अन्तराष्ट्रिय पर्वत सेवा समाजको अध्यक्षमा पुनः पुरन गिरी

पर्वत /असोज २४- अन्तराष्ट्रिय पर्वत समाजको आगामी कार्याकालका लागि फेरि पुरन गिरी चयन हुनुभएको छ । यसअघिको कार्याकालमा पनि गिरीकै नेतृत्व रहेको थियो । पर्वतको पैयुँ गाउँपालिकामा विहिवार सम्पन्न भएको दोस्रो अधिबेशनले नयाँ नेतत्व चयन गरेको हो । ‘समुन्नत पर्वत’ निर्माणको पवित्र उद्देश्यले स्थापना भएको अन्तराष्ट्रिय पर्वत समाजको उक्त ऐतिहाँसिक भेलाले बरिष्ठ उपाध्याक्षमा झलक केसी, उपाध्याक्षमा पशुराम पौडेल, इश्वर जोशी र गोविन्द पौडेललाई चयन गरेको छ ।

महिला उपाध्याक्षमा दिपिका भुषाल, महासचिवमा गुणराज शर्मा ‘गुराँस’, सचिवमा सुजन जोशी, प्रकाश पौडेल, शेषराज तिमिल्सीनालाई चयन गरिएको छ । समाजको कोषाध्याक्षमा बिनोद पुरी,सह–कोषाध्याक्षमा किरण पुन चयन हुनुभएको छ । अधिवेशनले महादेशिय संयोजक अन्तर्गत मध्यपूर्वको संयोजकमा कमल लामिछाने, एशिया प्रसान्त संयोजकमा इन्दिरा तिवारी, उत्तर अमेरिका संयोजकमा गोपालचन्द्र लामिछाने, युरोप संयोजकमा दर्शन गुरुङलाई चयन गरेको छ । अधिवेशनले नेपाल प्रतिनिधी मुना भुषाललाई चयन गरेको हो । ‘समृद्ध पर्वत निर्माणमा हाम्रो अभियान’ भन्ने मुल नाराका साथ सम्पन्न भएको अधिवेशनले सदस्यहरुमा रमेश काफ्ले (जापान),हरिप्रसाद पराजुली (जापान), दुर्गा गुरुङ (बेल्जियम),रघुनाथ शर्मा (कतार) विकास लामिछाने ( कतार), राजु भुर्तेल (यूएई), तिलक कुवँर (युएई) दिपक कुवँर (बराईन), सुसन परियार पोल्याण्ड , किरण अर्याल नेदरल्याण्ड्सवाट चयन हुनुभएको छ ।