Thursday, July 2, 2026

समाज

पर्वत/साउन महिना लागेसँगै एक/दुई जनामा डेंगुको पुष्टि भएको पर्वतमा पछिल्ला दिनमा संक्रमितहरूको संख्या ह्वात्तै बढेको छ । गत साउन एक गतेदेखि डेंगु संक्रमित देखिन थालेकोमा मंगलवारसम्म कुल ९४ जनामा डेंगु पुष्टि भइसकेको छ । कतिपय बिरामीहरु गम्भिर प्रकृतिका समेत रहेको स्वास्थ्य कार्यालय पर्वतका प्रमुख प्रवीण शर्माले जानकारी दिनुभयो ।...
पर्वत/गर्भपतनका तत्कालीन र दीर्घकालीन असरको बारेमा विद्यालय तहको पाठ्यक्रमदेखि नै ज्ञान दिन सुरु हुन्छ। गर्भपतनका लागि स्वास्थ्य संस्थामा जाँदा होस वा स्वास्थ्य सम्बन्धी अन्य तालिम र कार्यक्रममा पनि गर्भपतनको बाटो नरोज्न आह्वान गरिएकै हुन्छ। पछिल्ला केही वर्ष यता बढिरहेको गर्भपतनको डरलाग्दो अवस्थाका बारेमा सचेतना फैलाउन पाठ्य सामग्रीहरू पनि धेरै...
पर्वत/चौतीस वर्षदेखि जीर्णोद्धारको पर्खाइमा रहेको बागलुङ बलेवा कालभैरव मन्दिरको यस वर्षदेखि जीर्णोद्धार थालिने भएको छ ।भैरवस्थान मन्दिर गुठी व्यवस्थापन समिति सक्रिय भएसँगै कालभैरव मन्दिरमा पूर्वाधारहरु निर्माणले गति लिएका छन् । मन्दिरलाई यसैवर्षबाट जीर्णोद्धार गर्न थालिने भएको छ । जसका लागि बजेट विनियोजन भइसकेको छ ।भैरवस्थान मन्दिर गुठी व्यवस्थापन समितिका...
पर्वत/पैयुँ गाउँपालिकाद्वारा नव निर्मित भवनको शुक्रबार भव्य समारोहका बीच उद्घाटन भएको छ । भवनको उद्घाटन गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरी राजले गर्नुभएको हो । भवन उद्घाटन भएसँगै स्थापना कालदेखि भाडामा कार्यालय सञ्चालन गर्दै आएको पैयुँ गाउँपालिका अब आफ्नै भवनमा सरेको छ । पैयूँ गाउँपालिका वडा नम्बर ४ स्थित भकुण्डे...
पर्वत/जिल्लाको कुश्मा नगरपालिकाले लामखुट्टे नष्ट गर्नका लागि लामखुट्टे, लामखुट्टेका फूल र लार्भा नष्ट पार्ने अभियान सुरु गरेको छ। पछिल्ला केही दिन यता डेंगु संक्रमितहरूको संख्या ह्वात्तै बढ्दै गएको र बाक्लो जनघनत्व रहेको ठाउँमा लामखुट्टेले सङ्क्रमण फैलाउने सम्भावना बढी हुने भएकोले बिहीबारदेखि यो अभियान सुरु गरिएको कुश्मा नगरपालिकाको स्वास्थ्य शाखाका...
पर्वत/गत शैक्षिक सत्र २०८० सालमा भएको एसईई परीक्षाको ग्रेड बृद्धि परीक्षा आजदेखि सुरु हुँदै छ । देशभरी जस्तै पर्वतमा पनि दुई वटा केन्द्रबाट नौ सय २८ जना बिद्यार्थीहरु सहभागी हुँदै छन् । शिक्षा विकास तथा समन्वय इकाई पर्वतका प्रमुख मोतिप्रसाद चपाईँका अनुसार सदरमुकाम कुश्मा बजारमा रहेको नारायण माध्यमिक विद्यालयमा...
पर्वत/कुश्मामा रहेको तपाईं हाम्रो सहकारी संस्थाका अध्यक्ष बालगोपाल श्रेष्ठ २९ करोड रुपैयाँ ठगी गरेर एक वर्षदेखि फरार छन् । उनलाई तत्काल पक्राउ गरी कारबाही गर्न र बचतकर्ताको रकम फिर्ता गर्न पीडितले ८ महिनादेखि माग गरिरहेका छन् ।  श्रेष्ठ रकम हिनामिना गरी विदेश भागेको बचतकर्ताको भनाइ छ । उनी भागेपछि सहकारीले उनकै आफन्तलाई लगानी...
पर्वत/जलजला गाउँपालिकाले नागरिकको सहजताका लागि वडा कार्यालयहरूबाटै सम्पत्ति तथा भूमि कर तिर्न शिविर सञ्चालन गर्ने भएको छ । गाउँपालिकाका अध्यक्ष राजु प्रसाद आचार्यका अनुसार चालु आर्थिक वर्ष २०८१÷०८२ मा जग्गा वर्गीकरण अनुसार सम्पत्ति तथा भूमि कर सफ्टवेयरमा प्रविष्ट गर्नुपर्ने भएकाले हरेक वडा कार्यालयमा तालिका अनुसारको कार्यक्रम तय गरिएको छ...
पर्वत/बह्रमकुमारी राजयोग प्रशिक्षण केन्द्र पर्वतले कुश्मामा पाँच दिने राजयोग मेडिटेशन कार्यक्रम गर्ने भएको छ । ब्रम्माकुमारी इश्वरीय विश्वविद्यालय कुश्मा शाखाको आयोजना र कुश्मा नगरपालिकाको सहआयोजनामा साउन ९ गतेदेखि १३ गतेसम्म कार्यक्रम आयोजना गरिएको हो । कुश्मास्थित युनिभर्सल पार्टी प्यालेसमा हुने कार्यक्रमको गण्डकी प्रदेशका मुख्य मन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्नुहुने...
पर्वत/शैक्षिक गुणस्तरका दृष्टिकोणले धौलागिरिमै उत्कृष्ट नतिजा ल्याउँदै आएको आदर्श अंग्रेजी आवासीय मावि कुश्माले नयाँ शैक्षिक सत्रसँगै कक्षा ११ मा गण्डकी प्रदेशमै नयाँ विषय मानिएको हष्पिटालिटी एण्ड टुरिजम म्यानेजमेन्टमा अध्यापन गराउने भएको छ । विद्यालयले पछिल्लो समयमा यस क्षेत्रमा फस्टाउँदै गएको पर्यटन व्यवसायीलाई मध्यनजर गर्दै हष्पिटालिटी एण्ड टुरिजम म्यानेजमेन्ट विषयमा...

This will close in 0 seconds