पर्वत/बदलिंदो राजनीतिक अवस्थासँगै पार्टीमा आएको विचलन र जनतामा देखिएको निरासाको समाधान खोज्न नेपाली काँग्रेस पर्वतले पार्टीका विभिन्न संरचनाहरूको बीचमा क्रमवद्ध संवाद र छलफल कार्यक्रमलाई अघि बढाएको छ । एकसाता अघि मात्रै पार्टीको जिल्ला कार्य समिति र जनप्रतिनिधिहरूबीच मैत्रीपूर्ण छलफल र संवाद गरेको नेपाली काँग्रेसले विहिवार पार्टीका पदाधिकारीहरू, पूर्व...
बलेवा,बागलुङ/चालु आर्थिक वर्षको झण्डै साढे दुईमहिना बाँकी रहँदा बागलुङको जैमिनी नगरपालिकाका कर्मचारी फुर्सदिला भएका छन् । यहाँका जनप्रतिनिधि आगामी आर्थिक वर्षको नीति कार्यक्रम र बजेटको तयारीमा जुटेका छन् ।
जैमिनीमा चालु आवमा विनियोजन भएको बजेट तथा कार्यक्रममध्ये ९५ प्रतिशत काम सकिएको छ । बाँकी केही ठूला आयोजनाको काम चलिरहेका...
पर्वत/जलजला गाउँपालिकाले सार्वजनिक पद धारण गरेका व्यक्तिका सन्तान अनिवार्य रुपमा सामुदायिक विद्यालयमा भर्ना गर्न अनुरोध गरेको छ । गाउँपालिकाले शैक्षिक सत्र २०८० बाटै लागु हुने गरी सो अनुरोध गरेको हो । गाउँ कार्यपालिकाको वैशाख ५ गतेको निणर्य अनुसार अनिवार्य रुपमा सामुदायिक विद्यालयमा भर्ना गराउन अनुरोध गरिएको गाउँपालिकाका शिक्षा अधिकृत...
पर्वत/जिल्ला प्रशासन कार्यालय पर्वतले मिटरव्याज पिडितहरुका लागि निवेदन दिन आह्वान गरेको छ । जिल्ला प्रशासन कार्यालय पर्वतले पर्वत जिल्ला भित्र अधिक मात्रामा मिटर व्याज पिडितहरुको उजुरी जिल्ला प्रहरी कार्यालय मातहतबाट दर्ता हुँदै गएपछि उजुरी संकलन गर्न थालेको हो । जिल्ला प्रशासन कार्यालय पर्वतले बैशाख १५ गते एक सुचना जारी...
पर्वत/नेपाल सरकारले सार्वजनिक सेवालाई नियमित रूपमा प्रवाह गर्ने विशेष व्यवस्था गरे अनुसार पर्वतका जिल्लामा रहेका विभिन्न सरकारी कार्यालयहरूले पनि पर्व र दिवसका अवसरमा दिइने बिदाका दिनमा पनि सेवा प्रवाह गर्ने भएका छन्।
प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद आचार्यका अनुसार २०८० सालको वैशाख एक गतेदेखि चैत मसान्तसम्म सरकारले घोषणा गरेका सार्वजनिक बिदा...
पर्वत/लामो समयको खडेरीका कारण पतकर तथा जंगलका बुट्यान सुक्दै जाँदा करिब एक महिनायता पर्वतका तीन दर्जन बढी सामुदायिक वन तथा पाखापखेरामा आगलागी भएको छ । आगलागी समयमै नियन्त्रण हुन नसक्दा मानवीय क्षति नभए पनि करोडौं मूल्य बराबरका वनपैदावार नास हुनुका साथै वन्यजन्तु मरेका छन् ।
गत चैत तेस्रो सातादेखि विभिन्न सामुदायिक...
पर्वत/शिक्षामा परिवर्तन र आधुनिकता ल्याउन कम्प्युटर शिक्षामा जोड दिँदै आएको जलजला गाउँपालिकाले सामुदायिक विद्यालयमा बिग्रिएर प्रयोग विहिन अवस्थामा रहेका कम्प्युटरहरु मर्मत गरि पुन : संचालनमा ल्याउने भएको छ । ‘गाउँपालिका भित्र रहेका सम्पूर्ण विद्यालयमा कम्प्युटर बिग्रिएर प्रयोग विहीन अवस्थामा छन् । गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले भन्नुभयो,‘ गाउँपालिकाले सम्पूर्ण विद्यालयका...
पर्वत/विहादी गाउँपालिकामा सार्वजानिक सुनुवाई तथा प्रगति समिक्षा कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाले आर्थिक बर्ष २०७९/०८० को दोस्रो चौमासिकसम्म सम्पादन गरेका कामको प्रभावकारीता तथा नागरिकको सन्तुष्टी र गुनासो सुनुवाई गर्ने उद्देश्यका साथ सार्वजानिक सुनुवाई तथा प्रगति समिक्षा कार्यक्रम सम्पन्न भएको हो ।
गाउँपालिकाको सभा हलमा सोमवार सम्पन्न भएको सार्वजानिक सुनुवाई...
पर्वत/नेपाली काँग्रेस पर्वतका पार्टी सभापति एवं काँग्रेस युवा नेता युवराज जोशीले रूखको जरामा पानी हाल्ने र रूखको जरा काट्नेहरूबीच फरक छुट्याउन काँग्रेस कार्यकर्तालाई आग्रह गर्नुभएको छ । सभापति जोशीले नेपाल विद्यार्थी संघको ५४ औं स्थापना दिवसको अवसरमा नेपाल विद्यार्थी संघ जिल्ला कार्य समिति पर्वतले आयोजना गरेको विचार गोष्ठीलाई...
पर्वत/जलजला गाउँपालिका वाड नं ३ मा अवस्थित जलजलाको पुरानो विद्यालय विद्याज्योति माध्यमिक विद्यालयको हाताभित्र निर्माण भएको १० कोठे पक्की प्रविधियुक्त भवनको उद्घाटन गरिएको छ । विकास बेल्जियम र जलजला गाउँपालिकाको संयुक्त लगानीमा निर्माण गरिएको उक्त भवनको जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले विहीवार एक कार्यक्रमका बीच उद्घाटन गर्नुभएको हो ।...









