरो दुःख व्यक्तगर्नुभएको छ । केन्द्रिय सदस्य जोशीले मंगलबार स्वर्गीय बरुवालको घरमै पुगेर शोकाकुल परिवार तथा गाउँबासीहरुप्रति दुख व्यक्त गर्नुभएको हो । प्रजातन्त्र प्राप्तीका...
काठमाडौं/प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी ओली अन्ततः अमेरिकी प्रोजेक्ट मिलेनियम च्यालेन्ज कम्प्याक्ट(एमसीसी) पास गर्ने सर्तमा अग्निप्रसाद सापकोटालाई सभामुख बनाउन सहमत भएका छन्। सुवास नेम्वाङलाई सभामुख बनाउन उपसभामुख शिवमाया तुम्वाहाङ्फेलाई राजीनामा नदिई अडान लिन लगाउँदै आएका ओली अन्ततः पूर्वमाओवादी केन्द्रका नेता सापकोटालाई सभामुख बनाउन सहमत भएका हुन्। पूर्वमाओवादी केन्द्रले सभामुखमा अडान नछाडेपछि...
पर्वत/सूचना प्रविधि विधेयक लगायत सरकारका विभिन्न गलत कामहरूको विरूद्धमा विरोधपत्र बुझाउन जिल्ला प्रशासन कार्यालयमा पुग्दा प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाल अफिसमा नभएपछि पर्वत काँग्रेसका नेता कार्यकर्ताहरू प्रजिअ विरूद्ध नै आक्रोशित भएकाछन् । नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीको नेतृत्वमा जिल्ला प्रशासनमा पुगेको टोलीले प्रजिअलाई विरोधपत्र बुझाउन आधाघण्टा...
पर्वत/जलजला गाउँपालिकाका अध्यक्ष एवं नेपाली काँग्रेस पर्वतका कोषाध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले जनताको आर्थिक समृद्धिलाई माथि उठाउन र लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास गर्न स्थानीय सरकारलाई स्वतन्त्र ढंगले काम गर्न दिनुपर्ने वताउनु भएको छ । अध्यक्ष मल्लले आज पर्वत उद्योग बाणिज्य संघ जलजला उपशाखाको नवौ बार्षिक साधारणसभालाई सम्वोधन...
पर्वत/आफ्नो स्थापनाकालदेखि नागरिक सर्वोच्चता, लोकतन्त्र र विधिको शासनका लड्दै आएको नेपाली कांग्रेसले पछिल्लो पटक नेकपा सरकारले जनताको संविधानप्रदत्त अधिकारमाथि अंकुश लगाउन खोजेको भन्दै विरोधमा उत्रने भएको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारले ल्याएको सूचना प्रविधि विधेयक फिर्ताको माग राख्दै आइतबार देशव्यापी विरोधपत्र बुझाउने भएको हो । कांग्रेसले...
पर्वत/जैमिनी नगरपालिका-१ बागलुङका शिक्षासेवी प्रद्युम्न आचार्य नौ दिनदेखि सम्पर्कविहीन हुनुभएको छ । लामो समय अध्यापनमा विताएका ८२ वर्षीय आचार्य पुस २४ गतेदेखि परिवारको सम्पर्कबाहिर रहेनु भएको हो । गाउँमा रहेर उनले शैक्षिक जागरण ल्याउन योगदान गर्नु भएको थियो । परिवारका सदस्यले दिएको जानकारी अनुसार आचार्य पेन्सन बुझ्न भन्दै जैमिनी नगरपालिकाको...
पर्वत/कुस्माबजारमा हुने पर्वत महोत्सबमा गण्डकी प्रदेशका उद्यमी र कृषकलाई निशुल्क स्टल उपलब्ध गराउने भएको छ । पर्वत उद्योग बाणिज्य संघले माघ ९ देखि १९ गते सम्म आयोजना गर्ने छैठौ पर्वत महोत्सव तथा गण्डकी प्रदेशस्तरीय औधोगिक ब्यापार मेलामा महिला उद्यमी र कृषकलाई ३० वटा स्टल निशुल्क उपलब्ध गराइने भएको छ ।...
पर्बत/फड्केढुंगा आधारभुत विद्यालयको ५८ औं अभिभाबक दिबस तथा वार्षिकोत्सव मंगलबार सम्पन्न भएको छ । वार्षिकोत्सवको उद्घाटन गर्दै नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले सामुदायिक विद्यालयमा ठूलो सरकारी रकम खर्च भईरहेको तरपनि विद्यार्थी घट्दै जानू चिन्ताको बिषय भएको बताउनुभयो । सरकारी विद्यालयमा एकजना विद्यार्थीका लागि ६० हजारसम्म खर्च भईरहेको...

This will close in 0 seconds