Saturday, May 2, 2026

आर्थिक

पर्वत/जलजला गाउँपालिकाका अध्यक्ष एवं नेपाली काँग्रेसका पर्वतका कोषाध्यक्ष यामबहादुर मल्ल रामकृष्णले केन्द सरकारले जनतालाई न्याय र सुशासनको अनुभूति दिन नसकेको कारण नागरिकहरूले विद्रोह गर्ने अवस्था सिर्जना भएको दाबी गर्नुभएको छ । अध्यक्ष मल्लले जलजला गाउँपारिका वडा नं ४ पाल्सिङ खोलाखेतमा कामना आमा समूहद्वारा निर्माण गरिएको सामुदायिक...
पर्वत/विद्यार्थी र शिक्षक धमाधम बिरामी पर्न थालेपछि पर्वतको एक विद्यालय बन्द गरिएको छ । विहादी गाउँपालिका वडा नं. १ बाच्छामा रहेको जनकल्याण मावि केहि दिनका लागि बन्द गरिएको हो । मौसमका कारण एक सय भन्दा बढि विद्यार्थी र शिक्षकहरुलाई ज्वरो आउने, रुघा लाग्ने र टाउको दुख्ने, खोकी लाग्ने, बान्ता...
पर्वत/फलेवास नगरपालिका भित्रका ११ वटै वडामा विकास संबाद कार्यक्रम शुरु गरिएको छ । आर्थीक बर्ष २०७५/७६ मा संचालित सार्वजनिक सेवा तथा विकास निर्माणको प्रभावकारीता बारे जनता संग प्रत्यक्ष सवाल जबाफ गर्ने उदेश्यले नगरपालिकाको अयोजनामा विकास संबाद कार्यक्रम संचालन गर्न गरिएको हो । नगरपालिका तथा वडा कार्यलयवाट प्रबाह गरेको सेवा तथा...
गएको साउन १६ गते सहकारी सन्दर्भ व्याजदर निर्धारण समितिले सहकारी सन्दर्भ व्याजदर निर्धारण गरी साउन १९ गतेबाट सहकारी संघ/संस्थाहरुमा यो व्याजदर लागू गरेको छ । योसँगै सहकारी क्षेत्रमा नयाँ तरङ्ग उत्पन्न भएको छ । यो विषय लगायतका समसामयिक विषयमा जिल्ला सहकारी संघ लि., काठमाडौंका सल्लाहकार समेत रहनु भएका नेशनल...
पर्वत/तत्कालीन पोखरा–बागलुङ सडकको ट्र्याक खुलेको ३ दशक भयो । २०४६ अघि धौलागिरिवासीले चार पाङ्ग्रे सवारी देख्न स्याङ्जा, पोखरा वा बुटवल पुग्नुपर्थ्यो । धौलागिरिमा पहिलोपटक सडकको ट्र्याक खुल्ने बेलामै कुश्मावासीले एउटा व्यवस्थित बसपार्कको कल्पना गरेका थिए । तर, ३ दशकसम्म सदरमुकाम कुश्मामा व्यवस्थित बसपार्क धेरै परको कुरा भइसकेको छ । स्थानीयले व्यवस्थापन गरी छुट्याएको...
पर्वत /गण्डकी प्रदेश मातहतका कर्मचारी एकहप्ते भ्रमण जान पाउने भएका छन् । यस्तो बिदामा गण्डकी प्रदेशअन्तर्गतका महत्वपूर्ण पर्यटकीय गन्तव्य भ्रमण गर्नुपर्ने छ भने सो ठाउँमा रहेका होमस्टेमै बास बस्नुपर्ने छ । त्यो सबै खर्च भने सरकारले व्यहोर्ने छ । सन् २०१९ लाई आन्तरिक पर्यटन वर्ष, २०२० लाई छिमेकी मुलुक पर्यटन...
काठमाडौं/हिमालय कार्गो तथा बनबोरी माता ट्रेडर्सका मुख्य मुख्य कारोबारी वनोदकुमार गुप्तासहित १५ जनाविरुद्ध राजस्व चुहावट तथा विदेशी विनिमय अपचलन मुद्दा दर्ता भएको छ । राजश्व अनुसन्धान विभागले उनीहरु विरुद्ध ४७ करोड ८९ लाख विगो माग दावी गर्दै जिल्ला अदालत काठमाडाैंमा मुद्दा दायर गरेको हो । यसमा ४ जना सरकारी कर्मचारी...
पर्वत/जिल्लाका दुर्गम भेगमा लाखौँ रकम लगानी गरेर स्थापना गरिएका लघु जलविद्युत् आयोजना अहिले अलपत्र छन् । दुई दशक अघि युएनडिपी, विश्व बैंक र नेपाल सरकारको लगानीमा निर्माण भएका जलविद्युत आयोजना अहिले बन्द भएका छन् । जिल्लाका ११ लघु जलविद्युत आयोजनाका उपकरणहरु व्यवारिसे बनेका छन् । विगत चार वर्ष...
पर्वत/जलजला गाउँपालिका पर्वतले आर्थिक बर्ष २०७५/७६ मा ९३ प्रतिशत वित्तिय प्रगति गरेको छ । कुल ३८ करोड ४० लाख बजेटमा ३५ करोड ८२ लाख २६ हजार ३३६ रुपैया खर्च भएको प्रमुख प्रशासकिय अधिकृत अर्जुन शर्माले बताए । गाउँपालिकाले चालुतर्फ ४ करोड ७० लाख रुपैयामा ३ करोड ९६ लाख ६४ हजार...
पर्वत/जलजला गाउँपालिकाले आगामी आर्थिक बर्षका लागि ४३ करोड ३७ लाख ७५ हजार रुपैयाँ बराबरको बजेट र नीति तथा कार्यक्रम सार्वजानिक भएको छ । गाउँपालिकाको छैटौ गाउँसभामा उपाध्याक्ष सिमा पुनले आगामी आर्थिक बर्ष २०७६/०७७ का लागि उक्त बजेट प्रस्तुत गरेकी हुन् । स्वाथ्य, शिक्षा, रोजगार, कृषि, पर्यटन, भौतिक पूर्वाधारलाई प्राथमिकतामा...