पर्वत/जिल्लाको विहादी गाउँपालिकाले कोदोबाट बनेको लोक्कल मदिरालाई ब्रान्डिङ गर्र्दैछ । गाउँपालिका मुख्यमन्त्री नवप्रवर्तन कार्यक्रम अन्तर्गत कोदोबाट बनेको रक्सीलाई ब्रान्डिङ गर्ने भएको हो । बसाईसराईका कारण खेतबारी बाँझो हुने र कोदोको उत्पादन घट्दै जाँदा गाउँपालिकाले कोदोको उत्पादन बढाउँदै स्थानीबासीको आर्थिक श्रोत पहिचानका लागि कोदोको मदिरालाई ब्रान्डिङ गर्न लागेको हो ।
गाउँपालिकाका...
पर्वत/ जिल्लाको मोदी गाउँपालिकाले हालै सार्वजनिक एसईई परीक्षामा ‘नन ग्रेड’ मा परेका विद्यार्थीलाई निःशुल्क रूपमा परीक्षाको तयारी गराउने भएको छ । गाउँपालिकाका शिक्षा अधिकृत दिनेश शर्माका अनुसार २०८२ को परीक्षामा सहभागी भई श्रेणीविहीन भएका विद्यार्थीलाई लक्षित गर्दै निःशुल्क कक्षा सञ्चालन गर्न लागिएको हो । गाउँपालिका अन्तर्गतका माध्यमिक विद्यालयहरूबाट एसइईमा...
पर्वत/ जिल्लाको महाशिला गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षणमा बेरुजु शून्य कायम गर्दै आर्थिक अनुशासनमा उत्कृष्टता हासिल गरेको छ । गाउँपालिकाले यस उपलब्धिप्रति सम्बन्धित सबै जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवालाप्रति धन्यवाद ज्ञापन गरेको छ ।
महालेखापरीक्षकको कार्यालयमार्फत सार्वजनिक आर्थिक वर्ष २०८१/८२ को एकीकृत वार्षिक प्रतिवेदन अनुसार गाउँपालिकाको आय तथा व्ययतर्फ कुल...
पर्वत/ पर्वतमा मदन स्मृति पुस्तकालय सञ्चालनमा आएको छ । ३३ औँ मदन–आश्रित स्मृति दिवसका अवसरमा पुस्तकालय सञ्चालनमा ल्याइएको हो । पुस्तकालयको पूर्वमन्त्री तथा नेकपा (एमाले)का केन्द्रीय सदस्य पदम गिरी र नेपाल कम्युनिष्ट पार्टी पर्वतका संस्थापक तोयानाथ चालिसेले विभिन्न विधाका पुस्तक हस्तान्तरण गरेर शुभारम्भ गरे ।
सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै आम...
पर्वत / ब्लकबस्टर निर्देशक सरोज पौडेल को बहुप्रतिक्षित चलचित्र ‘सिन्दुरे जात्रा’को छायांकन सुरु भएको छ । शुक्रबार शुभमुहूर्त गर्दै पर्वतको कुस्मा नगरपालिका–१४ आर्थर डाँडाखर्कबाट चलचित्रको औपचारिक छायांकन थालिएको हो ।
सारंगी फिल्म्सको प्रस्तुतिमा निर्माण हुन लागेको चलचित्रमा विजय बराल, अञ्जना बराइली तथा विनोद न्यौपाने लगायत कलाकारहरूको अभिनय रहनेछ । निर्देशक...
पर्वत/महाशिला गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा (एस.इ.ई) मा अपेक्षित नतिजा हासिल गर्न नसकेका विद्यार्थीहरूलाई लक्षित गर्दै निःशुल्क ग्रेड वृद्धि तयारी कक्षा सञ्चालन गर्ने भएको छ । हालै प्रकाशन भएको नतिजालाई ध्यानमा राखेर गाउँपालिकाले पूर्ण आवासीय सुविधासहित तयारी कक्षा सञ्चालन गर्न लागिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नरबहादुर बरालले बताए ।...
पर्वत/ जिल्लाका मत्स्यपालक कृषकलाई माछाका भुरा वितरण गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पर्वतले शतप्रतिशत अनुदानमा पर्वतका ५७ जना कृषकलाई एक लाख २३ हजार माछाका भुरा विवरण गरेको हो ।
व्यावसायिक रुपमा माछापालन गरिरहेका कृषकलाई प्रोत्साहन गर्न कृषकको पोखरीमा पुगेर माछा विवरण गरेको कार्यालयका पशु स्वास्थ्य...
पर्वत/सोमबार साँझ प्रकाशन भएको एसइई–२०८२ को नतिजा अनुसार पर्वतका ६७ प्रतिशत विद्यार्थी उत्तीर्ण (ग्रेडेड) भएका छन् । शिक्षा विकास तथा समन्वय इकाई पर्वतका प्रमुख मतिलाल चपाइका अनुसार साधारण धारतर्फ ६६.७७ प्रतिशत र प्राविधिक धारतर्फका ८७.५० प्रतिशत गरी समष्टिगत रूपमा ६७.२६ प्रतिशत विद्यार्थीहरूले ‘ग्रेड’ प्राप्त गरेका छन् ।
इकाई प्रमुख चपाइका...
पर्वत/जलजलाको कालाञ्जर क्षेत्रमा आयोजित एकवर्षे श्रीमद्भागवत ज्ञान महायज्ञको आज समापन गरिने भएको छ । धार्मिक, ऐतिहासिक तथा प्राकृतिक महत्व उजागर गर्ने उद्देश्यले जलजला गाउँपालिका–६ र मोदी गाउँपालिका–४ मा पर्ने हम्पालको धुरीस्थित कालाञ्जर क्षेत्रमा विगत एकबर्षदेखि महायज्ञ सञ्चालन गरिएको थियो ।
कालाञ्जरको प्रचार–प्रसार तथा धार्मिक महत्व विस्तारका लागि महायज्ञ आयोजना...
पर्वत/जलजला गाउँपालिकामा आयोजना भएको निःशुल्क स्वास्थ्य शिविरमा सातसय ४४ जनाले स्वास्थ्य परीक्षण गराएका छन्। गाउँपालिकाको आयोजना तथा ‘सेभ द हार्ट’ र मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर काठमाडौँको प्राविधिक सहयोगमा सहयोगमा जलजला गाउँपालिका–४ स्थित लुङदी आधारभूत विद्यालय मोहनचोकमा शिविरको आयोजना गरिएको थियो। दर्ता शुल्क, ‘भिडियो एक्स रे’, ‘इसिजी’, ‘इको’...









